काठमाडौँ — म्यानमारमा सैन्य सरकारले गरिरहेको हिंसात्मक दमनको विरोधमा शुक्रबार काठमाडौंस्थित म्यानमार दूतावासअगाडि विरोध प्रदर्शन गरिएको छ । बृहत् नागरिक आन्दोलनको अगुवाइमा नागरिक अभयन्ताहरूले नक्खु, भैंसेपाटीस्थित दूतावासअगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा नागरिक अभियन्ताहरू गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठकलगायत सहभागी थिए । प्रदर्शनका सहभागीहरूले म्यानमारमा नरसंहार बन्द...
समाचार
चन्द समूह शान्तिपूर्ण राजनीतितिर…..
काठमाडौँ — संविधान र कानुनले वर्जित गरेका गतिविधि त्याग्न सहमत भएपछि नेत्रविक्रम चन्द समूहमाथि दुई वर्षअघि लगाएको प्रतिबन्ध सरकारले बिहीबार फुकुवा गरेको छ । हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने चन्द समूहको लिखित प्रतिबद्धता र थुनामा रहेका नेता–कार्यकर्ता रिहाइ तथा उनीहरूमाथि लागेका ‘राजनीतिक मुद्दा’ फिर्ता गर्न सरकार सहमत भएपछि साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकु...
‘तीन महिनाभित्र सबै अमेरिकीलाई खोप’……
अमेरिकी राष्ट्रपति जो बाइडेनले मे महिनाको अन्त्यसम्ममा सबै वयस्क अमेरिकीले कोरोना भाइरसविरुद्धको खोप पाइसक्ने बताएका छन् । अमेरिकाले यसअघि जुलाई अन्त्यसम्म सबै वयस्क नागरिकलाई खोप उपलब्ध हुने घोषणा गरेको थियो । बाइडेनले यसअघि घोषणा गरिएको भन्दा दुई महिनाअघि नै सबैले खोप पाउने भए पनि खोप अभियानको समय बढाइने जनाएका छन् । राष्ट्रपति बाइडेनले कोरोना भाइरसविरुद्धको युद्ध निकै लामो रहेको भन्दै जनतालाई ‘...
उपत्यकामा चुनौतीपूर्ण बन्दै फोहरपानी व्यवस्थापन…..
काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आएपछि फोहर पानी व्यवस्थापन गर्न अझै चुनौतीपूर्ण हुने देखिएको छ । उपत्यकामा अहिले पनि फोहर पानी व्यवस्थापनमा समस्या आउने गरेकामा मेलम्चीको पानी आएपछि समस्या अझै बढ्ने देखिएको छ । बर्सेनि वर्षाको समयमा आकाशे पानी र धारामा आउने पानी गरी ठूलो परिमाणमा पानी हुँदा व्यवस्थापन गर्न नसकिँदा काठमाडौँ उपत्यकाका सडक जलमग्न हुने गरेको छ । ढलको निर्माण फरकफरक निकायबाट भएकाले पन...
‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’……
सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूूर्ण नागरिकलाई आग्रह गरेका छन् । मिनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड–१९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुुरा गर्दै उहाँले व्यवस्थित र सहज रूपमा लगाउने वातावरण भएकाले खोप अभियान सफल हुुने विश्वास व्यक्त गरे । सभामुख सापकोटाले भने, ‘खोप लगाउँदा अलि असहज हुन्छ कि ...
हेर्दाहेर्दै दोभान बजार खरानी…..
ताप्लेजुङ — मेरिङदेन गाउँपालिका–३ खाम्लुङ दोभान बजारका सविन चुडाल सधैंझैं मंगलबार बिहान आफ्नै पसलमा व्यस्त थिए । साढे ८ बजेतिर उनले सामुन्नेको भोला पौडेलको घरको दोस्रो तलामा आगोको ज्वाला देखे । आत्तिएर उनी कराए, ‘आगो लाग्यो...आगो लाग्यो... । ताप्लेजुङको मेरिङदेन गाउँपालिकास्थित दोभान बजार मंगलबार जलेर खरानी भएपछि । सदरमुकाम फुङलिङदेखि १७ किमि पश्चिमको यो बजारमा उनी कराएसँगै आसपास पसलका ५/७ जना भेल...
