फोरम र सत्तारुढ दलबीच बार्ता हुँदै……..

चैत ५, २०७४  काठमाडौं - संघीय समाजवादी फोरम नेपालले आज पनि सत्तारुढ दल माओवादी केन्द्र र एमालेसँग ११ बजे सिंहदरवारमा वार्ता गर्दैछ । फोरम नेपालले सविधान संशोधन र मन्त्रालयको बारेमा एमाले र माओवादी सँग स्पष्टता चाहेको छ । फोरम नेपालले लिखित सहमति भए मात्र सरकारमा जाने हिजो पदाधिकारीको बैठकबाट निर्णय गरेको थियो । फोरमका लागि राज्यमन्त्री सहित शहरी विकास र स्वास्थ्य मन्त्रालय छुट्याएर राखेको छ । तर फ...

बस्ती डढेलोको जोखिममा……..

चैत ५, २०७४   जिल्लाको ठोरी गाउँपालिकाका बस्ती डढेलोको जोखिममा परेका छन् । सामुदायिक वन तथा राष्ट्रिय निकुञ्जले घेरिएको ठोरीमा चारैतिर डढेलो लागेपछि छेउछाउका बस्तीमा फैलने जोखिम छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा शनिबारदेखि डढेलो लागेको हो । शनिबार बिहानै सरस्वती सामुदायिक वनमा लागेको आगो वडा नम्बर १ को सरस्वतीनगरस्थित फायर लाइन बस्तीमा सल्किएको थियो । खेतबारीसम्म आइसकेको डढेलो...

मनाङ्गेविरुद्ध रेड कर्नर नोटिस……….

५ चैत, काठमाडौं । प्रदेशसभा सांसद् राजीव गुरुङ (दिपक मनाङे ) को नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको पहलमा इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएको हो । योसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले मनाङेको खोजी गर्नेछन् । मनाङ्गे नेपाल बाहिर रहेको सूराकी पाएपछि प्रहरीले उनको नाममा रेडकर्नर नोटिस जारी गर्ने पहल थालेको थ...

कुनै पनि बहानामा अनियमितता अस्वीकार………..

०४ चैत २०७४,  काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानमा अनियमितता स्वीकार नहुने चेतावनी दिएका छन्। प्रधानममन्त्री कार्यालयमा आइतबार मन्त्री, मुख्य सचिव र सचिवहरुलाई निर्देशन दिँदै उनले भ्रष्टाचार र ढिलासुस्ती रोक्न निर्देशन दिए। जनताको काम नगर्ने छुट कसैलाई नभएकोले इमान्दारितापूर्वक आफ्नो काम गर्न प्रधानमन्त्रीले निर्देशन दिएको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताए। विकास...

वैदेशिक रोजगार ऐन संशोधन गर्ने : श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट

काठमाडौं श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार ऐन संशोधन गर्ने बताएका छन् । मन्त्री भएको दोस्रो दिन मन्त्रालय पुगेका विष्टले भने, ‘मेरो पहिलो प्रयास वैदेशिक रोजगार ऐन संशोधन गर्ने हुने छ। जुन ऐन उर्जा ऐन बनेपछिको सफलता जस्तै हुने छ।’ उनले केन्द्रीकृत रहेका वैदेशिक रोजगारीका निकायलाई विकेन्द्रीत गर्ने बताए। देश संघीयतामा गए पनि वैदेशिक रोजगार विभाग केन्द्रीकृत रहेको छ। यसबारे संव...

राष्ट्रियसभाको उपाध्यक्षमा दाहाल निर्वाचित

काठमाडौँ राष्ट्रियसभाको उपाध्यक्षमा वाम गठबन्धनकी उम्मेदवार शशीकला दाहाल निर्वाचित भएकी छिन् । आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा भएको निर्वाचनमा ४५ मत प्राप्त गर्दै दाहाल उपाध्यक्षमा निर्वाचित भएकी हुन् । राष्ट्रिय सभाका ५९ सदस्यमध्ये आइतबारको बैठकमा उपस्थित ५६ जनामध्ये उनको विपक्षमा ११ मत परेको थियो । उपाध्यक्षमा कांग्रेसकी बृन्दादेवी आले रानाले पनि उम्मेदवारी दिएकी थिइन् । उनको पक्षमा...

स्वैच्छिक अवकाशको सुविधा नदिने…………..

४, चैत २०७४   काठमाडौं - शेरबहादुर देउवा नेतृत्वको सरकारले समायोजनमा जान नचाहने कर्मचारीका लागि स्वैच्छिक अवकाशको आकर्षक प्याकेज ल्यायो । एकमुष्ट सात वर्षसम्मको पेन्सन सुविधा एकैपटक बुझेर घर जान पाइने भएपछि सेवाअवधि लगभग सकिन लागेका कर्मचारीलाई भनेजस्तै भयो । पियन र खरिदार मात्रै होइन, अधिकृतदेखि सचिवसम्मले अवकाशका लागि निवेदन दिए । ९ हजार ५ सय ९१ कर्मचारी स्वैच्छिक अवकाश लिन तयार भए । जबकि यी कर्...

सुध्रिएला त न्यायालय ?………

०४ चैत २०७४,   काठमाडौं – न्यायालयमा भर्खरै एउटा आँधीबेहरी गएको छ। र, त्यो आँधीबेहरीसँगै प्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमन भए पनि न्यायालय सुध्रिने उपायका विषयमा ढुक्क भइहाल्ने अवस्थाचाहिँ छैन। बेलाबेलामा न्यायालय सुधारका विषयमा चर्चा नभएको पनि होइन। यस विषयमा सर्वाेच्च अदालत, न्यायपरिषद्, न्यायसेवा आयोग, महान्यायाधिवक्ताको कार्यालयलगायत निकाय पनि चिन्तित नदेखिएका होइनन्। तर, देखिने गरी सुध...

बुद्धको जन्मस्थल प्रवेश गर्ने टिकट नै नक्कली…….

३, चैत २०७४  भैरहवा - आर्थिक विवादमा मुछिदै आएको लुम्बिनी विकास कोष यसपटक नक्कली टिकट विवादमा परेको छ ।  शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर प्रवेश गर्ने टिकट नै नक्कली फेला परेको छ । मन्दिर प्रवेशका लागि कोषले लुम्बिनी संरक्षण शुल्कबापत तेस्रो मुलुकका नागरिकलाई प्रतिव्यक्ति दुई सय रुपैयाँको टिकट तय गरेको छ ।  फागुन २७ गते थाई पर्यटक मायादेवी मन्दिर प्रवेश गर्ने क्रममा टिकट जाँच...

मन्त्रिपरिषद विस्तार, थपिए मन्त्रीहरू

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । शुक्रबार साँझ नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनीयताको सपथ समेत लिएका छन्। नेकपा एमालेबाट सात र नेकपा माओवादी केन्द्रबाट पाँच मन्त्रीहरू छन् । नेकपा एमालेबाट १) परराष्ट्र- एमालेबाट पार्टी सचिव प्रदीप ज्ञवाली २) श्रम तथा रोजगार- सचिव गोकर्ण विष्ट ३) पर्यटनम...

उपसभामुखमा एमालेकी तुम्बाहाम्फे निर्वाचित………

०२ चैत २०७४,   काठमाडौं– उपसभामुखमा बाम गठबन्धनबाट एमालेकी शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकि छन्। प्रतिनिधि सभामा शुक्रबार भएको मतदानमा तुम्बाहाम्फेले २ सय १ मत प्राप्त गरि विजयी भइन् । उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा भुसालले ५८ मत प्राप्त गरिन् । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा २ सय ५९ मत खसेको यियो । सभामुखमा माओवादीका कृष्णबहादुर महारा निर्वाचित भएपछि उपसभामुख एमालेको भागमा प...

आजै सरकारलाई पूर्णता दिने तयारी……..

चैत २, २०७४    काठमाडौं - प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व सम्हालेको ३० दिनपछि शुक्रबार मन्त्रिपरिषदलाई ‘पूर्णता’ दिने तयारी गरेका छन्। आफ्नै पार्टी एमाले, माओवादी, संघीय फोरम र राजपासमेतलाई समेटेर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री ओली लागेका हुन्। यसका लागि उनले बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका नेताहरूसँग अनौपचारिक छलफल गरेका ...