धरानमा आज निषेधाज्ञा, सद्भाव कायम राख्न अपिल…..

विराटनगर - सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र शनिबारका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गर्दै सूचना जारी गरेकी हुन् । धरान उपमहानगरपालिका क्षेत्र धार्मिक र साम्प्रदायिक साथै जनस्वास्थ्य सङ्कट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सङ्क्रामक रोग ऐन २०२० को दफा (२) तथा ...

विश्वासको मत दिने प्रक्रिया असंवैधानिक, कोशी सरकार फेरि कामचलाउ…..

विराटनगर‚ काठमाडौँ — सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संवैधानिक नैतिकता, संसदीय अभ्यास र अदालतको आदेशविपरीत भएको भन्दै दीर्घकालीन महत्त्वका निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । सर्वोच्चको आदेशबाट कोशी सरकार दोस्रो पटक कामचलाउ भएको छ । बराबरी मत भएको अवस्थामा बाहेक मत हाल्न नपाउने भनी संवैधानिक रूपमै तटस्थ भूमिका निर्वाह गर्नुपर्ने व्यक्तिबाटै मुख्यमन्त्री ...

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण…..

काठमाडौँ — संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त राज्यमा उनीविरुद्ध सन् २०२० को चुनावी हारलाई उल्टाउने प्रयास गरेको आरोपमा मुद्दा परेको थियो । पूर्वराष्ट्रपति ट्रम्पको औंठाछाप (फिंगरप्रिन्ट) गरी उनको मगसट (अनुहारको तस्बिर) लिइएको छ । उनको जमानत २ लाख डलर तय गरिएको छ । ट्रम्प...

७६ अर्ब मागदाबी गरिएको सीआईबीको अनुसन्धान प्रतिवेदन…..

काठमाडौँ -  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको १४३ रोपनी ६ आना सरकारी जग्गा विभिन्न निकायका तलदेखि उपल्लो तहका सरकारी कर्मचारी र पदाधिकारीले पदीय दुरुपयोग गर्दै हिनामिना गरेको निष्कर्ष निकालेको छ । ब्युरोले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा बालुवाटारको जग्गा हिनामिनामा संलग्न २३८ जना विरुद्ध संगठित किर्ते मुद्दा चलाउन राय...

सुन तस्करी छानबिन गर्न आयोग, फेरि नौटंकी र नाटक सुरु…..

काठमाडौँ — सत्तारूढ र प्रतिपक्षी दलहरूबीच बुधबार भएको सहमतिअनुसार सुन तस्करीका सबै घटनाको छानबिनका लागि जाँचबुझ ऐन २०२६ अन्तर्गत अधिकारसम्पन्न शक्तिशाली आयोग बन्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार बोलाएको सर्वदलीय बैठकमा आयोग गठन गर्ने सहमति जुटेको हो । योसँगै झन्डै एक महिनादेखि अवरुद्ध संसद्को नियमित प्रक्रिया पनि सुरु भएको छ । साउन २ मा सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गर...

सत्ता सौदाबाजीले चर्चित काण्डहरू ओझेलमा…..

काठमाडौं - तेस्रो पटक प्रधानमन्त्री बन्न सफल भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो निर्णय नै सुशासन, सेवा प्रवाह र आर्थिक समृद्धिका लागि सरकार प्रभावकारी ढंगले अघि बढ्ने भनेर गरेका थिए । २०७९ पुस १० मा प्रधानमन्त्री नियुक्त भएपछि भोलिपल्ट प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा कार्यभार सम्हाल्दै उनले गरेको पहिलो निर्णय थियो यो । तीन तहकै निर्वाचनमा सहकार्य गरेका वाम–लोकतान्त्रिक गठबन्धनलाई बालुवाटार...

लुम्बिनीमा विद्युतीय बस सिन्डिकेटको कारण २ वर्षदेखि घाम ताप्दै…..

