भारी वर्षाले देशका अधिकांश स्थानमा सतर्क रहन आग्रह…..

काठमाडौँ  -  देशका विभिन्न भू–भागमा अहिले भारी वर्षा भइरहेको छ । भारी वर्षासँगै देशका विभिन्न क्षेत्रमा रहेका नदीहरूमा पानीको बहाव बढेको छ । हाल बागमतीको जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका बागमती नदी तटीय क्षेत्रमा हुनेहरूले आज बेलुका सम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । त्यस्तै बर्दियाको बबई र कर्णाली नदीको बाढी खतरा...

मुख्य दलका नेताहरुलाई तह लगाउने ल्हारक्याल लामा…..

काठमाडौँ — गैरकानुनी सम्पत्ति आर्जनको अभियोगदेखि हातहतियार खरखजाना, दोहोरो नागरिकता र वैदेशिक रोजगारी ठगीसम्मका कसुरमा पटक–पटक मुद्दा खेपेका ‘विवादास्पद’ ल्हारक्याल लामालाई ६ वर्षअघि अख्तियारले भ्रष्टाचार मुद्दामा ‘योजनाबद्ध उन्मुक्ति’ दिएको पाइएको छ । लामालाई केही दिनअघिको मन्त्रिपरिषद् बैठकले माओवादी कोटामा लुम्बिनी क्षेत्र विकास कोषको उपाध्यक्ष नियुक्त गरेको छ । उनको नियुक्तिलाई लिएर चौतर्फी आल...

दोस्रो चरणको बैठक पनि बिनानिष्कर्ष…..

काठमाडौँ — संसद्‍ अवरोध खुलाउने सम्बन्धमा शीर्ष नेताहरूबीच सोमबार बसेको दोस्रो चरणको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ । बिहान बसेको बैठकमा सहमति नजुटेपछि साढे ३ बजेपछि अर्को चरणको बैठक डाकिएको थियो । तर नेताहरूबीच सहमति हुन नसक्दा मंगलबार बिहान १० बजे अर्को बैठक बस्ने भन्दै सोमबारको बैठक टुंगिएको हो । यद्यपि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका प्रमुख सचे...

गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी…..

काठमाडौँ - ललिता निवास क्याम्प भित्रको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौँ जिल्ला अदालतले आइतबार गच्छदार सहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए । ब्यूरो स्रोतका अनुसार पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाह विरुद्ध पु...

ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्ष…..

काठमाडौँ — ल्हारक्याल लामाको विवादास्पद छवि अपरम्पार छ । दोहोरो नागरिकता, भारतीय रासनकार्ड/राहदानी, तिब्बती शरणार्थी परिचयपत्र, वैदेशिक रोजगारीका नाममा ठगी र अकुत सम्पत्तिमात्र होइन, बैंकको लकरमा बन्दुकका गोली राखेको आरोपमा पनि उनी पक्राउ परेका थिए । तर देशमा उनीजस्तो ‘प्रतिभा’ अरू कोही नपाएजस्तै गरी सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्...

हिनामिनामा असंलग्नले जग्गा फर्काए मुद्दा नचल्ने…..

काठमाडौँ — बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा भूमाफियाबाट खरिद गरेको तर हिनामिनाका कुनै प्रक्रियामा नदेखिएको व्यक्तिले स्वेच्छाले फिर्ता गरे उनीहरूविरुद्ध मुद्दा नचल्ने भएको छ । सरकारी वकिल कार्यालयको राय लिएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्यस्ता व्यक्तिलाई अदालतमा अभियोजन गर्दा ‘सरकारी साक्षी’ का रूपमा मात्र राख्ने निर्णय गरेको हो । बिचौलिया र भूमाफियाबाट किनेको ललि...

केदारनाथ पहिरोमा १३ नेपाली बेपत्ता, एकै परिवारका ७…..

