जी-२० को मूल नारामा चीनको आपत्ति…..

नयाँदिल्ली — चीनले जी–२० को आधिकारिक दस्ताबेजमा संस्कृत सूक्ति ‘वसुधैव कुटुम्बकम्’ को प्रयोगप्रति आपत्ति जनाएको छ । संस्कृत गैरसंयुक्त राष्ट्र भाषा भएको भन्दै चीनले आपत्ति व्यक्त गरेको हो । भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार चिनियाँ संस्कृत विज्ञले ‘वसुधैव कुटुम्बकम्’ को अर्थ ‘विश्व एक परिवार’ हुने अर्थ्याएका छन् । भारतको थिम ‘एक पृथ्वी, एक परिवार र एक भविष्य’ रहेकाले उक्त सूक्तिले त्य...

दीपेश र राहुलसँग सम्बन्ध बनाएर भरिया तस्करलाई नागरिकता…..

काठमाडौँ — पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वसभामुख कृष्णबहादुर महराका छोराहरूसँग ‘निकट सम्बन्ध’ बनाएर संगठित गिरोहले सुन तस्करी गर्ने गरेको देखिएको छ । चीन, हङकङ, दुबईलगायत मुलुकबाट तस्करीको सुन भित्र्याउने चिनियाँ गिरोहले पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश र पूर्वसभामुख महराका छोरा राहुलसँग सम्बन्ध विस्तार गर्दै तस्करी गरेको खुलेको हो । उनीहरूसँग सम्बन्ध रहेका तस्करले भरिया बनाएका विदेशीला...

किम जोङ र पुटिनबीच भेटमा अमेरिकी आशंका…..

काठमाडौँ — उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट हुनसक्ने बताइएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले उत्तर कोरिया र रुसबीच हतियार बिक्रीको सम्बन्धमा बैठक केन्द्रित हुने दाबी गरेकी छन् । किमले रुससँग हतियारबारे छलफल गर्न चाहेको जानकारी आफूहरूसँग रहेको भन्दै एड्रियन वाट्सनले रूस र उत्तर कोरियाबीच हतियार वार्ता सक्रिय रूपमा अगाडि बढिरहेक...

१५ टोलीबाट बजार अनुगमन, असोज १ बाट सुरु…..

काठमाडौँ — चाडबाडले बजारलाई चलायमान बनाए पनि सँगसँगै भित्रिने अँध्यारो पाटो हो, कालोबजारी । त्यसैको मौका छोप्दै केही व्यवसायीले बढी मूल्य लिने, म्याद नाघेका सामान बेच्नेलगायत ठगीका घटना हुने गरेका छन् । चाडबाडमा उपत्यका छाड्ने सर्वसाधारणलाई यातायात व्यवसायी, राजमार्गका होटल व्यवसायीले पनि ठग्ने गरेको गुनासो छ । त्यसैलार्ई दृष्टिगत गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोज १ देखि चाडबाड...

समस्याहरूलाई समितिले समाधान गर्ने आशा…..

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्नहरु संसदीय समितिबाट समाधान हुने विश्वास लिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नयाँ संसद् प्रारम्भ भएपछि केही सुधारसहित विधेयक दर्ता भई अहिले संसदीय समितिमा विचाराधीन रहेको उल्लेख गर्दै सरोकारवालाहरूले उठाएका केही समस्याहरूलाई समितिले समाधान गर्ने आशा लिएको उन...

एमसीसी कार्यान्वयनसँगै सम्बोधन गर्नुपर्ने मुद्दा…..

काठमाडौं -  सरकारले सम्झौता गरेको ६ वर्षपछि र संसद्‌बाट अनुमोदन गरेको डेढ वर्षपछि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्ततः कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । अर्थमन्त्री प्रकाशशरण महत तथा एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्डले परियोजना कार्यान्वयनको घोषणा गरेसँगै कार्यान्वयनको म्याद सुरु भइसकेको छ । सरकारीस्तरबाट हस्ताक्षर भएर संसद्बाट समेत अन...

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण, नक्साको विषय उठाउने…..

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणमा नेपालको चुच्चे नक्साबारे कुरा उठाउनुपर्ने राजनीतिक दलका नेता तथा पूर्वराजदूतले बताएका छन् । छिमेकी नेपालको वास्तविक नक्साको सट्टा चीनले पुरानै नक्सा राखेपछि यसको आलोचना भइरहेको छ । पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्यालले प्रधानमन्त्रीले हीनताबोध नगरीकन नेपालको धारणा प्रस्ट राख्नुपर्ने बताइन् । ‘नेपालले नक्सा जारी गर्‍यो र चीनलाई ...

ललिता निवास प्रकरणमा माधव नेपाल निर्दाेष…..

कास्की — प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार अभियोगमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित भएको दाबी गरेका छन् । समाजवादी मोर्चाको गण्डकी प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचार अभियोगमा माधव नेपाललाई सीआईबीले छानबिन गर्दा निर्दोष सावित गरेको बताएका हुन् । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई स...

महाभूकम्पयता बन्द रहेको तातोपानी नाका आजदेखि खुल्ने…..

सिन्धुपाल्चोक - चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । “नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ”, उनले भने । विसं...

सुन तस्करीमा महराको बाबु छोरा संलग्नता, छोरा राहुल पक्राउ…..

काठमाडौँ — विद्युतीय चुरोट (भेप) मा लुकाएर भित्र्याइएको तस्करीको सुन प्रकरणमा जोडिएका पूर्वसभामुख एवं सत्तारूढ दल माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको हो । यही प्रकरणमा पूर्वसभामुख महरासमेतलाई अनुसन्धानको दायरामा ल्याइने सीआईबीले जनाए पनि उनलाई निगरानीमा मात्रै राखिएको छ । सुन तस्क...

गिरीबन्धु बगानको ३४० बिघामाथि भूमाफियाको चलखेल…..

झापा — पूर्व–पश्चिम राजमार्गको बिर्तामोड–चारआली खण्ड वारपार देखिने गिरीबन्धु टि–इस्टेटमा हदबन्दीको प्रबन्ध खुला गर्दै जग्गा सट्टाभर्ना र बिक्रीवितरण गरिने भनेर प्रारम्भिक सूचना सार्वजनिक हुनासाथै ५० करोड बराबरको जग्गा बिक्री–बैना भइसकेको पाइएको छ । भूमाफिया तथा विक्रेताको सञ्जालबाट गिरीबन्धुको झन्डै ३ सय ४० बिघा जमिनको भित्रभित्रै कित्ता निर्धारण र १ बिघा बराबर १ सेयरका हिसाबमा बैनास्वरूप बिक्रीवि...

संगठित अपराधको कसुर हटाएर किर्तेमा मात्रै मुद्दा…..

काठमाडौँ — सरकारी कागजात किर्ते गरी बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनीभन्दा बढी जग्गा हिनामिना गरेको अभियोगमा पाँच जना पूर्वमन्त्री, बहालवाला सचिव, सहसचिव, ६ पूर्वसचिवसहित ३ सय ११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले संगठित अपराधको दफा हटाएर थोरै सजाय हुने मुलुकी ऐनविरुद्धको कसुर किर्तेमा मात्रै सजाय मागदाबी गर्दै आइतबार मुद्दा दायर...