कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि नेपालगन्जको भेरी अस्पतालमा मृतकका आफन्तले स्वास्थ्यकर्मीलाइ नै ‘हत्या गर्ने प्रयास’ गरेका छन्। अस्पतालको कोभिड वार्डमा ड्युटी गरिरहेका चिकित्सक र स्टाफ नर्सलाई मृतकका आफन्तले लखेटिलखेटी आक्रमण गरेका हुन्। अस्पतालका अनुसार यही जेठ ४ गतेदेखि दाङ निवासी डिल्ली बहादुर रावतको उपचारका क्रममा बिहीबार राती ८ बजेतिर मृत्यु भयो। मृत्यु भए लगत्तै मृतकका भाई मान ब...
समाचार
पूर्ण होइन, काम चलाउ बजेट ल्याउन सुझाव…..
संसद् विघटन भई चुनाव घोषणा भएको अवस्थामा काम चलाउ बजेट ल्याउन सरोकारवाला पक्षले सरकारलाई सुझाव दिएका छन्। अल्पमतको चुनावी सरकारले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्नेगरी पपुलिस्ट कार्यक्रम समावेश गरेर अध्यादेशमार्फत शनिबार पूर्ण आकारको बजेट ल्याउने चर्चा चलेको छ। यही बेला पूर्वअर्थमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू र निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्तहरूले बिहीबार छुट्टाछुट्टै विज्...
भेरी अस्पतालमा ‘ब्ल्याक फंगस’ बढ्दो…..
— गत वैशाखमा बुटवलस्थित कोरोना अस्पतालमा कपिलवस्तुका ६० वर्षीय एक पुरुषको मृत्यु भयो । यसअघि उनी दुई साता आईसीयूमा उपचारपछि कोरोना रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएका थिए । अक्सिजनको मात्रा दिइराख्नुपरेको र टाउको दुखिरहेपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखेर पुनः उपचार थालिएको थियो । मधुमेह भएकाले उपचार गर्दागर्दै उनको एक्कासि आँखाको दृष्टि गुमेको अस्पतालका वरिष्ठ कन्सलटेन्ट फिजिसियन डा. सुदर...
लगातार दोस्रो दिन कोरोना संक्रमण हुनेभन्दा निको हुनेको संख्या बढी……
बिहीबार नेपालमा कोरोना भाइरस संक्रमण हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढेको छ। पछिल्लो २४ घण्टामा ७ हजार २ सय २६ जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ९ सय ३९ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ४१४ पीसीआर परीक्षण र ५ सय७८ को एन्टिजेन परीक्षण गरिएको थियो। सो दुबै परीक्षणबाट ६ हजार ९३९ नयाँ संक्रमित भेटिएको मन्त्राल...
चीनले थप १० लाख डोज खोप दिँदै……
मित्र राष्ट्र चीनले नेपाललाई थप १० लाख डोज खोप दिने भएको छ। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको टेलिफोन वार्तापछि चीनले नेपाललाई थप खोप दिने निर्णय गरेको नेपालका लागि चिनियाँ दूतावासले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विटरमा लेखेकी छन्, ‘नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपतिबीच आजको टेलिफोन वार...
नयाँ कोरोना संक्रमितभन्दा निको हुनेको संख्या पहिलोपटक बढी……
पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ६७१६ जना निको भएका छन् भने थप १४५ जनाले ज्यान गुमाएका छन् । दोस्रो लहर सुरु भएयता नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी भएको यो पहिलो अवसर हो । मंगलबार थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थिय...
काठमाडौंमा निषेधाज्ञा थप कडाइ……
स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा जारी छ । प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले जारी निषेधाज्ञालाई थप कडा पारेर जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको...
संसद् पुनःस्थापनाको पक्षमा २४ रिट……
सर्वोच्च अदालतमा विघटित प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दे सोमबार २४ वटा रिट दर्ता भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि सर्वोच्चमा रिट निवेदनको लाइन लागे। सोमबार मात्रै २८ वटा रिट निवेदन दर्ता भएका छन्। २४ वटा पुनःस्थापनाको पक्षमा छन्। त्यसैगरी प्रधानमन्त्री ओली नै रहने र तोकिएको समयमै निर्वाचनको माग गरी ४ वटा रिट न...
कोरोना उपचार खर्चलाई ३१.६ अर्ब ऋण……
कोरोना संक्रमण उपचारका लागि सरकारले थप ३१ अर्ब ६० करोड रूपैयाँ ऋण लिने भएको छ। यसमध्ये विश्व बैंकले ३ अर्ब ४० करोड ऋण दिइसकेको छ भने कोभिड १९ खोप व्यवस्थापनका लागि थप ९ अर्ब ऋण सहायता उपलब्ध गराउन हस्ताक्षर भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए। यसैगरी एसियाली विकास बैंकले १९ अर्ब २० करोड ऋण दिने भएको मन्त्री त्रिपाठीले बताए। यसअघि नै कोभिड १९ व्यवस्थापनका लागि विभिन...
७ हजार २२० मा कोरोना संक्रमण पुष्टि, ७ हजार १३५ जना निको……
२४ घण्टामा देशभर ७ हजार २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १९ हजार ८४६ पीसीआर परीक्षणमा ७ हजार २२० जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ । यस्तै ७ हजार १३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । नेपालमा ...
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा २५ वटा रिट निवेदन पेश……
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै सर्वोच्च अदालतमा २५ रिट पेस भएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धमा आइतबार २५ रिट आएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । 'प्रतिनिधिसभा विघटनसम्बन्धी विषयमा २५ रिट पेस भएका छन् । दर्ता हुने नहुने भन्ने निर्णय भोलि हुन्छ,' उनले भने । प्रधानमन्त्री ओलीको सिफा...
७ हजार ५९८ मा कोरोना संक्रमण पुष्टि, ७ हजार ६६४ जना निको……
२४ घण्टामा देशभर ७ हजार ५९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १८ हजार ९६५ पीसीआर परीक्षणमा ७ हजार ५९८ जनामा कोरोना पुष्टि भएको हो । यस्तै २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ पुगेको छ । देशभर थप १९३ जनाको कोरोनाबाट मृत्यु भएको छ । श्राेत: इका...














