महानिर्देशकले अपहरणको धम्की दिएको अडियो बाहिरियो…..

धनुषा । नेपाल रेलवे विभागका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले प्रदेश २ का प्रमुख तिलक परियारका स्वकीय सचिव अनिल पासवानलाई अपहरणको धम्की दिएका छन् । प्रदेश प्रमुख परियारको निर्देशनमा रेलवे सञ्चालनका बारेमा जानकारी लिन खोज्दा महाप्रबन्धक भट्टराईले पासवानलाई गालीगलौज गरी अपहरणको धम्की दिएका हुन् । रेलवे सञ्चालनका सम्बन्ध जानकारी लिन खोज्दा महाप्रबन्धक भट्टराई आफु केन्द्रीय सरकार मातहत काम गर्ने भएकोले...

कोरोना खोपमा जेष्ठ नागरिकलाई प्राथमिकता नदिएकोमा आपत्ति……

विवेकशील साझा पार्टीले कोभिड १९ खोपमा जेष्ठ नागरिकलाई प्राथमिकता नदिइएको भन्दै आपत्ति जनाएको छ । सो पार्टीको भातृसंगठन साझा जेष्ठ नागरिक संगठनले आज एक विज्ञप्ति जारी गर्दै खोपमा जेष्ठ नागरिकलाई प्राथमिकता दिन माग गरेको हो । जारी विज्ञप्तिमा खोप अभियानमा राज्यले जेष्ठ नागरिकहरुमाथि गरेको उपेक्षाप्रति खेद तथा आपत्ति प्रकट गरिएको छ । विज्ञप्तिमा भनिएको छः ‘ कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेमा सबैभन...

देश समृद्ध बनाउने सपनाले आविष्कार केन्द्र जन्मियो : डा. पुन…..

काठमाडौं डा. महावीर पुन वैज्ञानिक तथा सामाजिक अभियान्ताका रूपमा परिचित छन् । अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका पुनको देशलाई विकासको गतितिर अग्रसर गराउनेमा विशेष योगदान छ । वायरलेस प्रविधिद्वारा देशका ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल महावीर त्रिभुवन विश्वविद्यालयभित्र रहेको राष्ट्रि...

बलात्कारीलाई कारबाहीको माग गर्दै प्रदर्शन : युवतीको मुखमा टेप, सेतो पोसाक……

बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा शनिबार प्रदर्शन भएको छ । आँखामा कालोपट्टी बाँधेर विरोध प्रर्दशनमा उत्रिएका युवतीहरुले बलात्कारी र हत्याराहरुलाई सार्वजनिक गर्न र पीडितलाई न्याय दिन माग गर्दै नाराबाजी गरेका थिए । पद्मकन्या क्याम्पसबाट माइतीघरसम्म मार्चपास समेत उनीहरुले त्यहाँ केही समय धर्ना समेत दिएका थिए । सेतो लुगा लगाएर कपाल फिँजाएर ब्यानर सहित अग्रभागमा तीन जना ...

रामकुमारी पक्राउ शीर्ष नेता तर्साउन……

सरकारले नेकपा दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई बिहीबार पक्राउ गरेको पाँच घण्टापछि रिहा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेपछि नेत्री झाँक्रीलाई राज्यविरुद्ध कसुरको आरोप लगाएर पक्राउ गरिएको हो। महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले उनलाई पाँच घण्टा प्रहरी कार्यालयमा राखी लिखित बयान लिएर छाडेको छ। झाँक्रीको पक्राउपछि अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार अन...

महिलालाई विदेश जान पालिकाको सिफारिस अनिवार्य……

महिलालाई घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको सरकार पुनः विदेश जाने महिलालाई विभेद हुनेगरी अर्को निर्णय गर्ने तयारीमा छ । भिजिट भिसा लिएर विदेश जाने महिलाको संख्या वृद्धि भएको र जोखिम पनि बढेको तर्क गर्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । अध्यागमन विभागले २०६५ को कार्यविधि संशोधन गर्न गृह मन्त्रालयमा मस्यौदा पेस गरिसकेको छ । मस्यौदामा भिजिट भिसामा विदेश जाने महिलाले स्थानी...