बुटवल - २ वर्षअघि लुम्बिनीमा दाताको सहयोगमा ल्याइएका विद्युतीय बस र भ्यान अझैसम्म सञ्चालन हुनसकेका छैनन् । लुम्बिनी आएका पर्यटकहरूलाई लुम्बिनी सर्किटअन्तर्गत घुमाउने उद्देश्यले ल्याएका वातावरणमैत्री बस अन्तिम समयमा यातायात व्यवस्था कार्यालयले प्रदेश मन्त्रीपरिषद् निर्णय लत्याउँदै रोकेपछि अलपत्र जस्तै बनेका छन् । पर्यटन तथा संस्कृति मन्त्रालयबाट बस र भ्यानहरू लुम्बिनी विकास कोषको नाममा ल्याइएएको थय...

ललिता निवास प्रकरणमा पूर्वउपप्रधानमन्त्रीसहित २३८ विरुद्ध मुद्दा चलाउन राय…..

काठमाडौँ — बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा चार पूर्वमन्त्री र ६ पूर्वसचिवसहित २ सय ३८ जनाविरुद्ध १८ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ बिगो मागदाबी गर्दै प्रहरीले मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करिब २ महिना लगाएर तयार पारेको ललिता निवास जग्गा हिनामिनासम्बन्धी अनुसन...

समयमै उपचार नपाएर मृत्यु भएपछि सुधार गृहको किशोरहरू आक्रोशित…..

भक्तपुर — बाल सुधार गृह प्रशासनले एक बालकको उपचारमा बेवास्ता गरेकै कारण मृत्यु भएको भन्दै आक्रोशित सानोठिमीस्थित सुधार गृहका बालक र किशोर तोडफोडमा उत्रिएका छन् । ज्वरो र पिलो आएर थलिएका रामेछापका १९ वर्षीय किशोरलाई बेलैमा उपचार नगराउँदा मृत्यु भएको उनीहरूको आरोप छ । ‘बेलैमा उपचार गरिदिएको भए उनी बाँच्थे,’ सुधार गृहबाट निस्केर आफूले भोगेका समस्या सुनाउन थापाथलीस्थित कान्तिपुर कार्यालय आएका एक युवाल...

राजनीतिक स्वार्थको चंगुलमा नेपाल प्रहरी…..

काठमाडौं - नेपाल प्रहरीको नेतृत्व चयनमै राजनीतिक स्वार्थ हाबी हुने भएपछि मातहतका प्रहरी अधिकारीको सरुवा निष्पक्ष र समय सापेक्षबारे कल्पना गर्न सकिँदैन । पछिल्लो एक सातामा केही प्रहरी अधिकारीको सरुवालाई लिएर सामाजिक सञ्जालदेखि आम बुद्धिजीवी विश्लेषकहरुले फरक विश्लेषण गरिरहेका छन् । सरकारले आवश्यक ठानेमा कुनै पनि बेला जिम्मेवार कर्मचारीको सरुवा गर्नसक्ने प्रावधान उपयोग गर्दै ८ प्रहरी अतिरिक्त महानिर...

गृहमन्त्री हटाउन कांग्रेस सभापति देउवाको दबाब…..

काठमाडौँ — ‘माधव नेपालजीले पार्टी फुटाउने आँट नगरेको भए न म प्रधानमन्त्री हुन्थें, न त प्रचण्डजी बन्नुहुन्थ्यो,’ साउन २९ गते बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले कड्किँदै भनेका थिए । त्यसमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘हो’ भनेर समर्थन जनाउनुबाहेक थप व्याख्या नगरी बैठकको छलफल अघि बढाए । बैठकमा सहभागी एक नेताका अनुसार देउवा त्यसरी कड्किनुको कारण ललिता निवास जग्...

महिला विश्वकप फुटबलको उपाधि स्पेनलाई…..

काठमाडौँ — इंग्ल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ । अस्ट्रेलियाको सिड्नीमा आइतबार भएको फाइनल खेलमा स्पेनकी कभेन्टी ओलिभले २९ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । खेलको दोस्रो हाफमा बेलायतकी गोलकिपरले स्पेनको पेनाल्टी बचाइएकी थिइन् । रोमाञ्चक फाइनलमा स्पेन दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्न भने चुक्यो । खेलको ७० औं मिनेटमा जेनिफर हेरमोसोले गर...