झलनाथलाई राष्ट्रपति बनाउन सकारात्मक छु………

१८ फागुन, काठमाडौं । होली खेल्ने बहानामा एमालेसम्वद्ध युवा संघ र अनेरास्ववियुका एक हुल नेता कार्यकर्ता विहीबार वामदेव गौतम निवास भैंसेपाटी पुगेका थिए । नरेश शाही, राधिका खतिवडा लगायत झलनाथ-माधव गुटका कार्यकर्ताले गौतमलाई राष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने भन्दै उक्साए । गौतमले आफू राष्ट्रपतिको उम्मेदवार नबन्ने बताएपछि उनीहरुले उसोभए जेएन कामरेड (झलनाथ खनाल) लाई सघाउन आग्रह गरेका थिए । जवाफमा गौतमले...

कान्तिपुर अदालतको अवहेलना मुद्दामा बयान दिन सर्वोच्च जाने………

काठमाडौँ, फागुन १८   आफूलाई लागेको अदालतको अवहेलना मुद्दामाथि बयान दिन आज कान्तिपुर दैनिकका सञ्चालक र पत्रकारहरू सर्वोच्च अदालत जाने भएका छन्।  सरकारी कागजातमै प्रधानन्यायाधीश गोपाल पराजुलीका चार जन्ममिति लगायतका समाचारले अदालतको अवहेलना भएको भन्दै मुद्दा परेको थियो। सोही मुद्दामा सुनुवाइ गर्दै उनकै इजलासले एकहप्ता अघि कान्तिपुरलाई बयानका लागि बोलाएको थियो। उक्त आदेश पाएको तीनदिन भएकाले आज बयानका ...

ऐन नबन्दै कर्णाली प्रदेशका सांसदले लिए पेश्की………..

फागुन १८ काठमाडौं,  प्रदेशसभामा कर्णालीलाई गरिबको संज्ञा दिँदै भाषणको सुरुवात गर्ने सांसदले संसद् सुरु भएको महिना दिन नपुग्दै एक–एक लाख पेश्की बुझेका छन् ।  सांसदको पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी ऐन नबन्दै प्रदेशसभा सचिवालयले प्रतिसांसद् एक–एक लाख पेश्की उपलब्ध गराएको छ । प्रदेशसभा सचिवालयका अनुसार ३० भन्दा बढी सांसदले पेश्कीबापत उक्त रकम बुझिसकेका छन् । सचिवालयले सांसदहरुको आवास व्यवस्थापनका ...

चीन जोड्ने विद्युत् प्रसारण लाइनको अध्ययन सुरु……..

फागुन १८  काठमाडौं,   बेल्ट एण्ड रोड इनिसियटिभ अन्तर्गत निर्माण गर्न लागिएको ४ सय केभीको नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नेपालतर्फको रुट अध्ययनको काम थालिएको छ।  २०१७ मे १२ मा बेल्ट एन्ड रोड इनिसियटिभमा सहकार्यका लागि नेपाल र चीनबीच सम्झौता भएको थियो । सोही परियोजनाअन्तर्गत रहेको नेपाल र चीनबीच विद्युत् आदान–प्रदानका लागि गल्छी रसुवागढी केरुङ महत्वपूर्ण मानिएको छ । सोही अन्तरदेशीय...

खड्गी, सीआईबी हिरासतमा………

१७ फागुन, काठमाडौं । खलनायक राजेन्द्र खड्गी यतिबेला मानव बेचबिखनको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा छन् । खड्गीका आफन्तजनचाहिँ उनीमाथि लागेको आरोप असत्य सावित गरिदिन आग्रह गर्दै माओवादी नेतासमेत रहेका बरिष्ठ वकिलको च्याम्बरमा पुगेका छन् । ती बरिष्ठ अधिवक्ता अहिले राष्ट्रियसभाको सदस्यमा राष्ट्रपतिबाट मनोनित भएका छन् । खड्गीको मुद्दा हेरिरहेका मध्ये एकजना अनुसन्धान अधिकारीले एक...

