ओलीले बोलाए एमाले संसदीय दलको बैठक…..

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । बिहीबार ११ बजे बालुवाटारमा बैठक बोलाएको ओली पक्षका सांसद तथा मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘बिहीबार ११ बजे बालुवाटारमा बस्ने बैठकमा आउन सबै सांसदहरुलाई एसएमएस गरेर निम्तो गरिएको छ’, भट्टराईले भने, ‘बाँकी निर्णय बैठकले नै गर्छ । ओलीले गत फागुन २८ गते एकलौटी बैठक बसेर गरेको निर्णयको विरोधमा एमालेको झलनाथ माध...

संसद विघटनको पक्ष विपक्षमा तर्क गर्न आएका होइनौँ…..

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठकमा नेताहरुबीच प्रतिनिधि सभा विघटनबारे सवाल जवाफ भएको छ । मंगलबार साँझ मुलुकको समसामयिक परिस्थिति तथा राष्ट्रिय सरोकारका विषयमा छलफल गर्न राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नेताहरुबीच सवाल जवाफ भएको हो । कार्यक्रममा राष्ट्रपतिले सर्वदलीय बैठकबारे जानकारी गराउँदै शिक्षा स्वास्थ्य र मौसम परिवर्तनका कुरा गरेकी थिइन् । राष्ट्रपतिले ...

जसपामा दुई धार, सत्ताका लागि यता कि उता…..

काठमाडौं । संसदीय अंकगणितमा निर्णायक भूमिका निर्वाह गर्ने अवस्थामा पुगेको जनता समाजवादी पार्टी (जसपा) नेपालमा दुई धारबीच राजनीतिक द्वन्द्व बढ्न थालेको छ । सत्ता साझेदारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने कि ओली इतर राजनीतिक पक्षसँग सहकार्य गर्ने भन्नेबारे जसपा नेपालभित्र बहस चलिरहेको छ । जसपा नेपालले नेकपा एमालेसँग सत्ता साझेदारी गरेर अघि बढ्ने वा नेपाली काँग्रेस र माओवादी केन्द...

राष्ट्रिपतिको आह्वानमा सर्वदलीय बैठक आज…..

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आयोजना गर्ने भएकी छन् । शीतल निवासमा मंगलबार सर्वदलीय बैठक बस्ने भएको हो । बैठकमा सहभागी हुनका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरूलाई बोलाइएको छ । सर्वदलीय बैठकको एजेण्डा नखुलाइए पनि पछिल्लो राजनीतिक घटनाक्रम र निकासबारे छलफल गर्नका लागि बैठक आह्वान गरिएको स्रोत बताउँछ । राष्ट्रपति कार्यालय स्रोतका...

म्यान्मारमा एकै दिन ३८ प्रदर्शनकारी मारिए……

सैनिक कूपछि म्यान्मारमा चर्किएको विरोध प्रदर्शनमा आइतबार एकैदिन ३८ जना प्रदर्शनकारी मारिएका छन् । सेनाले सत्ता हातमा लिएपछि त्यहाँ भएको प्रदर्शनमा एकै दिन यति धेरै जनाको ज्यान गएको यो पहिलोपटक हो । द एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार आइतबार भएको हिंसात्मक झडपमा परी म्यान्मारको मुख्य सहर यांगुनमा मात्रै २१ जनाको मृत्यु भएको छ । देशका अन्य सहरहरूमा समेत गरी ३८ जना प्रदर्शनक...

ओली-नेपालबीच धुम्बाराहीमा छलफल सुरु…..

काठमाडौँ — पार्टी विवाद उत्कर्षमा पुगेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहितका नेताहरू पार्टी मुख्यालय धुम्बाराहीमा छलफलमा जुटेका छन् । उनीहरूबीच सोमबार बिहान करिब साढे ११ बजेबाट छलफल सुरु भएको हो । यसअघि ओलीले नेपाललाई बालुवाटारमै भेट्न बोलाएका थिए । तर नेपालले पार्टी कार्यालयमा समूहगत रुपमा छलफल गर्ने भनेपछि ओली धुम्बाराही जान राजी भएका हुन् । सोमबा...

ओलीको विसर्जनवादविरुद्ध संघर्ष अपरिहार्य…..

काठमाडौँ — सत्तारूढ एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका पदाधिकारी र स्थायी कमिटी सदस्य गरी ११ जनाले अध्यक्ष केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई नै विघटन र विसर्जनको बाटोमा लगेकाले अब पार्टीलाई ‘क्रान्तिकारी पुनर्गठन’ गर्नुपर्ने अभिभारा आइपरेको घोषणा गरेका छन् । वरिष्ठ नेताहरू खनाल–नेपालसहितका ११ नेताले आइतबार संयुक्त वक्तव्य दिँदै पार्टी पुनर्गठनको आवश्यकता औंल्याउनुले एमाले विवादमा थप खाडल परेको छ ...

मालपोत कार्यालयमा बम विस्फोट…..

धनुषा — सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा, जयकृष्ण गोइत समूहले लिएको छ । गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले प्रेस विज्ञप्ति जारी गरी विस्फोटको जिम्मेवारी लिएको हो । मधेस स्वतन्त्र देश हुनुपर्ने माग राख्दै सशस्त्र संघर्षरत गोइत समूहले तराई मधेसमा भ्रष्टाचार तथा अपराध बढ्दै गएको भन्दै विरोध स्वरुप विस्फोट...

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक : कुनै निर्णय भएन, भोलि फेरि बस्ने……

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सकिएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा सातै प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया काफ्ले र सुदूरपश्चिमबा...

एमाले विभाजनतर्फ उन्मुख…..

काठमाडौँ, प्रधानमन्त्री ओलीले शुक्रबार आफूपक्षीय केन्द्रीय सदस्यहरूको भेला गरेर पार्टीको विधानविपरीत खनाल–नेपाल समूहका नेताहरूको विभागीय र प्रदेश इन्चार्जको जिम्मेवारी खोसेका थिए । उनले माओवादी केन्द्र छाडेर ओली समूहमा मिसिन आइपुगेका २३ जना नेतालाई समेत विधानविपरीत केन्द्रीय सदस्य मनोनयन गरेपछि खनाल–नेपाल समूह पनि आफू नै मूलधार भएको दाबी गर्दै समानान्तर गतिविधि गर्ने निष्कर्षमा पुगेको हो । खनाल–ने...

प्रचण्ड–नेपाललाई व्यङ्ग्य गर्दै ओलीले भने–माकुराको जालोमा भैंसी पर्दैन……

प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीका नेता माधव कुमार नेपाल सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका विपक्षीहरुले बुनेका तानावानाले आफूलाई कुनै फरक नपर्ने बताएका छन् । उनले माकुराको जालोमा भैसी नपर्ने भन्दै ब्यङ्ग्य पनि गरे । ‘हामी धेरै सजिला अप्ठेराहरु झेलेर आएका छौं । जेलनेल, भूमिगत, दमन, लडाइँ–झगडा खेपेर त्यसविरुद्ध लडेर आएका छौं,’ अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श...

चीनले अलिबाबामाथि एक अर्ब डलर जरिवाना गर्ने तयारी……

चीनले ई–कमर्श क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिवाना गर्न लागेको समाचार सार्वजनिक भएको छ । यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना हो । यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिवाना तिरेको थियो । क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पु¥याएको आरोप लागेको ...