गिरीबन्धु बगानको ३४० बिघामाथि भूमाफियाको चलखेल…..

झापा — पूर्व–पश्चिम राजमार्गको बिर्तामोड–चारआली खण्ड वारपार देखिने गिरीबन्धु टि–इस्टेटमा हदबन्दीको प्रबन्ध खुला गर्दै जग्गा सट्टाभर्ना र बिक्रीवितरण गरिने भनेर प्रारम्भिक सूचना सार्वजनिक हुनासाथै ५० करोड बराबरको जग्गा बिक्री–बैना भइसकेको पाइएको छ । भूमाफिया तथा विक्रेताको सञ्जालबाट गिरीबन्धुको झन्डै ३ सय ४० बिघा जमिनको भित्रभित्रै कित्ता निर्धारण र १ बिघा बराबर १ सेयरका हिसाबमा बैनास्वरूप बिक्रीवि...

संगठित अपराधको कसुर हटाएर किर्तेमा मात्रै मुद्दा…..

काठमाडौँ — सरकारी कागजात किर्ते गरी बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनीभन्दा बढी जग्गा हिनामिना गरेको अभियोगमा पाँच जना पूर्वमन्त्री, बहालवाला सचिव, सहसचिव, ६ पूर्वसचिवसहित ३ सय ११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले संगठित अपराधको दफा हटाएर थोरै सजाय हुने मुलुकी ऐनविरुद्धको कसुर किर्तेमा मात्रै सजाय मागदाबी गर्दै आइतबार मुद्दा दायर...

प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास उपत्यकामै,कहीं नभाको जात्रा हाँडीगाउँमा…..

काठमाडौँ — ललितपुरको भैंसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको आवासको निर्माण पूरा भएर आइतबार हस्तान्तरण गरिएको छ । ठेक्का भएको चार वर्षमा आवास निर्माण सम्पन्न भएको हो । हाल अपार्टमेन्टमा बस्दै आएका मुख्यमन्त्री र प्रदेश प्रमुख अब भैंसीपाटी आवासमा बस्ने छन् । विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रमुख आयोजना निर्देशक मचाकाजी महर्जनले सोमबारबाट मुख्यमन्त्री र प्रदेश प्रमुखहरु ...

हिरासतमै प्रहरीबाट ‘बलात्कार’, पाँच महिनापछि सार्वजनिक…..

राजविराज — कर्तव्य ज्यान मुद्दामा हिरासतमा रहेकी एक महिलामाथि मुद्दा मिलाइदिने र जागिर लगाइदिने प्रलोभन देखाएर प्रहरी कार्यालयभित्रै जबर्जस्ती करणी भएको खुलेको छ । सप्तरीस्थित इलाका प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेकी एक महिलालाई प्रहरी कार्यालयभित्रै जबर्जस्ती करणी भएको घटना प्रहरीले समेत लुकाएको पाइएको छ । २०७९ कात्तिक ६ मा पतिको हत्या गरेको आरोपमा प्रहरीले ती महिलासहित तीन जनालाई गत चैत ४...

धरानमा आज निषेधाज्ञा, सद्भाव कायम राख्न अपिल…..

विराटनगर - सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र शनिबारका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गर्दै सूचना जारी गरेकी हुन् । धरान उपमहानगरपालिका क्षेत्र धार्मिक र साम्प्रदायिक साथै जनस्वास्थ्य सङ्कट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सङ्क्रामक रोग ऐन २०२० को दफा (२) तथा ...

विश्वासको मत दिने प्रक्रिया असंवैधानिक, कोशी सरकार फेरि कामचलाउ…..

विराटनगर‚ काठमाडौँ — सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संवैधानिक नैतिकता, संसदीय अभ्यास र अदालतको आदेशविपरीत भएको भन्दै दीर्घकालीन महत्त्वका निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । सर्वोच्चको आदेशबाट कोशी सरकार दोस्रो पटक कामचलाउ भएको छ । बराबरी मत भएको अवस्थामा बाहेक मत हाल्न नपाउने भनी संवैधानिक रूपमै तटस्थ भूमिका निर्वाह गर्नुपर्ने व्यक्तिबाटै मुख्यमन्त्री ...