झाँक्रीलाई पक्राउ गर्न खोजेपछि शंखमुल क्षेत्र तनावग्रस्त…..

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि शंखमुल क्षेत्र तनावग्रस्त भएको छ । झाँक्रीको निवासमा प्रहरी पुगेको खबर आएलगत्तै नेकपाका कार्यकर्ताहरू शंखमुलस्थित झाँक्री निवास पुगेर प्रहरीविरुद्ध नाराबाजी गरेका हुन् । नाराबाजी एक घण्टादेखि जारी छ । उनीहरूले प्रधानमन्त्री र प्रहरी प्रशासनका विरुद्ध चर्का नाराबाजी गरिरहेका हुन् । महानगरीय अपराध महाशाखाले सो...

प्रधानमन्त्रीलाई विघटनको विशेषाधिकार छ…..

काठमाडौं । संवैधानिक इजलासमा बुधवार प्रधानमन्त्रीको तर्फबाट १२ जना वकिलले बहस गरे । बहस गर्नेमा चारजना वरिष्ठ अधिवक्ता थिए । प्रधानमन्त्री केपी ओलीका अधिकांश कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन गर्ने ‘प्रधानमन्त्रीको विशेषाधिकार’ भन्न छुटाएनन् । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले प्रदेशसँग नभएको अधिकार स्वत संघ (मन्त्रिपरिषद्) लाई हुने बताए । नेउपानेले संवैधानिक इजलासमा भने– ‘कि, भन्दिनुपर्यो प्रध...

सामाजिक सञ्‍जालमा अंकुश लगाइँदै…..

काठमाडौँ — विवादास्पद प्रावधानका कारण लामो समयदेखि संसद्‍मा विचाराधीन सूचना प्रविधिसम्बन्धी विधेयकमा भएकै व्यवस्था समेटेर सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा सूचना तथा प्रसारण विभागले निर्देशिकाको मस्यौदा तयार पारिसकेको छ । निर्देशिका लागू भए नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल कम्पनीले तीन महिनाभित्र सरकारी निकायमा द...

पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय…..

काठमाडौँ — सरकारले आगामी वैशाख १७ र २७ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला छुट्याएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो र दोस्रो चरणको निर्वाचनका लागि जिल्ला विभाजन गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् । मन्त्रिपरिषद् बैठकबाट पहिलो र दोस्रो चरणको निर्वाचनका लागि जिल्ला छुट्ट्याउने निर्णय भएको छ,' उन...

उत्तराखण्डमा हिमपहिरो,३ नेपालीसहित १ सय १५ जना वेपत्ता…..

एजेन्सी । आइतबार भारतको उत्तराखण्डको चमौली जिल्लामा हिमनदी फुटेलगत्तै आएको बाढीमा परेर वेपत्ता हुने नेपालका ३ जनासहित १ सय १५ जनाको नाम सार्वजनिक गरिएको छ । स्थानीय प्रशासनले सोमबार वेपत्ता हुनेहरुको नाम र ठेगाना सार्वजनिक गरेको हो । वेपत्ता सूचीमा नेपालका ३ जना रहेका छन् । स्थानीय हाइड्रोपावरको सुरुङमा फसेका केही नेपालीहरुको भने उद्दार गरिएको छ । वेपत्ता हुने नेपालीहरुमा सोहन चौधरी, शंकर चौधरी र ...

विघटन बहस अन्तरनिहित अधिकारमा सीमित…..

काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको सुनुवाइमा सहभागी सरकारी वकिलले विघटन प्रधानमन्त्रीको अन्तरनिहित अधिकार भएको तर्कमा सीमित रहेर बहस जारी राखेका छन्। संविधानमा नलेखिएका विषय प्रधानमन्त्रीका अन्तरनिहित अधिकार भएको दाबी उनीहरूले दोहो¥याइरहेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीक...