खड्गी, सीआईबी हिरासतमा………

१७ फागुन, काठमाडौं । खलनायक राजेन्द्र खड्गी यतिबेला मानव बेचबिखनको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा छन् । खड्गीका आफन्तजनचाहिँ उनीमाथि लागेको आरोप असत्य सावित गरिदिन आग्रह गर्दै माओवादी नेतासमेत रहेका बरिष्ठ वकिलको च्याम्बरमा पुगेका छन् । ती बरिष्ठ अधिवक्ता अहिले राष्ट्रियसभाको सदस्यमा राष्ट्रपतिबाट मनोनित भएका छन् । खड्गीको मुद्दा हेरिरहेका मध्ये एकजना अनुसन्धान अधिकारीले एक...

फोरमसँग सहमति गर्ने प्रयास असफल………

१८  फागुन,   काठमाडौं । एमाले-माओवादी र संघीय समाजवादी फोरमको वार्ता विना निष्कर्ष टुंगिएको छ ।  बालुवाटारमा भएको वार्तामा मन्त्रालय भागवण्डाबारे सहमति हुन नसकेको एक नेताले बताए ।  फोरमले तीन वटा मन्त्रालय मागेको छ । ‘हामीले सुरुमा एक मन्त्री र एक राज्यमन्त्री भनेका हौं । दुई वटासम्म दिन सकिन्छ’, वार्तामा सहभागी एक नेताले भने ।  मन्त्रालय भागवण्डा नमिलेपछि फोरमसँग सहमति गर्ने प्रयास आज पनि असफल भए...

सरकार– फोरमबीचकाे बैठक बालुवाटारमा बस्दै………

१७ फागुन २०७४,  काठमाडौँ – सरकार र संघीयसमाजवादी फोरमबीचको बैठक आज विहान ९ बजे बस्ने भएको छ । सरकार विस्तार र संविधान संशोधनका विषयमा समहति जुटाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार साँझ वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्रका नेताहरुसँग भएको वार्तामा फोरमका नेताले प्रदेश सीमांकन हेरफेरसम्बन्धी संविधानको धारा संशोधनमार्फत ख...

शक्तिशाली बन्दै प्रधानमन्त्री, थपियो शक्ति र अधिकार………

१७ फागुन, काठमाडौं । झन्डै संवैधानिक निकायको हैसियतमा रहेका महत्त्वपूर्ण अनुसन्धानमूलक निकायले अपेक्षाकृत रूपमा प्रभावकारी काम गर्न नसकेपछि केपी ओली नेतृत्वको सरकारले ती सबै निकायलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याउने निर्णय गरेको छ ।  राष्ट्रको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने जिम्मेवारीमा रहेको राष्ट्रिय अनुसन्धान विभाग, राजस्व चुहावट र आर्थिक अपराध नियन्त्रण गर्ने जिम्मेवारी...

नकुहिने प्लास्टिक उत्पादन कम्पनीलाई प्रतिबन्ध लगाउने: मन्त्री लालबाबु पण्डित

काठमाडौ जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले प्लास्टिक उत्पादन गर्ने कम्पनीहरूलाई प्रतिबन्ध लगाउने बताएका छन्। मंगलबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्न लगायत अन्य वस्तुका सामान प्याकेजिङ गरिएका सामानमा प्रतिबन्ध लगाउने र नकुहिने प्लास्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध गर्ने बताए। नेपाल सरकारले तोकेको मापदण्डभन्दा बाहिर गएर आयात...

मन्त्रीमण्डल बिस्तार आज गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडाै प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीमण्डल बिस्तार गर्ने तयारी गरेका छन् । सत्तासहयात्री माओवादी केन्द्र र आफ्नो दलबाट समेत गरी प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल बिस्तारको तयारी गरेका हुन । केन्द्रमा १८ मन्त्रालय राख्ने सहमति गरेका दुई दलबीच एमालेलाई १० र माओवादी केन्द्रलाई ७ वटा मन्त्रालय दिने तय भइसकेको छ । आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्री चयन गर्न माओवादी केन्द्र बिहानैबाट छ...

नेपाल–भारत सम्बन्ध प्रबुद्ध समूह सातौँ बैठक काठमाडौँमा सुरु

काठमाडौँ नेपाल–भारत सम्बन्ध प्रबुद्ध समूह (इपिजी)को सातौँ बैठक आजबाट काठमाडौँमा सुरु भएको छ । हरेक तीन महिनामा बस्दै आएको बैठक आइतबारसम्म चल्नेछ । नेपाल–भारतबीचको सम्बन्धलाई थप सुदृढ र सुमधुर बनाउने उद्देश्यले गठन भएको उक्त समूहले दुई देशबीच भएका सन्धिको पुनरावलोकन, खुला सिमानामा उत्पन्न समस्या तथा त्यसको समाधानका विषयमा छलफल गर्दै आएको छ । बैठकमा दुई देशबीचको सुरक्षा संवेदनशीलता, जलस्रोत, व्याप...

राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीविरुद्ध रिट दायर…………

फागुन ११, २०७४  काठमाडौँ । देउवा सरकारको निर्णय उल्टाउने केपी ओली नेतृत्वको पहिलो कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेको तीन जना सदस्यको नाम ओली सरकारले उल्टाइदिएको थियो । देउवा सरकारको निर्णय उल्टाउँदै ओली सरकारले तीन जना नयाँ नाम सिफारिस गरेको थियो । जसलाई उसै दिन राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी...

१८ वटा मन्त्रालय राख्ने सरकारको निर्णय

काठमाडौ सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा मन्त्रालय रहने निर्णय गरेको छ । राजधानीको वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले १७ वटा मात्र मन्त्रालय राख्ने निर्णय गरेको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए । उनले भने, 'नेपाल सरकारको कार्यसम्पादन नियमावलीलाई परिवर्तन गरी मन्त्रालयको संख्या मुलतः १७ र प्रधा...

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलार्इ दुईतिहाइ मत

जनकपुर प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । एक सय ७ सदस्यीय प्रदेशसभामा उनका पक्षमा दुईतिहाइ मत परेको छ । नेपाली कांग्रेसबाहेक सबै दलले राउतलाई विश्वासको मत दिएका हुन्। प्रदेशसभा बैठकमा संघीय समाजवादी फोरम, राजपा, एमाले, माओवादी केन्द्र, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्र गरी ८२ जना सांसदले राउतका पक्षमा मतदान गरे । कांग्रेसका १...

वाम सरकारमा उपप्रधानमन्त्री नराख्ने………..

११  फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिमण्डलमा कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीले कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने प्रस्ताव माओवादी अध्यक्ष प्रचण्डसँग राखेका हुन् । माओवादी र एमाले दुबै पार्टीहरु एक भइसकेकाले अब गठबन्धन सरकारमा जस्तो उपप्रधानमन्त्री बनाइरहन आवश्यक नरहेको प्रधानमन्त्री ओलीको प्रस्ताव छ । ओली सरकारकै पालामा ६ जना ...

राष्ट्रपति निर्वाचन फागुन २९ गते…………

१० फागुन, काठमाडौं ।  राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ ।  निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति तोकेको हो । आयोगले निर्वाचनको कार्यक्रम समेत तय गरेको छ । जसअनुसार २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।  २१ गते मतदाता नामावली प्रकाशित हुनेछ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् । २३ गते विहान १० बजेदेखि साँझ ६ बजेसम्म उम्मे...