प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल–माधवकुमार नेपाल पक्षलाई फुटाउन लागिपरेका छन्। ओलीले नेपाल पक्षका नेतासँग विभिन्न माध्यमबाट अलगअलग कुराकानी गरेर नेपाललाई एक्ल्याउने प्रयास गरेका छन्। नेपाल पक्षमा लागेका कतिपय नेतालाई ओली आफैंले मनाउने प्रयास गरेका छन्। आन्तरिक संघर्षका लागि समानान्तर कमिटी बनाइरहेको नेपाल पक्षलाई फुटाएर ओली आफू बलियो हुने दाउमा लागेका छन्। उनले आफू पक्षधर ...
समाचार
वायु प्रदूषणः बाहिर ननिस्कन विज्ञको सुझाव……
काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वासप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा.मेघनाथ धिमालले वन जङ्गलमा डढेलो ...
चिनियाँ ‘भेरोसेल’ खोप यहीँ चैत २५ गतेदेखि लगाउने……
सरकारले कोभिड-१९विरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ यहीँ चैत २५ गतेदेखि लगाउने निर्णय गरेको छ। चीन सरकारले नेपाललाई अनुदानस्वरुप उपलब्ध गराएको कोभिड-१९विरुद्धको ८ लाख डोज खोप चैत २५ गतेदेखि लगाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 'यो खोप अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरुका साथसाथै हिमालय सीमापार व्यापार गर्ने व्यापारीहरु, चीन सरकारको छात्रवृत्तिमा चीनमा अध्ययन गर्ने वा अध्यय...
नयाँ गठबन्धन बनाउन गृहकार्य…..
काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने औपचारिक निर्णय गरेलगत्तै नयाँ गठबन्धनका लागि दलहरूबीच संवाद पनि सुरु भएको छ । कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट नयाँ सरकार गठनको अग्रसरता लिने निर्णय लिएको अर्को दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र जसपा नेताहरूसँग संवाद थालेका हुन् । दाहालले शनिबार कां...
फेरि संसद विघटन गर्ने ओलीको संकेत…..
काठमाडौं, साबिक नेकपाभित्र अन्तरविरोध बढेसँगै सरकार ढल्ने खतरा देखिएपछि गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले संसदीय अंकगणित आफ्नो पक्षमा नभए फेरि संसद विघटन गरेर मध्यावधि चुनावमा जाने संकेत गरेका छन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिइरहेको समर्थन फिर्ता लियो भने राजीनामा दिने बताएका ओलीले फेरि पुस ५ को स्थिति आउन सक्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनि...
शक्ति संगठित गर्दै खनाल–नेपाल समूह…..
कास्की — प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नेताहरूमाथि कारबाहीको प्रक्रिया सुरु गरेपछि एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले पार्टीका समानान्तर कमिटीहरू गठन गर्दै आफ्नो शक्ति संगठित गर्न थालेको छ । नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि अध्यक्ष ओलीले पार्टी सदस्यबाट समेत निलम्बन गरेपछि खनाल–नेपाल समूहले मुलुकभर समानान्तर कमिटी बनाउन थालेको हो । यसअघि ...
के गर्दैछन् सिके राउत ?…..
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग २०७५ फागुन २५ गते सम्झौता गरेर हात मिलाउनुअघि डा. सिके राउतको देशैभरि चर्चा हुने गर्दथ्यो । तराईलाई अर्कै देश बनाउने राउतको भाषणदेखि लिएर उनी गिरफ्तारीमा परेका समाचार बारम्बार आइरहन्थे । तर, मूलधारको राजनीतिमा आएपछि भने राउत एकाएक चर्चाविहीन बनेका छन् । अहिले ‘जनमत पार्टी’ का अध्यक्ष सिके राउत के गर्दैछन् त ? यसबारे रातोपाटीले खोजीनीति गर्दा उनी पार्टीको ...
ओलीको पतन निश्चित छ : खनाल–नेपाल…..
काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहमा रहेका ११ जना स्थायी कमिटीका नेताहरुको बैठकले अध्यक्ष केपी शर्मा ओलीबाट हुने सम्भावित कारवाहीका लागि मानसिकरुपमा तयार हुनुपर्ने निचोड निकालेको छ । अध्यक्ष ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई सोमबार ६ महिनाका लागि निलम्बन गरेपछि मंगलबार आकस्मिकरुपमा बसेको सो पक्षको स्थायी समिति बैठकले यस्तो निचोड निकालेको हो । मंगलबारको ब...
चार दिन देशभरका शिक्षण संस्था बन्द गर्ने…..
काठमाडौं । सरकारले देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सोमबार बसेको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए । बैठकमा शिक्षा सचिव रामप्रसाद थ...
३७ वर्षपछि नेपाललाई उपाधि…..
काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिम १८ महिनायताका आठ खेलमा जितविहीन थियो । आठै खेलमा गोलसमेत गर्न सकेको थिएन । ६ वर्षपछि दशरथ रंगशालामा फर्कंदा राष्ट्रिय टिमले थ्री नेसन्स कपको समूह चरणका दुवै खेलमा गोल गर्न त सकेको थिएन नै, पोस्टमा गतिलो आक्रमण पनि भएन । फरवार्डबिना नै खेलेजस्तो देखिएपछि टिमकै आलोचना भइरहेको थियो । अन्ततः डेढ वर्षे गोलविहीन यात्रामा पूर्णविराम लगाउँदै सोमबार नेपालले बंगलादेशलाई...
काकाकुल काठमाडौँको तिर्खा मेट्न आइपुग्यो मेलम्चीको पानी……
काठमाडौँ चुच्चेपाटीमा सुमित्रा भण्डारीले मेलम्चीको पानी काठमाडौँको पाइपलाइनमा छोडिएको थाहा पाएपछि हत्तपत्त धारातिर दौडिइन् । धारा खोलेर पानी पिउँदै गर्दा उनको मुहारमा खुसीयाली स्पष्ट देखिन्थ्यो । उनले सधैँभरी यसरी नै घरको धारामा पानी आए धेरै राम्रो हुने बताइन् । ‘यसरी सधैँ पानी आए त बाहिर दुःख गरेर लिन जानुपर्दैन थियो,’ उनले आफ्नो दुःख बिसाइन्, ‘पहिले दुई तिन दिन बिराएर दिनमा २ घण्टा पानी आउँथ्यो ...
म्यानमारमा व्यापक सैनिक दमन, ८९ प्रदर्शनकारीको मृत्यु……
म्यानमारमा सैनिक ‘कु’ को विरोध गर्ने क्रममा व्यापक सैनिक दमन हुँदै आएको छ। त्यसक्रममा शनिबार मात्र कम्तीमा ८९ प्रदर्शनकारी मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। शनिबार नै त्यहाँ ‘नेसनल आम्र्ड फोर्सेज डे’ परेको थियो। सैनिक ‘कु’ को चर्को विरोध भइरहेका बेला सेनाले पनि व्यापक दमन गरेपछि उक्त संख्यामा प्रदर्शनकारीको मृत्यु भएको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपिपी) ले जनाएक...