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण…..

काठमाडौँ — संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त राज्यमा उनीविरुद्ध सन् २०२० को चुनावी हारलाई उल्टाउने प्रयास गरेको आरोपमा मुद्दा परेको थियो । पूर्वराष्ट्रपति ट्रम्पको औंठाछाप (फिंगरप्रिन्ट) गरी उनको मगसट (अनुहारको तस्बिर) लिइएको छ । उनको जमानत २ लाख डलर तय गरिएको छ । ट्रम्प...

७६ अर्ब मागदाबी गरिएको सीआईबीको अनुसन्धान प्रतिवेदन…..

काठमाडौँ -  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको १४३ रोपनी ६ आना सरकारी जग्गा विभिन्न निकायका तलदेखि उपल्लो तहका सरकारी कर्मचारी र पदाधिकारीले पदीय दुरुपयोग गर्दै हिनामिना गरेको निष्कर्ष निकालेको छ । ब्युरोले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा बालुवाटारको जग्गा हिनामिनामा संलग्न २३८ जना विरुद्ध संगठित किर्ते मुद्दा चलाउन राय...

सुन तस्करी छानबिन गर्न आयोग, फेरि नौटंकी र नाटक सुरु…..

काठमाडौँ — सत्तारूढ र प्रतिपक्षी दलहरूबीच बुधबार भएको सहमतिअनुसार सुन तस्करीका सबै घटनाको छानबिनका लागि जाँचबुझ ऐन २०२६ अन्तर्गत अधिकारसम्पन्न शक्तिशाली आयोग बन्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार बोलाएको सर्वदलीय बैठकमा आयोग गठन गर्ने सहमति जुटेको हो । योसँगै झन्डै एक महिनादेखि अवरुद्ध संसद्को नियमित प्रक्रिया पनि सुरु भएको छ । साउन २ मा सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गर...

सत्ता सौदाबाजीले चर्चित काण्डहरू ओझेलमा…..

काठमाडौं - तेस्रो पटक प्रधानमन्त्री बन्न सफल भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो निर्णय नै सुशासन, सेवा प्रवाह र आर्थिक समृद्धिका लागि सरकार प्रभावकारी ढंगले अघि बढ्ने भनेर गरेका थिए । २०७९ पुस १० मा प्रधानमन्त्री नियुक्त भएपछि भोलिपल्ट प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा कार्यभार सम्हाल्दै उनले गरेको पहिलो निर्णय थियो यो । तीन तहकै निर्वाचनमा सहकार्य गरेका वाम–लोकतान्त्रिक गठबन्धनलाई बालुवाटार...

लुम्बिनीमा विद्युतीय बस सिन्डिकेटको कारण २ वर्षदेखि घाम ताप्दै…..

बुटवल - २ वर्षअघि लुम्बिनीमा दाताको सहयोगमा ल्याइएका विद्युतीय बस र भ्यान अझैसम्म सञ्चालन हुनसकेका छैनन् । लुम्बिनी आएका पर्यटकहरूलाई लुम्बिनी सर्किटअन्तर्गत घुमाउने उद्देश्यले ल्याएका वातावरणमैत्री बस अन्तिम समयमा यातायात व्यवस्था कार्यालयले प्रदेश मन्त्रीपरिषद् निर्णय लत्याउँदै रोकेपछि अलपत्र जस्तै बनेका छन् । पर्यटन तथा संस्कृति मन्त्रालयबाट बस र भ्यानहरू लुम्बिनी विकास कोषको नाममा ल्याइएएको थय...

ललिता निवास प्रकरणमा पूर्वउपप्रधानमन्त्रीसहित २३८ विरुद्ध मुद्दा चलाउन राय…..

काठमाडौँ — बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा चार पूर्वमन्त्री र ६ पूर्वसचिवसहित २ सय ३८ जनाविरुद्ध १८ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ बिगो मागदाबी गर्दै प्रहरीले मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करिब २ महिना लगाएर तयार पारेको ललिता निवास जग्गा हिनामिनासम्बन्धी अनुसन...