टिस्टा नदीको बाँध फुट्दा सिक्किममा १० नेपाली बेपत्ता…..

विराटनगर - इजरायलमा १० विद्यार्थीको मृत्यु र त्यहाँ फसेका विद्यार्थीको उद्धारको प्रयास भइरहँदा इलामका १० स्थानीय भारतको सिक्किममा बेपत्ता भएको अर्को दुःखद खबर आएको छ । इलाम नगरपालिका–९ का १० जनाभन्दा बढी स्थानीय गत असोज १६ देखि सिक्किममा बेपत्ता छन् । त्यहाँ काममा रहेका उनीहरुलाई असोज १७ गते टिस्टा नदीमा आएको बाढीले बगाएको हुन सक्ने स्थानीय विक्रमबाबु फियाक बताउँछन् । टिष्टामा आएको बाढीपछि उहाँहरु...

इजरायलको जोखिम क्षेत्रबाट ५५ नेपालीको उद्धार…..

काठमाडौँ — ‘राति बस्दा मेरो श्वास पुग्दैन । मुटु फुट्न खोज्छ । मुख बन्द हुन्छ । कहिलेसम्म हामी यसरी बस्ने ?’ तीन दिनदेखि लगातार इजरायलको त्रासदीमा बाँचिरहेका दाङका विपिन सुवेदीले आफ्नो भिडियो सार्वजनिक गर्दै भने, ‘आज (सोमबार) दिनभरिमा हामीलाई यहाँबाट उद्धार गरिदिनुस् । आज पनि त्यहीँ रात कटाउनपर्‍यो भने रातले नै लग्ने भयो हामीलाई । साथीहरूलाई पनि लग्यो । अब हामीलाई नलगोस् । उनीसहित ५ जनाको ट...

बझाङमा ६.३ म्याग्निच्युडको भूकम्प,१ बेपत्ता १८ घाइते…..

बझाङ‚ दार्चुला — बझाङ केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पका कारण खसेको पहिरोमा परी एक महिला बेपत्ता भएकी छन् । भूकम्पका कारण बझाङ र बैतडीमा १८ जना घाइते भएका छन् । टिमुर टिप्न गाउँनजिकैको जंगलमा गएकी बझाङको जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी गुनदेवी धामी पहिरोमा बेपत्ता भएको प्रहरीले जनाएको छ । बझाङका प्रहरी प्रवक्ता दीपेश चौधरीका अनुसार जयपृथ्वी नगरपालिकामा, मस्टा, केदारस्युँ, खप्तडछान्ना र बित्थ...

अख्तियारमा एक वर्षमा झण्डै २१ हजार उजुरी…..

काठमाडौँ  -  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७९–८० मा विभिन्न माध्यमबाट भष्टाचारसम्बन्धी कूल २० हजार ९०५ उजुरीहरू प्राप्त भएको जनाएको छ । साथै, अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ७ हजार १६२ उजुरीहरू सहित कारबाही गर्नुपर्ने उजुरीहरू २८ हजार ६७ वटा रहेको प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार प्राप्त उजुरीमध्ये सबैभन्दा बढी सङ्‍घीय मामिला (स्थानीय तह समेत) स...

विमानस्थल धावनमार्गको जग्गा व्यक्तिका नाममा सारिएकामा अनुसन्धान…..

भैरहवा — भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको जग्गा व्यक्तिका नाममा दर्ता भएको विषयमा जिल्ला प्रशासन कार्यालय रूपन्देही र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेका छन् । विमानस्थलको सातवटा कित्तामा रहेको ४ बिघा १७ कट्ठाभन्दा बढी जग्गा गत वैशाख ८ गते मालपोत कार्यालय भैरहवाले सिद्धार्थनगर नगरपालिका–५ का पर्वतराजकान्त मिश्रका नाममा दर्ता गराएको थियो । मिश्रले विमानस्थल ...

प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक पेस गर्ने कार्यसूची…..