फोरमसँग सहमति गर्ने प्रयास असफल………

१८  फागुन,   काठमाडौं । एमाले-माओवादी र संघीय समाजवादी फोरमको वार्ता विना निष्कर्ष टुंगिएको छ ।  बालुवाटारमा भएको वार्तामा मन्त्रालय भागवण्डाबारे सहमति हुन नसकेको एक नेताले बताए ।  फोरमले तीन वटा मन्त्रालय मागेको छ । ‘हामीले सुरुमा एक मन्त्री र एक राज्यमन्त्री भनेका हौं । दुई वटासम्म दिन सकिन्छ’, वार्तामा सहभागी एक नेताले भने ।  मन्त्रालय भागवण्डा नमिलेपछि फोरमसँग सहमति गर्ने प्रयास आज पनि असफल भए...

सरकार– फोरमबीचकाे बैठक बालुवाटारमा बस्दै………

१७ फागुन २०७४,  काठमाडौँ – सरकार र संघीयसमाजवादी फोरमबीचको बैठक आज विहान ९ बजे बस्ने भएको छ । सरकार विस्तार र संविधान संशोधनका विषयमा समहति जुटाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार साँझ वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्रका नेताहरुसँग भएको वार्तामा फोरमका नेताले प्रदेश सीमांकन हेरफेरसम्बन्धी संविधानको धारा संशोधनमार्फत ख...

शक्तिशाली बन्दै प्रधानमन्त्री, थपियो शक्ति र अधिकार………

१७ फागुन, काठमाडौं । झन्डै संवैधानिक निकायको हैसियतमा रहेका महत्त्वपूर्ण अनुसन्धानमूलक निकायले अपेक्षाकृत रूपमा प्रभावकारी काम गर्न नसकेपछि केपी ओली नेतृत्वको सरकारले ती सबै निकायलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याउने निर्णय गरेको छ ।  राष्ट्रको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने जिम्मेवारीमा रहेको राष्ट्रिय अनुसन्धान विभाग, राजस्व चुहावट र आर्थिक अपराध नियन्त्रण गर्ने जिम्मेवारी...

नकुहिने प्लास्टिक उत्पादन कम्पनीलाई प्रतिबन्ध लगाउने: मन्त्री लालबाबु पण्डित

काठमाडौ जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले प्लास्टिक उत्पादन गर्ने कम्पनीहरूलाई प्रतिबन्ध लगाउने बताएका छन्। मंगलबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्न लगायत अन्य वस्तुका सामान प्याकेजिङ गरिएका सामानमा प्रतिबन्ध लगाउने र नकुहिने प्लास्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध गर्ने बताए। नेपाल सरकारले तोकेको मापदण्डभन्दा बाहिर गएर आयात...

मन्त्रीमण्डल बिस्तार आज गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडाै प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीमण्डल बिस्तार गर्ने तयारी गरेका छन् । सत्तासहयात्री माओवादी केन्द्र र आफ्नो दलबाट समेत गरी प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल बिस्तारको तयारी गरेका हुन । केन्द्रमा १८ मन्त्रालय राख्ने सहमति गरेका दुई दलबीच एमालेलाई १० र माओवादी केन्द्रलाई ७ वटा मन्त्रालय दिने तय भइसकेको छ । आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्री चयन गर्न माओवादी केन्द्र बिहानैबाट छ...

नेपाल–भारत सम्बन्ध प्रबुद्ध समूह सातौँ बैठक काठमाडौँमा सुरु

काठमाडौँ नेपाल–भारत सम्बन्ध प्रबुद्ध समूह (इपिजी)को सातौँ बैठक आजबाट काठमाडौँमा सुरु भएको छ । हरेक तीन महिनामा बस्दै आएको बैठक आइतबारसम्म चल्नेछ । नेपाल–भारतबीचको सम्बन्धलाई थप सुदृढ र सुमधुर बनाउने उद्देश्यले गठन भएको उक्त समूहले दुई देशबीच भएका सन्धिको पुनरावलोकन, खुला सिमानामा उत्पन्न समस्या तथा त्यसको समाधानका विषयमा छलफल गर्दै आएको छ । बैठकमा दुई देशबीचको सुरक्षा संवेदनशीलता, जलस्रोत, व्याप...

राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीविरुद्ध रिट दायर…………

फागुन ११, २०७४  काठमाडौँ । देउवा सरकारको निर्णय उल्टाउने केपी ओली नेतृत्वको पहिलो कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेको तीन जना सदस्यको नाम ओली सरकारले उल्टाइदिएको थियो । देउवा सरकारको निर्णय उल्टाउँदै ओली सरकारले तीन जना नयाँ नाम सिफारिस गरेको थियो । जसलाई उसै दिन राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी...