पदमुक्त पराजुलीसँग राष्ट्रपतिले लिएको सपथ वैध कि अवैध ?………..

३० फागुन २०७४,  काठमाडौं– न्याय परिषदले प्रधानन्यायाधीश गोपाल पराजुली पदमा बहाल रहने उमेर गएको साउन २१ मै सकिएको भन्दै पराजुली पदमा नरहेको पत्र सार्वजनिक गरेको केही मिनेट मै राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो कार्यकालका लागि पराजुलीबाटै लिएको सपथ वैध कि अवैध भन्ने प्रश्न उठेको छ ।  साउन २१ गतेदेखि अहिलेसम्म प्रधानन्यायाधीशको हैसियतमा गोपाल पराजुलीले गरेका कामको कानुनी मान्यता रहन्छ । कानुनी प्...

प्रमाणपत्रमाथि प्रमाणपत्र, के गरेको यो ?………

३० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरुबीच देखिएको विवादबारे मुख खोलेका छन् । बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका ओलीले भने, सर्वोच्च अदालतमा हेर्नुस् त, प्रधानन्यायाधीश र प्रधानन्यायाधीशको रोलक्रममा भएकाहरुको अवस्था । प्रधानन्यायाधीशको जन्ममिति विवादतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले देशका बीग ‘...

मुख्यसचिवको गाडीमा अस्तित्वमै नभएको नम्बर प्लेट ………..

३० फागुन , २०७४   काठमाडौँ । मुख्यसचिव अर्थात् निजामती सेवाका सर्वोच्च व्यक्ति । सम्पूर्ण कर्मचारीतन्त्रलाई नियमन र निरीक्षण गर्ने व्यक्ति । त्यसबाहेक प्रधानमन्त्रीसँग प्रत्यक्ष जोडिएर देशको नीति निर्माण तहमा काम गर्ने व्यक्ति ।  तर मङ्गलबार हामीले परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीले अवैध रातो नम्बर अर्थात् निजी नम्बर प्रयोग गरेर सरकारी गाडी चलाएको समाचार प्रकाशन गर्दैगर्दा प्रधानमन्त्री ...

विमान दुर्घटनामा छोरी गुमाएकी आमा………

३० फागुन २०७४ काठमाडौं । सोमबार सबैको ध्यान काठमाडौं मेडिकल कलेजतर्फ तानिएको थियो । अस्पत्ताल परिषर वरपर निकै भिड थियो । कोही चिच्याईरहेका थिए । कोही आँखा चिह्याएर जताजतै हेरिरहेका थिए । सोमबार बंगलादेशबाट काठमाडौं आएको एयर वंगलाको विमान दुर्घटनामा परी काठमाडौंकी सजना देवकोटा गम्भीर घाइते थिईन् । गम्भीर घाइते सजनाले केही समयमै आफ्नो प्राण त्यागिन् । घरमा उनलाई सबैले छोराजस्तै मान्थे । ‘उनी हाम्...

विमानस्थलभित्रै भएको जहाज दुर्घटनाले उब्जाएका सात प्रश्न

फागुन ३०, २०७४ काठमाडौं, १. धावनमार्गसँग पाइलट कति अभ्यस्त थिए ? पाइलटहरूका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राविधिक रूपमा विश्वका अन्य विमानस्थलको तुलनामा जोखिमपूर्ण मानिन्छ । खासगरी, अग्ला चुचुरा छिचोलेर उपत्यका प्रवेश गर्नुपर्ने र घना बस्तीको बीचमा छोटो दूरीको धावनमार्गमा जहाज उडान–अवतरण गर्नुपर्ने चुनौती हुन्छ । युएस–बंगला एयरलाइन्सको उडान नम्बर युबिजी २११ (डिएच८डी) जहाजको कमा...

अधुरै रह्यो हजुरआमाको उपचार गर्ने सपना……..

