प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक पेस गर्ने कार्यसूची…..

काठमाडौँ  -  प्रतिनिधिसभा बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । संसद् सचिवालयका अनुसार बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची तय भएको छ । त्यसैगरी सभामुखले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा...

विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद…..

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई किलो सात सय २० ग्राम सुनसहित एक जना फिलिपिन्सकी महिलालाई पक्राउ गरेको छ । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को जहाजबाट शुक्रबार राति काठमाडौँ आएकी फिलिपिन्सकी अन्दाजी ३१ वर्षीया अनालङ अरोन्स रोविकनलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिए । उनका अनु...

फेवाताल किनारमा रहेकोको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश…..

पोखरा — फेवाताल अतिक्रमणको मुद्दा उठ्दा सबैभन्दा धेरै सुनिने नाम हो, वाटर फ्रन्ट रिसोर्ट । व्यवसायी कर्ण शाक्यको यो रिसोर्ट फेवातालको उत्तरपट्टि सेदीमा छ । उक्त रिसोर्टलाई सर्वोच्च अदालतले अवैध ठहर गर्दै भत्काउन आदेश दिएको छ । १२ वर्षदेखिको मुद्दालाई किनारा लगाउँदै गत असार ४ मा फैसला सुनाएको सर्वोच्चले असोज ९ मा पूर्ण पाठ ल्याएको हो । रिसोर्ट निर्माणकै बेलामा अधिवक्ताद्वय खगेन्द्र सुवेदी र बालकृष्...

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गसमेत व्यक्तिका नाममा दर्ता…..

भैरहवा — भूमाफियाको योजनामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत रहेको ४ बिघा १७ कट्ठा जग्गा व्यक्तिका नाममा सारिएको पाइएको छ । ५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको जग्गा विमानस्थल बनेर सञ्चालनसमेत भएपछि गत वैशाखमा व्यक्तिका नाममा दर्ता गरिएको पुष्टि भएको छ । धेरैजसो भारतको गोरखपुरमा बसोबास गर्ने सिद्धार्थनगर नगरपालिका–५ का पर्वतराजकान्त मिश्रका नाममा मालपोत कार्...

प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्किने…..

मानसरोवर - चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाने भएका छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन् । उनी स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनी स्थानीय समयअनुसार अपराह्न १४ः३० बजे...

‘रुट’ फेरेर उत्तरी नाकाबाट सुन तस्करी…..

दोलखा, काठमाडौं — चिनियाँ तस्करले प्रशासनको कमजोर उपस्थिति भएका उत्तरी नाकाबाट सुन तस्करी थालेका छन् । सुरक्षा उपस्थिति नभएका उत्तरका नाकाबाट स्थानीय बासिन्दालाई संलग्न गराएर तस्करीको सुन नेपाल भित्र्याएको पुष्टि भएको हो । दोलखाको बिगु गाउँपालिका–१ मा पर्ने चीनको रोङजिया नाका हुँदै भित्रिएको चार केजी सुनसहित बुधबार एकै गाउँका पाँच जना पक्राउ गरेपछि तस्करीको नयाँ रुटबारे खुलेको हो । सूचनाका आधारमा ...

खुँडा हानेर मान्छे मार्नेलाई आममाफी र अबिर जात्रा…..

नेपालगन्ज — चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका बाँके, नेपालगन्जका गुन्डा नाइके रिगल भनिने योगराज ढकालले अदालतबाट ठहर भएकोमध्ये १२ वर्ष सजाय काट्न बाँकी थियो, तर सरकारले आममाफी दिएको छ । उनी अबिर र माला लगाएर गाडीका लावालस्करसहित रिहा हुँदा पीडित परिवार आतंकित छन् । हत्या गरिएका चेतन मानन्धरका आमाबुवा (बायाँ) र राष्ट्रपतिद्वारा आममाफी पाएपछि हत्याका मुख्य योजनाकार मानिएका रिगल भनिने योगराज ढकालको...

