काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को शुभकामना दिएका छन्। एक भिडियो सन्देश जारी गर्दै "पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमङ्गको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ सङ्कल्पको अवसर हुनुपर्ने थियो।तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं।" भनेका छन्। उनले सबै स्वदेश विदेशभा भएका नागरिकलाई सुरक्षित रहन भ...
समाचार
नर्सिङ पेशा र स्वास्थ्यकर्मीको मानसिक स्वास्थ्य……………
अन्तराष्ट्रिय काउन्सिल अफ नर्सस (आईसीएन) र इटलियन नर्स एसोसिएसन (सीएनएआई) ले कोभिड भएका बिरामीहरूसँग कामगर्ने नर्सहरूलाई पर्याप्त व्यक्तिगत सुरक्षात्मक उपकरणहरू आपूर्ति नगरेकोले समस्या गम्भीर भएको र अझ भयावह हुन सक्ने चेतावनी दिएको छ। इटलीमा ९० भन्दा बढी डाक्टरको मृत्यु भइसकेको छ भने इटलीमा कोविड १९ को केसहरूमध्ये ९% स्वास्थ्यकर्मीहरू संक्रमित भएका छन्। स्पेनले कम्तिमा १२,२९८ स्वास्थ्यकर्मीहरूमा क...
सांसद विकास कोष, ‘कोरोना रोकथाममा खर्चिन असम्भव…………
काठमाडौं - स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) का लागि छुट्याइएको बजेट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खर्च गर्नुपर्ने विषयमा बहस भइरहे पनि चालु आर्थिक वर्षमा यो सम्भव देखिएको छैन। यस कार्यक्रमअन्तर्गत सबै योजना छनोट भई कार्यान्वयन चरणमा भएकाले यो वर्ष सबै बजेट कोरोना कोषमा लैजान सम्भव नदेखिएको हो। स्थानीय निकायहरुको समन्वयमा बजेट खर्च गरिने यस कार्यक्रमको सम्पूर्ण...
विपन्न र मजदुरकै हात रित्तो, कुहिएको चामल बाँडेर भ्रष्टाचार……………..
बुटवल - बुटवल–११ देवीनगरका धनबहादुर सुनार रिक्सा मजदुर हुन। पाँचजनाको उनको परिवार डेरामा बस्छ। रिक्सा चलाएरै उनको परिवारको गुजारा चल्थ्यो। तर लकडाउनले मजदुरी रोकियो। घरमा रासनपानी सकियो। ‘धेरै दिन भयो, केटाकेटीले भरपेट खान पाएका छैनन्। हामीजस्ता गरिब रोगले हैन, भोकले मर्ने भयौं’, धनबहादुरले दुखेसो पोखे। पहिलो चरणको राहत सबै गरिब विपन्नका घरमा पु¥याइसकेको दाबी बुटवल उपमहानगरले गरेको छ। तर दैनिक...
समन्वय अभावले चुक्दै सरकार…………..
काठमाडौं - कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनका कारण काठमाडौं उपत्यकामा अड्किएका मानिसलाई शुक्रबार र शनिबार घर जान दिने निर्णय बिहीबार दिउँसो ग¥यो। प्रदेश र स्थानीय सरकारको विरोधपछि केही घण्टामै समिति आफ्नो निर्णयबाट पछि हट्यो। यति मात्र होइन, उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेलले आफू संयोजक रहेको समिति र सरकारले यसबारे कुनै निर्णय नगरेको जिकिर गर्दै उल्टै सञ्चार माध्यम...
शहरभन्दा गाउँमा बढी सजगता……………
काठमाडौं - विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिन सरकारले लक डाउन घोषणा गरेको छ। सरकारले लक डाउन घोषणा गरेको तेस्रो हप्ता सुरु हुँदासम्म काठमाडौं उपत्यकामा अवज्ञा गर्ने सयौँलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अत्यावश्यक कामको बाहनामा लक डाउन उलंङ्घन गर्नेको संख्या राजधानीमा बढेको छ। राजधानीमै संघीय सरकारले घोषणा गरेको लक डाउनको पालना नहुँदा स्थानीय स्तरमा भने जनता ...
जो कोरोना मुक्त भएर घर फर्किए…………..
