सार्वजनिक स्थानमा होली खेल्न रोक…..

काठमाडौं, होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने भएको छ । सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले बताए । यसअघि नै गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले फागु पूर्णिमामा भीडभाड गरेर होली नखेल्न सार्वजनिक आग्रह गरिसकेको छ । ‘भीडभाड गरे...

अदालतमा विचाराधीन मुद्दा सम्बोधन गर्ने आश्वासन…..

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापा बिहीबार अपराह्न सुरक्षा दलबलसहित माइतीघर पुग्दा थारू कल्याणकारिणी सभाको धर्ना चलिरहेको थियो । धर्नामा बसेकाहरू सुरक्षा घेराभित्र थिए । गृहमन्त्री थापा गाडी रोकेर धर्नाकारीकै सामुन्ने पलेंटी कसेर बसे । टीकापुर हत्याकाण्डमा संलग्न अभियोगमा सजाय भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरीको मुद्दा फिर्तालगायतका माग राखी काठमाडौंको माइतीघरमा जारी धर्नालाई बिहीबार...

उपत्यकाका तीन वटै जिल्लामा उच्च सतर्कता थालियो…..

काठमाडौं । पछिल्लो साता कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा उच्च सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले छुट्टाछुट्टै निर्णयमार्फत कोरोनाको संक्रमण र रोकथामका लागि प्रभावकारी भूमिका खेल्न आम सर्वसाधारणमा अपिल गरेको छ । उपत्यकामा बढ्दो भीडभाड, त्यसमाथि नेपालीहरुको पर्व होली समेत भएकाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न ...

टर्दै गयो वैकल्पिक सरकार…..

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेस नै तयार नभएपछि वैकल्पिक सरकार निर्माण गर्ने सम्भावना तत्काललाई टरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार विराटनगरमा स्थानीय सञ्चारकर्मीसँग कांग्रेस विपक्षमा बस्ने उद्घोष गरेपछि नयाँ सरकार तत्कालै नबन्ने देखिएको हो । अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) पनि सत्तासमीकरणका विषयमा अनिर्णीत छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन कांग्रेस, माओवा...

कैलालीमा गोली चल्यो, दुई जना घाइते…..

कैलाली, कैलालीको लम्कीमा गोली चलेको छ । बसको ठक्करबाट एक युवतीको मृत्यु पश्चात स्थानीयले गरेको आन्दोलनलाई तितरवितर गर्न खोज्दा प्रहरीले गोली चलाएको हो । सो क्रममा प्रहरीको गोली लागेर २ जना आन्दोलनकारी घाइते भएको छन् । घाइतेमा लम्कीचुहा नगरपालिका १ का १८ वर्षीय दीपक सन्ज्याल र २५ वर्षीया कृष्ण काफ्ले रहेको प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निर...

एमालेको स्पष्टीकरण पत्रमा नेपाललाई प्रश्नको वर्षा…..

काठमाडौं, नेकपा एमालेले नेता माधव कुमार नेपाललाई १० बुँदे स्पष्टीकरण सोध्दै नेपाल साविकको नेकपा हुँदादेखि हालसम्म प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लाग्नुको कारण माग गरेको छ । नेपाललाई चैत ८ गतेको मितिमा पठाइएको स्पष्टीकरण पत्रमा अधिकांश विषय नेकपामा हुँदादेखि नै प्रचण्डसँग मिलेर ओलीविरुद्ध लाग्नुको कारण माग गरिएको छ । शनिबारको केन्द्रीय समिति बैठकको निर्णयअनुसार सोधिएको स्पष्...

भागरथी भट्टको बलात्कार र हत्यामा छोरा निर्दोष भएको बताएका छन्…..

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा अभियुक्तका बुवाले विवादास्पद बयान दिएका छन् । आइतबार कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै अभियुक्त दिनेश भट्टका बुवाले छोरालाई जबरजस्ती हत्या स्वीकार गर्न लगाइएको र आफ्नो छोरा निर्दोष भएको बताएका हुन् । दिनेशका बुवाले आफ्नो छोरा निर्दोष भएको मात्रै दाबी गरेका छैनन्, घटनामा स्थानीय वडा नम्बर–७ मै काम गर्...

आज राष्ट्रपति भण्डारी बङ्गलादेश जाँदै…..

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुई दिने राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दैछिन् । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहकाक अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ जान लागेकी हुन् । राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८ः३० बजे त्...

एमालेमा केपी ओली थप ‘शक्तिशाली’…..

काठमाडौं । नेकपा एमालेमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ‘तानाशाही’ भएको आरोप माधवकुमार नेपाल पक्षले लगाइरहेका बेला अध्यक्ष ओलीलाई थप शक्तिशाली बनाउने एजेण्डा पास भएको छ । नेपाल पक्षको सहभागिताविनै शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले पारित गरेको एजेन्डामार्फत अध्यक्ष ओलीलाई अरु अधिकार थपेर शक्तिशाली बनाएको हो । ओली पक्षको दाबी अनुसार १२ औं ब...

खाद्यान्न माग्दै वडाध्यक्षहरु काठमाडौंमा…..

काठमाडौँ — भौगोलिक रूपमा विकट गाउँपालिका । यातायात सडक सञ्जालले पनि नजोडिएको । त्यसमाथि प्राकृतिक विपद् आइलाग्दा बझाङको साइपाल गाउँपालिकाका झन्डै ६१० घरपरिवार भोकमरीको चपेटामा छन् । यो गाउँपालिकामा गत कात्तिकयता एक दिन मात्रै पानी पर्‍यो । पानी नभएपछि अन्न बाली फलेन । बझाङको साइपाल गाउँपालिकाको सबैभन्दा बाक्लो बस्ती भएको धलौन गाउँ । फाइल तस्बिर : वसन्तप्रताप सिंह/कान्तिपुर भोकमरीको मारमा पर...

बैठक स्थगनले टर्‍यो जसपा विभाजनको दुर्घटना…..

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालमा आज एउटा ठूलो दुर्घटना टरेको छ । पार्टीको कार्यकारिणीको बैठक बसेको भए आज एउटा दुर्घटना हुने सम्भावना थियो । त्यही दुर्घटनालाई रोक्नका लागि सो बैठक स्थगित गरिएको बुझिएको छ । सत्ता समीकरणमा नेपाली काँग्रेस–माओवादी केन्द्रलाई सहयोग गर्ने कि एमालेलाई सहयोग गर्ने विवाद झेलिरहेको जसपामा अध्यक्ष उपेन्द्र यादवको पक्ष बलियो भएको देखेर बैठक स्थगित गरिएको कार्यका...

अलमलमा खनाल–नेपाल समूह…..

काठमाडौं, प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आन्दोलन थालेको एमालेको झलनाथ खनाल–माधव नेपाल समूहमा कसरी अघि बढ्ने अलमल देखिएको छ । समानान्तर रुपमा पार्टीलाई अघि बढाउने गरी राष्ट्रिय भेला गरे पनि यो समूहले ओलीलाई सच्याउने र एकता कायम राख्ने गरी अवधारणापत्र ल्याएको छ । पार्टीको अन्तरसंघर्ष संगठनको आधारमा अघि बढाउने र पालिका तहसम्म समानान्तर कमिटी ब्युँताउने राणीतिसहित खनाल–नेपाल प...