कोभ्याक्स सुविधाको खोप आउँदै……

सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागेको हो । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेकाले फागुन अन्तिमसम्म ‘कोभिशिल्ड’ खोप ल्याउन थालेको जानकारी...

काँग्रेसले लियो संविधानको सहारा…..

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन २०७८ भदौ दोस्रो साताका लागि तय भएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले १४ औं महाधिवेशन ७–१० भदौमा काठमाडौंमा गर्ने निर्णय गरेको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए । उनका अनुसार बुधबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तावित महाधिवेशनको कार्यतालिकालाई केही संशोधन गर्दै विहीबारको बैठकले सर्वसम्मतिबा...

करको भारले महँगो भयो इन्टरनेट…..

काठमाडौं, सरकारले इन्टरनेटमा धेरै कर लगाउँदा महँगो भएको भन्दै विज्ञहरूले गुनासो गरेका छन् । नेपालमा इन्टरनेटमा लगाइने कर अत्यधिक भएको भन्दै सबैको पहुँचमा पुर्याउन कर हटाउनुपर्ने विज्ञहरूले बताएका छन् । सरकारले इन्टरनेटलाई अत्यावश्यक सेवाको सूचीमा राखेको छ । तर इन्टरनेटमा विभिन्न शीर्षकका नाममा लगाइने कर धेरै भएपछि त्यसको प्रत्यक्ष भार ग्राहकमा पर्न गएको भन्दै कर हटाउन उनीहरूले सुझाएका हुन् । इन्टर...

तामझामका साथ लिखित जवाफ दिन सर्वोच्च पुगे प्रधानमन्त्री…..

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन सर्वोच्च अदालत पुगेका छन् । उनी बिहीबार बिहान सर्वोच्च पुगेका हुन् । ओलीले उक्त मुद्दामा गत आइतबार म्याद बुझेका थिए । अदालतको अवहेलना गरेको भनेर ओलीविरुद्ध परेको मुद्दामा माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । अदालतमा विचारा...

पेट्रोलियम मूल्यवृद्धिविरुद्ध अनेरास्ववियु आन्दोलित…..

काठमाडौँ — पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपाको दाहाल–नेपाल समूहनिकट विद्यार्थीले बिहीबार बिहान काठमाडौंमा प्रदर्शन गरेका छन् । नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पसअगाडि विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीले पेट्रोलियममा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै नारा लगाएका थिए । अनेरास्ववियुले प्रतिनिधिसभा विघटन र पेट्रो...

आफन्तद्वारा शव बुझ्न अझै अस्वीकार…..

काठमाडौं, बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका एक किशोरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत सोही गाउँका अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको हो । सो अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीले...

उत्तर कोरियाले अमेरिकी भ्याक्सिन चोर्ने प्रयत्न गरेको आरोप……

अमेरिकी औषधी कम्पनी फाइजरको कोभिड–१९ भ्याक्सिन प्रविधि चोर्ने प्रयास गरेको आरोप उत्तर कोरियामाथि लागेको छ । दक्षिण कोरियाली गुप्तचर अधिकारीहरुले यस्तो आरोप लगाएका हुन् । यद्यपी, कुनै डाटा चोरी भएको वा नभएको विषय अहिलेसम्म स्पष्ट भने भएको छैन । दक्षिण कोरियाली न्युज एजेन्सी योनहपका अनुसार यस विषयमा दक्षिण कोरियाली राष्ट्रिय गुप्तचर अधिकारीहरुले विधायकहरुलाई गोप्य जानकारी दिएका छन् । अमेरिकी कम्पनी ...

विद्यालयकै छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार…..

काठमाडौं, बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको उनकै विद्यालयकै एक छात्रले प्रहरीसमक्ष स्वीकार गरेको छ । स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । प्रहरी स्रोतका अनुसार दिनेश भट्ट नाम गरेका ती छात्रलाई बुधबार बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरिएको छ । माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यस...

पूर्वमन्त्री र पूर्वपदाधिकारीका गाडी र सुरक्षाकर्मी फिर्ता…..

काठमाडौँ — कांग्रेस नेता तथा पूर्वमन्त्री रामशरण महतले केही दिनअघि अंगरक्षक फिर्ताको जानकारी दिन पुगेका सुरक्षा अधिकारीसमक्ष भनेका थिए, ‘म हाई थ्रेट भएको नेता हुँ, ममाथि यसअघि पटक–पटक आक्रमण भएका छन् तर एकाएक सरकारले नै सुरक्षाकर्मी फिर्ता लिने निर्णय गरेछ, यसले त झनै थ्रेट महसुस गरें । ती सुरक्षा अधिकारीले ‘कार्यविधिअनुसार गर्नू भन्ने सरकारको आदेश हो’ भनेपछि महतले भनेका थिए, ‘गृह सचिव, गृहमन्त्री...

खोपको प्रभावकारिता ७८ प्रतिशतः ढुक्क भएर लगाउन आग्रह……

सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ को प्रभावकारी ७८ प्रतिशत रहेको जनाएको छ। स्वास्थ्य पत्रकार मञ्च, नेपालले सोमबार यहाँ आयोजना गरेको ‘कोभिड–१९ को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले खोपको प्रभावकारिता ७८ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरे। उनले खोपले अहिलेसम्म...

एक हजार ९३ दिनमा ओली सरकारका ७४ उपलब्धि…..

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षको अवधिमा संघीयता र संविधान कार्यान्वयनमा सफलता प्राप्त भएको दावी गरेका छन् । सोमबार सिंहदरवारमा आयोजित कार्यक्रममा आफ्नो नेतृत्वको सरकारको तीन वर्षे अवधि समीक्षा गर्दै उनले संविधान कार्यान्वयनका लागि नीतिगत व्यवस्था, संस्थागत तथा भौतिक संरचनाका कामहरु पूरा भएको बताए । आफूले प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्र अन्योलमा रुमल्...

आलोचकको नजरमा कस्तो रह्यो, सरकारका तीन वर्ष ?…..

काठमाडौँ — राजनीतिक स्थिरता, समृद्धि र सुशासनको नारासहित केपी शर्मा ओली नेतृत्वको सरकार गठनको (सोमबार) तीन वर्ष पूरा हुँदैछ । २०७४ फागुन ३ गते गठन भएको सरकारको तीन वर्षे कार्यसम्पादनबारे सोमबार नै सरकारले ‘बिफ्रिङ’ गर्दैछ । प्रधानमन्त्री ओलीले आफ्नो सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको बताए पनि राजनीतिक र नागरिक वृत्तमा सरकारका काममाथि अनेक प्रश्न छन् । दल विभाजनसम्बन्धी अध्याद...