काठमाडौं- विश्वलाई कोरोना महामारीले हल्लाएको छ। दैनिक मृत्युका खबरले आम मानिसलाई अत्याइरहेको छ। संक्रमण बढिरहँदा मानिसमा एउटा त्रास कायम छ। तर एउटा सत्य के पनि हो भने, कोरोना लागेर मृत्यु मात्र भएको छैन यो संक्रमणबाट निको भएर घर फर्कनेको संख्या पनि उस्तै छ। यसैले कोरोना संक्रमण हुनु भनेको मृत्यु हो भनेर बुझ्न नहुने चिकित्सकहरु बताउँछन्। अहिलेसम्म ३ लाख ५६ हजार जना कोरोना निको भएर घर फर्केका छन्। न...
नेपाल तथा दक्षिण एसियामा कोरोना संक्रमण किन कम फैलियो ?…………
काठमाडौं - गत डिसेम्बर अन्त्यमा चीनको वुहान प्रान्तबाट फैलिएको कोभिड– १९ को संक्रमण यतिखेर विश्वका २ सय १२ देशमा पुगिसकेको छ। तर फैलिने अवधि र दर सबै देशमा एउटै गतिमा छैन। त्यसमा पनि दक्षिण एसियामा कम देखिन्छ। नेपाल चीनको छिमेकी राष्ट्र हो, नेपालमा विश्वभरिबाट पर्यटक आउँछन् र नेपाली विश्वका धेरै मुलुकमा छन्। तैपनि कोरोना फैलिने दर नेपालमा किन कम देखियो ? धेरैको यही जिज्ञासा छ। विश्व स्वास्थ्य संगठ...
परदेशबाट फर्केकाको पहिचानमा सकस……………
लहान - प्रदेश–२ सरकारले प्रेस ब्रिफिङमार्फत मंगलबार २३ जना व्यक्ति आइसोलेसनमा भर्ना रहेको सार्वजनिक गरेको छ। आइसोलेसनमा रहेका २५ मध्ये दुई जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई ‘तपाईहरू ढुक्क भएर घर जानुस्,’ भन्दै मंगलबार डिस्चार्ज गरिएको थियो। हाल प्रदेश २ मा एक सय २० वटा आइसोलेसन शड्ढया व्यवस्था गरिएको तथा आवश्यकताअनुरूप आइसोलेसन कक्ष थप गर्दै जाने बताइएको छ। तर यहाँको आइसोलेसन कक्...
उच्च क्षमताको मेसिन गुपचुप राखेर नयाँ माग…………………
पोखरा - कोरोना परीक्षण गर्न पिसिआर मेसिन र किट नभएको भन्दै गण्डकी प्रदेश सरकारले सुरुका केही दिन सम्भावित संक्रमितको नमुना संकलन गर्दै काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठायो। मेसिन र किट अभाव भएको ठानेर संघीय सरकारले अघिल्लो साता कोरोना परीक्षण गर्ने एउटा पोर्टेबल मेसिन, केही किट, आवश्यक सामग्री र प्राविधिक पोखरा पठायो। दुई लाख रुपैयाँ बढी भाडा तिरेर हेलिकोप्टरमा ती सामान ल्याइएपछि...
अब देशभरका १० स्थानबाट कोरोना परीक्षण हुने…………….
काठमाडौं- सरकारकाले देशभरी विभिन्न १० स्थानबाट कोरोना भाइरस (कोभिड—१९) को नमुना परीक्षण सुरु गरेको छ। काठमाडौंसहित धरान, हेटौंडा, पोखरा, वुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवामा नमूना परीक्षण सुरु गरिएको हो। अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार क...
ओम्नीको बदमासी, निर्वाचन आयोगलाई ‘सेकेन्ड ह्यान्ड’ प्रिन्टर बिक्री…………
काठमाडौं - ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलले निर्वाचन आयोगलाई प्रयोग भइसकेकोे (सेकेन्ड ह्यान्ड) प्रिन्टर बेचेको पाइएको छ। ओम्नी त्यही कम्पनी हो जुन यति बेला कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण प्रयोजनका लागि मेडिकल सामग्री खरिदमा भएको अनियमिततामा मुछिएको छ। निर्वाचन आयोगले ओम्नीसँग प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि २०६४ असोजमा करिब २५ करोड रुपैयाँ तिरेर तीनवटा प्रिन्टर खरिद गरेको थियो। ...