काठमाडौँ  -  प्रतिनिधिसभा बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । संसद् सचिवालयका अनुसार बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची तय भएको छ । त्यसैगरी सभामुखले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा...

विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद…..

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई किलो सात सय २० ग्राम सुनसहित एक जना फिलिपिन्सकी महिलालाई पक्राउ गरेको छ । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को जहाजबाट शुक्रबार राति काठमाडौँ आएकी फिलिपिन्सकी अन्दाजी ३१ वर्षीया अनालङ अरोन्स रोविकनलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिए । उनका अनु...

फेवाताल किनारमा रहेकोको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश…..

पोखरा — फेवाताल अतिक्रमणको मुद्दा उठ्दा सबैभन्दा धेरै सुनिने नाम हो, वाटर फ्रन्ट रिसोर्ट । व्यवसायी कर्ण शाक्यको यो रिसोर्ट फेवातालको उत्तरपट्टि सेदीमा छ । उक्त रिसोर्टलाई सर्वोच्च अदालतले अवैध ठहर गर्दै भत्काउन आदेश दिएको छ । १२ वर्षदेखिको मुद्दालाई किनारा लगाउँदै गत असार ४ मा फैसला सुनाएको सर्वोच्चले असोज ९ मा पूर्ण पाठ ल्याएको हो । रिसोर्ट निर्माणकै बेलामा अधिवक्ताद्वय खगेन्द्र सुवेदी र बालकृष्...

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गसमेत व्यक्तिका नाममा दर्ता…..

भैरहवा — भूमाफियाको योजनामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत रहेको ४ बिघा १७ कट्ठा जग्गा व्यक्तिका नाममा सारिएको पाइएको छ । ५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको जग्गा विमानस्थल बनेर सञ्चालनसमेत भएपछि गत वैशाखमा व्यक्तिका नाममा दर्ता गरिएको पुष्टि भएको छ । धेरैजसो भारतको गोरखपुरमा बसोबास गर्ने सिद्धार्थनगर नगरपालिका–५ का पर्वतराजकान्त मिश्रका नाममा मालपोत कार्...

प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्किने…..

मानसरोवर - चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाने भएका छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन् । उनी स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनी स्थानीय समयअनुसार अपराह्न १४ः३० बजे...

‘रुट’ फेरेर उत्तरी नाकाबाट सुन तस्करी…..

दोलखा, काठमाडौं — चिनियाँ तस्करले प्रशासनको कमजोर उपस्थिति भएका उत्तरी नाकाबाट सुन तस्करी थालेका छन् । सुरक्षा उपस्थिति नभएका उत्तरका नाकाबाट स्थानीय बासिन्दालाई संलग्न गराएर तस्करीको सुन नेपाल भित्र्याएको पुष्टि भएको हो । दोलखाको बिगु गाउँपालिका–१ मा पर्ने चीनको रोङजिया नाका हुँदै भित्रिएको चार केजी सुनसहित बुधबार एकै गाउँका पाँच जना पक्राउ गरेपछि तस्करीको नयाँ रुटबारे खुलेको हो । सूचनाका आधारमा ...

खुँडा हानेर मान्छे मार्नेलाई आममाफी र अबिर जात्रा…..

नेपालगन्ज — चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका बाँके, नेपालगन्जका गुन्डा नाइके रिगल भनिने योगराज ढकालले अदालतबाट ठहर भएकोमध्ये १२ वर्ष सजाय काट्न बाँकी थियो, तर सरकारले आममाफी दिएको छ । उनी अबिर र माला लगाएर गाडीका लावालस्करसहित रिहा हुँदा पीडित परिवार आतंकित छन् । हत्या गरिएका चेतन मानन्धरका आमाबुवा (बायाँ) र राष्ट्रपतिद्वारा आममाफी पाएपछि हत्याका मुख्य योजनाकार मानिएका रिगल भनिने योगराज ढकालको...