यो वर्ष कोरोना महामारी अन्त्य हुँदैन : विश्व स्वास्थ्य संगठन……
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले यस वर्षको अन्त्यसम्म पनि कोरोना महामारीको अन्त्य नहुने बताएको छ । डब्लूएचओका आपत्कालीन विभागका निर्देशक डा. माइकल ऱ्यानले आइतबार जेनेभामा आयोजित मिडिया ब्रिफिङ क्रममा यो वर्ष कोरोना महामारीको अन्त्य नहुने बताएका हुन् । डा. ऱ्यानले भने, ‘यही वर्षको अन्त्यसम्म कोरोना महामारीको अन्त्य हुन्छ भनेर सोच्नु असुहाउँदो र अपरिपक्व कुरा हो । तर यदि हामी सही ढंगले अघि बढ्यौ...
प्रचण्ड–नेपाल समूहका सांसददेखि केन्द्रीय सदस्यसम्मलाई हटाइदिने ओलीको चेतावनी……
प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ति दिनेले बदर पनि गरिदिन सक्ने भन्दै प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्यदेखि सांसदहरुलाई हटाइदिने चेतावनी दिएका छन् । अहिलेसम्म आफूले देव गुरुङबाहेक कसैलाई नहटाएको भन्दै आवश्यक परे सबैलाई हटाइदिन सक्ने ओलीको चेतावनी छ । उनले पार्टी एकताका क्रममा आफूले सबैलाई भागबण्डाको आधारमा नियुक्ति दिएकाले ती सबैलाई ‘नियुक्ति गर्नेले हटाउन पनि सक्ने’ बताए । उनले आफूले अल्पम...
खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछः स्वास्थ्यमन्त्री……
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेकोे बताएका छन् । मन्त्रालयद्वारा आज यहाँ आयोजित आमसञ्चारमाध्यमका प्रधानसम्पादक तथा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा मन्त्री त्रिपाठीले विश्वमा अझै १०१ मुलुकमा खोपको पहुँच नपुगेका स्थितिमा नेपालमा पहिलो प्राथमिकताप्राप्त समूहल...
मेडिकल कलेजलाई कानुन मिचेर सम्बन्धन दिलाउन चलखेल…..
काठमाडौँ — झापास्थित प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई कानुनविपरीत सम्बन्धन दिलाउन प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले अनुचित दबाब दिन थालेका छन् । दुर्गा प्रसाईं सञ्चालक रहेको प्रस्तावित मेडिकल कलेजलाई चिकित्सा शिक्षा ऐनविपरीत काठमाडौं विश्वविद्यालय (केयू) बाट सम्बन्धन दिलाउन चलखेल थालिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा गत बुधबार सम्पन्न केयू सभाको बैठकले बीएन...
नेपाल अब सन् २०२६ सम्म मात्र ‘अतिकम विकसित मुलुक’ ……
संयुक्त राष्ट्र संघको विकास नीति समिति (सीडीपी) ले नेपाललाई अति कम विकसित मुलुकहरु (एलडीसी) को श्रेणीबाट माथि उक्लनका लागि सिफारिस गरेको छ । राष्ट्रसंघका अनुसार अतिकम विकसित मुलुकहरुमा आर्थिक–सामाजिक रुपमा पछि परेका र मावन विकास सूचांकमा पछि परेका मुलुक पर्छन् । समितिले सन् २०२६ पछि नेपाल एलडीसीको सूचीबाट स्तरोन्नतिका लागि सिफारिस गरेको हो । त्यसअघिको ५ वर्ष भने समितिले ‘नेपाललाई सन् २०२६ सम्मको ए...
अबको निकासः अध्यादेश वा एकता……
राजनीतिक रूपमा दुई समूहमा विभाजित भए पनि कानुनी रूपमा सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एउटै दलका रूपमा छ। नयाँ सरकार गठन गर्न नेकपाका दुवै समूह निर्णायक भूमिकामा रहनेछन्। संसद् पुनर्स्थापनासँगै सत्ता समीकरण कसरी मिलाउने भन्ने विषयमा दुवै समूहबाट विभिन्न तरिकाका कसरत भइरहेका छन्। कानुनी रूपमा फुटिनसकेकाले सत्ता समीकरणलाई कसरी अघि बढाउने भन्ने कठिनाइले दुवै समूहलाई पिरोलेको छ। नेकपा दाहाल–ने...
















