कीर्तिपुरको सुकुमवासी होल्डिङ सेन्टरमा वाग्मती…..

काठमाडौं -     लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर डुबानमा परेको छ। डुबानपछि सुरक्षाकर्मीले शुक्रबार राति नै उद्धार गरी ५४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार राति १:३८ बजे डुबानको सूचना प्राप्त भएपछि दंगा नियन्त्रण रेजिमेन...

बेल्जियमलाई हराउँदै स्पेन १६ वर्षपछि सेमिफाइनलमा…..

काठमाडौं -    स्पेन १६ वर्षपछि फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन १६ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको अन्तिम समयमा स्पेनका मिकेल मेरिनोले गोल गर्दे स्पेनलाई सेमिफाइनलमा पुर्‍याए । ८८औं मिनेटमा पाउ क्युबार्सीले गरेको प्रहार बेल्जियमका गोलकिपरले रोक्दा बल पूर्ण रुपमा निय...

इरानका १७० भन्दा बढी स्थानमा अमेरिकी हमला…..

काठमाडौं -       अमेरिकाले पछिल्लो २ दिनमा इरानका १७० भन्दा बढी सैन्य केन्द्रहरूमा आक्रमण गरेको बताएको छ । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टीकम) का अनुसार आक्रमण गरिएका स्थानहरूमा एयर डिफेन्स सिस्टम, ड्रोन भण्डार र तटीय सैन्य अखडाहरू रहेका छन् । यसको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकालाई होर्मुज स्ट्रेटमा दखल दिए कडा जवाफ दिने चेतावनी दिएको छ। आईआरजीसीले बहराइन र कु...

एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स सेमिफाइनलमा…..

काठमाडौं -      कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार विहान भएको पहिलो क्वाटरफाइनलमा एमबाप्पेले पहिलो हाफमा पेनाल्टी मिस गरेपनि दोस्रो हाफमा दुवै फरवार्डले गोल गर्दा फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् २०१८ को विजेता तथा साविक उपवि...

अभिषेक गिरीको दादागिरी,धम्क्याएरै काठमाडौंको घर कब्जा…..

काठमाडौं -       कुनै समय गुण्डा नाइकेका रूपमा चर्चा पाएका अभिषेक गिरीले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद बसेर ५ चैत २०७९ छुट्दा भनेका थिए, ‘हिजो अन्जानमा गल्ती भयो । अब सामाजिक काममा लाग्छु । गल्ती महसुस गरेका उनले समाजसेवा गर्ने भन्दै गिरी फाउन्डेसन खोले । गाउँ–टोल तथा दु:खीलाई सहयोग गर्ने उनको शैलीले केहीलाई आश्चर्यचकित बनायो । गिरीको समाजसेवा ‘रत्नाकार डाकु पनि वाल्मिकी ऋषि बन्न सक्छ’ ...

मुख्यसचिव चयनमा पनि वरिष्ठता ओझेलमा…..

काठमाडौं -     सरकारले निजामती सेवामा हाल कार्यरत दर्जनौं वरिष्ठ सचिवहरूलाई पन्छाउँदै गोविन्दबहादुर कार्कीलाई मुख्य सचिवमा बढुवा गरेको छ । मुख्यसचिव सुमनराज अर्याल ५८ वर्षे उमेरहदबाट शुक्रबार अवकाश हुने भएपछि रिक्त हुने पदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कार्कीलाई बुधबारको मन्त्रिपरिषद् बैठकले बढुवा गरेको हो । सरकारले संघीय निजामती विधेयकमा प्रस्ताव गरेको ५५–३० को अवधारणा यथावत र...

नक्कली शरणार्थी प्रकरणमा को के कसुरमा दोषी ?…..

काठमाडाैं -     नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले १४ जनालाई दोषी ठहर गरेको छ । ७ जनाले यो मुद्दामा सफाइ पाएका छन् पूर्वमन्त्रीहरू टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहितले दोषी ठहर भएका छन् । यो मुद्दामा कसको के कसुर थियो ? दोषी ठहर भएकाहरू: केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, र आङटावा शेर्पा ठगी र संगठित अपराध : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका ...

पुनरागमन जित निकाल्दै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश…..

काठमाडौं -      एन्जो फर्नान्डेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इजिप्ट विरुद्ध शानदार पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टलाई ३-२ ले पराजित गरेको हो । नाटकिय खेलमा ७९ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले अन्तिम ११ ...

देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र…..

काठमाडौं -    सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई एक साताभित्र बयानका लागि उपस्थित हुन पत्र काटेको छ । विभागले सोमबार बुढानीलकण्ठस्थित देउवाको भग्नावशेषमा पुगेर बयानका लागि आउनू भनी पत्र टाँस गरेको हो । पत्रमा जयवीरमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेकोले बोलाएको उल्लेख गरिएको छ । विभागले यसअघि नै शेरबहादुर देउवा र आरजु ...

के आधारमा पूर्वमन्त्री बस्नेतले पाए सफाइ ?…..

काठमाडौं -       विशेष अदालतले बहुचर्चित टेरामक्स प्रविधि खरिदको भ्रष्टाचार मुद्दामा तत्कालीन सञ्चार मन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिका केही पदाधिकारीहरूलाई दोषी ठहर गर्दै विशेष अदालतले मन्त्रालयको नेतृत्वलाई सफाइ दिएको हो । अख्तियारले टेरामक्स खरिदमा भ्रष्टाचार भएको भन्दै पूर्वमन्त्री बस्नेतसहित १६ जनामाथि १ जेठ, २०८२...

पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश….

काठमाडौं -      पोर्चुगललाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।स्पेनको जितमा मिकेल मेरिनोले गरेको गोल नै निर्णायक बन्यो । मेरिनोले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा फेरान टोरेसको पासमा गोल गरेको थिए । जुन स्पेनको जितका लागि पर्याप्त भयो । खेल...

खामेनीको श्रद्धाञ्जली समारोहमा किन देखिएनन् छोरा मोज्तबा ?…..

काठमाडौं -      इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि अघिको श्रद्धाञ्जली समारोहमा उनका छोरा मोज्तबा खामेनी अनुपस्थित रहेपछि त्यसबारे विभिन्न अड्कलबाजी सुरु भएको छ । आइतबार आयोजित शोक सभामा अली खामेनीका अन्य तीन छोरा– मसुद, मोस्तफा र मेइसाम उपस्थित थिए । कार्यक्रममा राष्ट्रपति मसुद पेजेसकियान, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रमुख अहमद वहिदीलगायत उच्च सरकारी अधिक...