जुम्ला — भारत उत्तराखण्डको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डनजिकै बिहीबार राति ठूलो वर्षासँगै खसेको पहिरोमा परी नेपालका १३ र भारतका ६ जना बेपत्ता भएका छन् । भारत उत्तराखण्डको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डनजिकै खसेको पहिरोमा परी बेपत्ता भएकाको शुक्रबार मन्दाकिनी नदीमा खोजी गरिँदै । तस्बिर : दैनिक जागरण केदारनाथ प्रवेश गर्ने मुख्य विन्दुमा पर्ने गौरीकुण्डमा पहिरोले नेपालीले सञ्चालन गर्दै आएका ती...

भारतबाट निर्यात निषेध,चामलमा समेत मूल्यवृद्धि…..

काठमाडौँ — भारतले निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाउँदै व्यवसायीले पहिल्यै आयात गरिसकेको चामलसमेत मूल्य बढाएर बेच्न थालेका छन् । भारतले बासमतीबाहेक सबैखाले सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाउने भनी साउन ४ मा गरेको निर्णयको फाइदा उठाउँदै उनीहरूले अचाक्ली मूल्यवृद्धि गरेका हुन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा समेत व्यवसायीले चामलमा अत्यधिक मूल्य बढाएको पाइएको छ । व...

सुन अनुसन्धानमा प्रहरी भूमिकाविहीन…..

काठमाडौँ — क्विन्टल सुन तस्करीको अनुसन्धानलाई राजनीतिक अस्त्र बनाउने खेल चलिरहेको छ । एकातिर सरकारकै संयन्त्रहरू तालुकको भूमिका बाँडफाँट गर्नेभन्दा जस लिने प्रतिस्पर्धामा लागेका छन् भने अर्कोतिर प्रतिपक्षले यसलाई आपराधिक अनुसन्धानको घेराबाट बाहिर लगेर राजनीतिक मुद्दा बनाउन खोजेको छ । सुन तस्करी राजस्व छलीको विषय भएको भन्दै राजस्व अनुसन्धान विभाग आफैंले मात्र अनुसन्धान गरिरहेको छ । राजस्व अनुसन्धान...

पक्ष र प्रतिपक्षको अडानले प्रतिनिधि सभा बन्धक…..

काठमाडौँ - सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दलबीच सुन तस्करीका विषयमा ‘उच्चस्तरीय छानबिन समिति’ गठनको विषयमा कुरा नमिल्दा प्रतिनिधि सभाको बैठक सञ्चालनमा अवरोध भएको छ । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट भित्रिएको क्वीन्टल बढी तस्करीको सुन सिनामंगलमा राजस्व अनुसन्धान विभागले समातेको प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरिरहेको छ । एकातिर सत्तापक्षले छानबिन समि...

सुन तस्करीमा मुछिएका बाबुछोरालाई उन्मुक्ति…..

काठमाडौँ — हरेक दिनजसो हुने विभिन्न कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका फाइल खोतल्ने र कसैलाई नछाड्ने दोहो¥याए पनि ९ किलो सुन तस्करीमा जोडिएका पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र छोरा राहुलमाथि अनुसन्धान अघि बढेको छैन । आठ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न भएको भनेर प्रहरीको विशेष अनुसन्धान ...

सातै प्रदेश सरकार लथालिंग, कोशी सरकार ‘शून्यता’ मा…..

काठमाडौँ — प्रदेशसभा निर्वाचन भएको आठ महिना बित्दा पनि प्रदेश सरकारहरूले लय समात्न सकेका छैनन् । छोटो समयमै चारवटा प्रदेशमा सरकारको नेतृत्व परिवर्तन भएको छ । कर्णाली र गण्डकीबाहेकका प्रदेशमा मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी बाँडफाँट अधुरै छ । सबैभन्दा बढी संकट र अन्योल कोशी प्रदेशमा छ । पुस २४ मा मुख्यमन्त्री नियुक्त भएका एमाले नेता हिक्मतकुमार कार्कीले करिब ६ महिना सरकारको नेतृत्व गरेका थिए । उ...