३० फागुन २०७४,   काठमाडौं – काठमाडौं सतुंगलकी एन्जिलाश्रेष्ठले सोमबार बिहान करिब १२ बजे घरमा फोन गरेर आफू युए–बंगला एयरको विमानबाट नेपाल आउँदै गरेको जानकारी गराएकी थिइन् । चिकित्साशास्त्र अध्ययन लागि बंगलादेश गएकी एन्जिलाएमबिबिएस अन्तिम वर्षको परीक्षा दिएर नेपाल फर्कंदै थिइन् । ‘म दुई घण्टापछि काठमाडौं आउँदैछु, लिन आउनुहोला,’एन्जिलाले फोनमा बोलेको कुरा सम्झँदै उनका काका पुष्पमान श्रेष्ठले भने।  द...

विद्या भण्डारी दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित………

२९ फागुन २०७४,    काठमाडौं- राष्ट्रपतिमा विद्या भण्डारी पुन निर्वाचित भएकी छन्। आज भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरिन्। भण्डारीकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरिन्। ८ सय ८० मत मध्ये ८ सय ६२ मत खसेको थियो।  मंगलबार बिहान १० बजेदेखि सुरु भएको राष्ट्रपतिको मतदान प्रक्रिया अपराह्न ३ बजेसम्म चलेको थियो।  संघीय संसद् र प्रदेशसभाका स...

बंगलादेशी पर्यटन मन्त्रीसहितको टोली काठमाडौंमा……….

२९ फागुन २०७४,   काठमाडौं– सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल आइतबार काठमाडौं आइपुगेको छ।  बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च अधिकारीसहितको टोली नेपाल आएको हो। उच्चस्तरीय सरकारी टोली यूएस बंगला विमान दुर्घटनाबारे जानक...

गोपाल पराजुलीलाई सकेनन् ‘शक्तिशाली’ प्रधानमन्त्रीले !…….

२९ फागुन,  काठमाडौं । माओवादी अध्यक्ष प्रचण्ड मंगलबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगे । बालुवाटारमा प्रधानमन्त्रीनिवासभन्दा पश्चिमपटि्ट प्रधानन्यायाधीश गोपाल पराजुलीको निवास छ । वर्तमान प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्ड पार्टी एकता, सरकार विस्तारलगायतका विषयमा कुरा गर्न भेला भएका थिए । तर, त्यहाँ कुरा भयो, सर्वोच्च अदालतको आन्तरिक विवादबारे । सोमबार सर्वोच्...

परराष्ट्र सचिव नै चढ्छन् ‘अवैध’ गाडी !……….

फागुन २९, २०७४   काठमाडौँ । उच्चपदस्थ सरकारी कर्मचारीले कानुन नमान्ने कुरा कल्पना गर्न पनि सकिँदैन । अझ नेपाल सरकार त्यसमाथि पनि परराष्ट्र मन्त्रालयकै सचिव चढ्ने गाडी गैरकानुनी होला भनेर अनुमान गर्न पनि सकिँदैन । तर, परराष्ट्र मन्त्रालयका सचिव शङ्कर दास बैरागी चढ्ने यो कार भने गैरकानुनी हो । निजी बा १५ च ७११ नम्बरको यो कार वास्तवमा सरकारी कार हो । नेपाल सरकार परराष्ट्र मन्त्रालयको नाममा दर्ता कायम...

त्रिभुवन विमानस्थलमा यूएस बाङ्ला एयरवेजको जहाजमा दुर्घटना, उद्दार जारी

काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बाङ्ला एयरवेजको जहाजमा दुर्घटनामा परेको छ। जहाजमा अहिले आगलागी भइरहेको छ। बंगलादेशको ढाकाबाट करिब ७० यात्रु लिएर आएको बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाज १५ मिनेटअघि धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो। जहाज धावनमार्गबाट चिप्लिएर पूर्वपट्टि दुर्घटनामा परेको हो। ठूलो आवाजसहित जहाज दुर्घटनामा परेको स्थानीयले बताएका छन्। दमकलको सहायताले ज...

राष्ट्रियसभा अध्यक्षको मनोनयन दर्ता आज………

२८ फागुन, काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि सोमबार मनोनयन दर्ता हुने भएको छ। मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ। दिउँसो साढे १ बजे उम्मेदवारको नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । अध्यक्ष पदको निर्वाचन भने बुधबार हुनेछ । एमाले र माओवादीबीच राष्ट्रियसभा अध्यक्ष एमालेले पाउने सहमति भइसकेको छ । सभामुख पद लिएको माओवादीले राष्ट्रियसभा अध्यक्षमा भने...