प्रधानमन्त्री दाहाल इटाली प्रस्थान…..

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने उक्त शिखर सम्मेलनका लागि प्रधानमन्त्री दाहाल शनिबार साँझ इटालीको रोम प्रस्थान गरेका हुन् । प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्री पुत्र...

सुन तस्करीमा चीनदेखि भारतसम्मको गिरोह,भन्सारमा सेटिङ…..

काठमाडौँ — अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारसमेत पार गराएर सिनामंगल सडकमा निकालिएको क्विन्टल सुन तस्करीमा चीनदेखि भारतसम्म विस्तारित गिरोह संलग्न भएको खुलेको छ । तस्करीमा संलग्न एक–एक जना भारतीय र चिनियाँ नागरिक पक्राउ परेका छन् । सँगै आठ नेपाली पनि समातिएका छन् तर नेपाली मुख्य नाइके खोज्न अनुसन्धान भइरहेको राजस्वका अधिकारीहरूको भनाइ छ । परीक्षणका लागि बिहीबार काठमाडौंको बबरमहलस्थित टक्सार विभागम...

राजनीतिक हिंसालाई माफी दिन सरकारको प्रस्ताव…..

काठमाडौँ — संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार कानुन उल्लंघनहुने गरी सरकारले राजनीतिक हिंसालाई माफी दिने र त्यसमा संलग्नको मुद्दा फिर्ता लिने गरी संसद्मा विधेयक पेस गरेको छ । कानुनमन्त्री धनराज गुरुङले मुलुकी फौजदारी अपराध संहितालाई संशोधन गर्न असार मसान्तमा संसद्मा पेस गरेको विधेयक तत्काल फिर्ता लिन संविधानविद्हरूले सुझाएका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गरी ‘शान...

भन्सारबाट उम्किसकेको सुन बरामद…..

काठमाडौँ — हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेर सिनामंगल सडकसम्म पुर्‍याइएको करिब एक क्विन्टल सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको हो भने भन्सारका अधिकारीहरूमाथि प्रश्न उठेको छ । मंगलबार राति १० बजे हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको थियो । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको सम्भवतः पहि...

सरकारले घरजग्गा कारोबारमा कडाइ…..

काठमाडौँ — आर्थिक वर्ष ०७९/८० मा घरजग्गा कारोबारबाट संघ, प्रदेश र पालिकालाई जाने राजस्व उल्लेख्य मात्रामा घटेको देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष संघ, प्रदेश र पालिकालाई जाने राजस्व ३३ अर्ब ४९ करोड ३३ लाख रुपैयाँले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । सरकारले अघिल्लो जेठमा भू–उपयोग नियमावली ०७९ मार्फत भूमिको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट गर्न पाउने व्यवस्थ...

जलविद्युत् आयोजना निर्माणमा भारतको अवरोध…..

काठमाडौँ — नेपाली जलविद्युत् परियोजनामा तेस्रो देशको लगानीप्रति बक्रदृष्टि राख्दै आएको भारतले नेपाली लगानीका निर्माणाधीन आयोजनामा पनि अवरोध सिर्जना गरेको छ । परियोजनाका लागि अत्यावश्यक विस्फोटक पदार्थ आयातका लागि भारतीय दूतावासले ६ महिनादेखि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) दिएको छैन, लगानीकर्ताहरू विद्युत् विकास विभाग, गृह मन्त्रालय, रक्षा मन्त्रालय र भारतीय दूतावासको चक्कर लगाउन बाध्य छन् तर सुनुवाइ ...

सवारी साधन पार्किङ शुल्क निर्धारण…..

काठमाडौँ -   काठमाडौँ महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि निर्धारण गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिइन् । सोमबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उनले सेवाग्राहीको गुनासो सुनुवाइ गर्न र सवारी साधनको पार्किङ शुल्कमा एकरुपता ल्याउन स...

बञ्चरेडाँडामा फोहोर थुपार्न नदिने…..

काठमाडौँ — बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बिसर्जन गर्न नदिने भन्दै ककनी गाउँपालिकाका स्थानीय र जनप्रतिनिधि आन्दोलनमा उत्रिएका छन् । फोहोर र मानिसलाई सँगै राख्‍न नमिल्ने भन्दै आफूहरुले पटक पटक माग राख्दा पनि सुनुवाइ नभएकाले आन्दोलनमा उत्रनु परेको ककनी गाउँपालिकाका ३ का वडाध्यक्ष घननाथ बजगाईंले बताए । सोमबार बिहानैदेखि वडाध्यक्ष बजगाईंसहितको टोलीले बन्चरेडाँडा नजिकैको आलेटार क्षेत्रमा फो...

अभियुक्तको नाममा ललिता निवासमा डेढ रोपनी जग्गा…..

काठमाडौँ — नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै रचिएको अपराधमा मुछिएका ५९ वर्षीय केशव तुलाधर ललिता निवास जग्गा घोटाला प्रकरणमा पनि संलग्न रहेको खुलेको छ । उनी र उनका परिवारका नाममा ललिता निवास परिसरमा १ रोपनी ९ आना जग्गा भेटिएको हो । काठमाडौं नयाबजार (खुसिवु) क्षेत्रका उनले भूमाफिया र बिचौलियास“ग मिलेर ललिता निवासको करीब जग्गा हात पारेको हुनसक्ने भएर अनुसन्धानका लागि नियन्त्...

घट्यो ग्यास र पेट्रोलियम पदार्थको मूल्य…..

काठमाडौँ — नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको हो ।  ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ । त्यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ । पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ भने ठाउँअनुसार फरक फरक दर कायम भ...

सांसद कोष बढाएर सुदूरपश्चिमको बजेट पारित…..

धनगढी —  प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ मा बजेट बढाएपछि सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि प्रस्तुत बजेट शनिबार राति पारित भएको छ । एमाले सांसदको बहिष्कारबीच प्रदेशसभाबाट बजेट पारित भएको हो । योजना तथा रकम बाँडफाँटमा विभेद भएको भन्दै यथास्थितिमा बजेट पारित नगर्ने अडानमा रहेका सुदूरपश्चिमका सत्तारूढ दलकै सांसद संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा बज...

बजेट पास नहुने भएपछि प्रत्येक सांसदलाई ५ करोड…..

धनगढी   -   सामान्यतया: संसदीय अभ्यासमा संसदमा प्रतिपक्ष सरकारबारे आलोचनात्मक रुपमा प्रस्तुत हुन्छ भने सत्तापक्ष बचाउमा हुन्छ ।  तर, सुदूरपश्चिम प्रदेश सभामा जारी बजेट माथिको छलफलमा प्रतिपक्ष मात्रै होइन, सत्तापक्षीय सबै प्रदेशसभा सदस्य सरकारप्रति कडा असन्तुष्टि पोखिरहेका छन् । लाग्छ, सबै प्रतिपक्ष हुन् । सत्ता र प्रतिपक्षको बेन्च फरक–फरक रो मा मात्र छ । तर उनीहरुको भनाइमा तात्त्विक अन्तर छैन । उन...