सहायक रथी अधिकारीको पदावधि थपले उठ्यो प्रश्न…..

काठमाडौँ — तत्कालीन माओवादी लडाकु समायोजन क्रममा भएको सहमतिविपरीत सरकारले नेपाली सेनाका सहायक रथी (बिग्रेडियर जनरल) यामबहादुर अधिकारीलाई अतिरिक्त लाभ पुग्ने गरी म्याद थप गरेको भन्दै राजनीतिक पार्टी र संसदीय समितिमा प्रश्न उठेको छ । ‘महासेनानी’ बाटै रिटायर्ड हुने अधिकारीलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले शान्ति प्रक्रियाका सबै काम टुंगोमा पुगिनसकेको तर्क गर्दै चार वर्षका लागि अतिरिक्त दरबन्दी ...

इमान्दारिता साथ काम गर्दा कुनै तन्त्रले फरक पार्दैन…..

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका छन् । मंगलबार दिव्य शताब्दी पुरुष डा. गौरिशंकर दासलाई नागरिक अभिनन्दन गर्दै मेयर शाहले यस्तो आग्रह गरेका हुन् । उनले डा. दासलाई झैं सरकारले अन्य चिकित्सकहरुलाई पनि सुरक्षाको प्रत्याभूति दिलाएर देशमै सय वर्ष बिताउनसक्ने वातावरण सिर्जना गनुपर्ने बताए । स्वास्थ्यकर्मीहरुक...

करोडौँको कन्टेनर स्क्यानर सुख्खा बन्दरगाहमा बेवारिसे अवस्थामा…..

पर्सा  -  चीन सरकारको अनुदानमा प्राप्त करोडौ रुपैयाँ पर्ने कन्टेनर स्क्यानर मेसिन वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार परिसरभित्र बेवारिसे अवस्थामा थन्किएको छ । भारत तथा तेस्रो मुलुकबाट रेलमार्फत् नेपालमा भित्रिने ठुला कन्टेनरभित्र रहेका मालवस्तुको स्क्यान गरी परीक्षण गर्ने उद्देश्यले नेपाल सरकारले मेसिन प्राप्त गरेको हो । तर,सो स्क्यानर मेसिन केही वर्षदेखि वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्य...

नेपाल–चीन प्रसारण लाइन अघि बढाउने समझदारी…..

काठमाडौँ — नेपाल–चीनबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण अघि बढाउन समझदारी भएको छ । नेपाली ऊर्जा निर्यातको ढोका उत्तरतर्फ पनि खोल्न प्रस्ताव गरिएको चिलिमे–केरुङ प्रसारण लाइन बनाउन पाँच वर्षअघि नै अध्ययन सुरु भए पनि आयोजना अलपत्र परेको थियो । प्रसारण लाइनको निर्माण अघि बढाउन फेरि समझदारी भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङ नेतृत्वको प्रतिनिधिमण्डलबीच सोमबार बेइ...

न्यायाधीश परीक्षामा १ जना पास, २९ लाई नियुक्ति…..

काठमाडौँ — गणतान्त्रिक संविधानले लिपिबद्ध गरेका नयाँ व्यवस्थामध्ये एउटा हो, सुरु (जिल्ला) अदालतका न्यायाधीश खुला परीक्षाबाट पनि नियुक्त गर्ने । त्यसै व्यवस्थाअनुसार न्याय सेवा आयोगको अनुरोधमा लोक सेवा आयोगले परीक्षा लिँदै आएको छ तर अधिकांश परीक्षार्थी अनुत्तीर्ण हुँदै आएका छन् । यो वर्ष अनुत्तीर्ण हुनेको संख्याले कीर्तिमान नै राख्यो । २९ न्यायाधीशका लागि २ सय ११ जनाले परीक्षा दिएकामा एक जना मात्रै...