काठमाडौं - सरकारले कोरोना भाइरस (कोभिड–१९) को उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहनको साटो धम्क्याएर काम लगाउने नीति अख्तियार गरेको छ। स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगायतका आवश्यक वस्तु उपलब्ध गराउन आग्रह गर्दा स्वास्थ्य मन्त्रालयको नेतृत्वले कारबाहीको धम्की दिएर भड्काउन खोजेको देखिएको छ। पिपिई नहुँदा कोरोनाका बिरामी हेर्न खटिने स्वास्थ्यकर्मीबाटै संक्रमण फैलिने खतरा रहे...
समाचार
कोरोनाका थप तीनजना संक्रमित फेला, संक्रमितको संख्या ९ पुग्यो…………
काठमाडौं - नेपालमा कोरोना भाइरस(काेभि-१९) का थप तीनजना संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रायले मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुप, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा काेराेना भएकाे पुष्टि गरेको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ। पहिलोपटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पु...
कोरोनाको रोकथामका लागि सरकारले चालेका कदममा साथ दिन राष्ट्रपतिको आह्वान………….
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वान गरेकी छन्। नोवल कोरोना भाइरस (कोभिड–१९) बाट उत्पन्न विश्वव्यापी महामारीका सन्दर्भमा देशवासीका नाममा आज साँझ सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले हाम्रो संयमताले नै सिङ्गो समाज र राष्ट्रल...
नेकपाभित्र तीव्र असन्तुष्टि, सरकारको कार्यक्षमतामा प्रश्न…………
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) पहिचान, रोकथाम र उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री खरिद विषयलाई लिएर सत्तारुढ नेकपाभित्र तीव्र असन्तुष्टि उत्पन्न भएको छ। पार्टीका नेताहरुले मन्त्रालय तहबाट स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततता प्रकरणपछि यो जिम्मेवारी सेनालाई दिइएको विषयमा असन्तुष्टि व्यक्त गरेका छन्।नेकपा सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्वास्थ्य सामग्री खरिद प्रक्रियाम...
लकडाउन फेरि एक साता बढाउन सुझाव………….
काठमाडौं - कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको लकडाउन दोस्रो सातामा चलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्ष निकालेको छ।सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले लडकडाउन अझै एक साता बढाउन सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको हो। भारत र अन्य देशबाट नेपाली घर आएकाले संक्रमणको जोखिम बढेकाले लकडाउन अवधि पनि बढाउनुपर्ने अवस...
बिक्री हुन छोडेपछि आफन्त तथा छिमेकीलाई सित्तैमा दिन थाले………
खोटाङ – खोटाङका पोल्ट्री व्यवसायी ‘लकडाउन’को मारमा परेका छन्। कोरोना भाइरस ९कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’का कारण अण्डा तथा ब्रोइलर कुखुराको मासुले बजार नपाउँदा जिल्लाका पोल्ट्री व्यवसायी मारमा परेका हुन्। दैनिक २० कार्टुन अण्डा र तीन सय केजी अण्डा विक्री हुने दिक्तेल बजारमा हाल अण्डा तथा मासु बिक्री वितरण ठप्प भएको पोल्ट्री व्यवसायी संघका अध्यक्ष सुवास जोशीले बताए। ल...
स्वास्थ्य सामग्री ल्याउने जिम्मा सेनालाई……………
काठमाडौं - सरकारले कोभिड–१९ सँग लड्न आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा उपकरण ल्याउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ। यो निर्णय उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय समिति बैठकले मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयलाई आधार बनाउँदै गरेको हो। सरकारले निजी कम्पनी ओम्नीमार्फत चीनबाट ल्याएको स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको टिप्पणी आएपछि उक्त कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो।...
युवती आएकै जहाजमा आएका व्यक्तिमा कोरोना संक्रमण………….
काठमाडौं- फ्रान्सबाट आएकी युवती चढेकै जहाजमा आएका अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको छ। उनको बिहीबार आएको नमूना परीक्षणको रिपोर्टवाट पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनी पनि चैत ४ गते कतार एयरवेजको ६५२ हवाइजहाज मार्फत नेपाल आएका थिए। एनअेाएन ...
सरकार हामीलाई घर पस्न देऊ, ढोका बन्द नगर……………..
नेपालगन्ज - कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न ठाउँबाट अनेक हण्डर खाएर पनि नेपाली नागरिकहरु जब नेपाल–भारत सिमानाका दसगजासम्म आइपुगे, उनीहरुलाई नेपाल सरकारले प्रवेश गर्न अनुमति दिएन। भारतको रुपैडिहामा सयौंको संख्यामा रहेका नेपाली नागरिकले नेपालगन्ज नाकाबाट सहजै प्रवेश गर्न नपाएपछि अन्य अबैध नाकाबाट भएपनि नेपाल छिर्ने निधो गरे। कोही जिल्लाको राप्तीपारी नरैनापुर क्षेत्रका नाकाबाट प्रवेश गर...
स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी……………
काठमाडौं – स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको भन्दै अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको छ। विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले मन्त्री ढकालविरुद्ध आइतबार अख्तियारको वेबसाइट मार्फत उजुरी दिएका हुन्। उजुरीमा भनिएको छ, ‘मिडिया अनि आम नागरिकले प्रश्न उठिरहँदा पनि स्वास्थ्य मन्त्री अनि प्रधानमन्...
सिंगै गाउँ रुघाखोकीको चपेटामा……………
बाजुरा- खप्तड छेडेदह गाउँपालिका–३ पुराबाब्लाको सिंगो गाउँ रुघाखोकीको चपेटामा परेको छ। सातादिनअघिदेखि फैलिएको रुघाखोकी संक्रमणले पुराबाब्लाका ३ सयभन्दा बढी परिवारका सदस्य बिरामी परेका छन्। हरेक घरका २ देखि ५ जनासम्म रुघाखोकी र ज्वरोकोका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए। सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिँगटा लाग्ने, खानमन नलाग्ने र शरीर थकित हुनेजस्ता लक्षण देखिएको स्वास्थ्यकर्मी गणेश ...
र्यापिड किट प्रयोग मापदण्ड विपरीत……………
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि र्यापिड किट प्रयोग नगर्न आग्रह गरेको छ। मन्त्रालयले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीतका किटहरु प्रयोग नगर्न आग्रह गरेको हो। यो किट प्रयोग गरेर गरिएको परीक्षणमारिपोर्ट गलत आउने गरेको पाइएका छ। त्यसैले विश्व स्वास्थ्य संगठनले यो किट प्रयोग गर्न लायक नभएको निक्र्योल गरेको अवस्था छ,’स्वास्थ्य तथा जनसंख...















