कोरोना कहर: डेराबाटै निकालिइन् नर्स………….

दाङ - कोरोना संक्रमण हुन सक्ने भन्दै घोराहीमा डेरा गरि बस्दै आएकी एक नर्सलाई डेराबाट निकालिएको छ। घोराहीस्थित बुद्ध ईन्टरनेशनलमा कार्यरत स्टाफ नर्स सृजना खड्कालाई उनका घरबेटीले कोरोना संक्रमण हुन सक्ने भन्दै डेराबाट निकालिदिएका हुन्। खड्काका घरबेटी घोराही उपमहानगरपालिका वडा नम्बर २ का वडा सचिव नारायण आचार्य हुन्। स्टाफ नर्स खड्का गत मंसिरदेखि आचार्यको घरमा डेरा गरि बस्दै आएकी थिइन्। गत १५ गते डेरा...

काेराेना त्रासकाबीच खेतीपातीमा किसान …………….

पाँचथर– सोमवार दिउँसो फिदिम नगरपालिका–४ को थापाटारको फाटिलो खेतमा किसानहरु धमाधम चैते धान रोपाईका लागि काम गरिरहेका देखिन्छन्। फराकिला गरा भएको थापाटारमा कतै रोपाई चलिरहेको छ त कतै, कतै रोपाईको तयारीमा छन् किसानहरु। छुपुछुपु धान रोपिरहेका रोपारहरु तथा बाउसेबिच कोरोना भाईरसबारे कुरानकानी भइरहेको सुनिन्थ्यो। कतै जे होला होला भन्ने सुनिन्थ्यो त काम नगरि के गर्ने भन्ने किसिमका कुराहरु सुन्न पाईन्थ्यो।...

कोरोना आशंकामा भर्ना भएका दुई जनाको वीर अस्पतालमा मृत्यु…………

काठमाडौं- कोरोना आंशकाकामा रहेका व्यक्तिको वीर अस्पतालमा मृत्यु भएको छ। आइतबार करिब ४० वर्षीया नैकापकी एक महिलाकाे वीर अस्पतालको आइसियुमा मृत्यु भएको हो। भने अर्का एक जनाको सोमबार दिउँसो अस्पतालको इमरजेन्सीमा मृत्यु भएको हो। नैकापका मृतककलाई सशस्त्र बल प्रहरी अस्तालबाट रेफर गरी वीर पठाएको थियो उनमा श्वास फेर्न गाह्राे हुने र ज्वरो आउने समस्या थियो। यसअघि उनमा उच्च रक्तचापको मात्र समस्या रहेको र अन...

कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवाको रिर्पोट ‘नेगेटिभ’………..

बुटवल- आइतबार बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृत्यु भएको युवाको कोरोना परीक्षणको रिर्पोट नेगेटिभ आएको छ। कोरोना विशेष अस्थायी अस्पताल बुटवलमाा उपचारका क्रममा हिजो मृत्यु भएका बाबुराम थापा क्षेत्रीको स्वाब परीक्षणको रिर्पोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले बताए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा गरीएको नमुना परीक्षणको रिर्पोट नेगेटिभ आएको डा. गौतमले जानकारी द...

भूगोल यात्रामा कोरोना……………..

उ सरल छ, अत्यान्तै शिष्ट छ धनी र गरिब चिन्दैन उ ठूला र साना छुट्याउदैन उ भुपडीहरुलाई हेप्दैन पनि अनि महल र दरबारहरुसंग किन्चित डराउदैन पनि सपनाको लौरी टेकेर भूगोल यात्रामा निस्कन्छ निश्छल अनि निष्पक्ष कोरना हाकिम र पियन चिन्दैन उ नेता र कार्यकर्ता पनि छुट्याँउदैन निर्मला र रोसनी पनि भन्दैन विल्कुल विभेद गर्दैन उ छिन छिनमा कुरा फेर्दैन न तेत्तीस किलोमा लोभिन्छ? ...

चीनबाट ल्याइएका स्वास्थ्य सामग्री प्रदेश–प्रदेशमा पठाइने…………….

काठमाडौं - नेपाल सरकारले विभिन्न कम्पनीबाट खरिद गरेका र चिनियाँ दूतावासलगायत संघसंस्थाबाट अनुदान सहयोगमा प्राप्त स्वास्थ्य सामग्री प्राप्त गरेको छ। ती स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा पठाउने भएको छ। ती सामग्री आइतबारै सातै प्रदेशका विभिन्न २५ ठूला अस्पतालमा पठाउने तयारी भए पनि समय अभावका कारण सोमबार मात्र पठाइने मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले खरिद गरेका र चिनियाँ ...

चैत २५ सम्म लकडाउन थपियो…………..

काठमाडौं- सरकारले लकडाउनको समय बढाएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले चैत लकडाउन गर्ने निर्णय गरेको हो। यो समयमा सीमा नाका समेत बन्द रहने छन्। यस अघि चैत ११ गतेदेखि १८ गतेसम्मको लागि लकडाउन घोषणा गरिएको थियो। आज बसेको कोरोना नियन्त्रण उच्चस्तरीय समितको बैठकले सरकारलाई लकडाउन बढाउन सिफारिस गरेको थियो। यस्तै सरकारले कोरोना प्रभावितहरुलाई राहत उपलव्ध गराउने निर्णय गरेको छ। श्रमिकहरुको लगत तयार गर्ने ...

कोरोनाले अर्थतन्त्र सकसमा…………..

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वसँगै नेपाली अर्थतन्त्रमा पनि ठूलो प्रभाव पर्ने देखिएको छ। उद्योगी–व्यवसायी र अर्थशास्त्री यस्तै अवस्था रहिरहे चालु आवमा मुलुकको आर्थिक वृद्धिदर तीन÷चार प्रतिशतमा खुम्चिने बताउँछन्। सरकारले चालु आवमा साढे ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ। कोरोना जोखिमबाट मुलुकलाई जोगाउन सरकारले साताव्यापी लकडाउन गरेपछि आर्थिक गतिविधि ठप्प छ। अझै दुई सात...

अँगारको टिका निधारमा लगायो भने कोरोनाले छुँदैन………

गोरखा- आँगन, दैलो खनेर त्यहाँबाट निस्किएको अँगार दलेपछि कोरोना भाईरस नलाग्ने भ्रम गाउँभरी फैलिएपछि गोरखाको केही ठाउँमा स्थानीय धमाधम दलै खनिरहेका छन्। दैलोमा खाल्डो खन्दा निस्किएको अँगारको टिका निधारमा लगायो भने कोरोनाले छुँदैन भन्ने हल्ला चलेपछि स्थानीयले खाल्डो खन्न थालेको बारपाक सुलिकोट गाउँपालिका स्वाँराकी शिक्षक सलिना गुरुङले बताईन । एकदेखि तीन फिटसम्म खाल्डो खनिएको छ। ‘अन्यत्रबाट आफन्तले फोन...

सरकार भन्छ : कोरोना संक्रमण फैलावटको अवस्था नियन्त्रणमै छ………..

काठमाडौं- सरकारले कोरोना भाइरस संक्रमण फैलावटको अवस्था नियन्त्रणमै रहेको स्पष्ट पारेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो समयमा गरिएको नमुना परीक्षणको सम्पुर्ण रिपोर्ट नेगेटिभ आएको बताएको हो। मन्त्रालयले हालसम्म गरिएको ८ सय २ वटा नमुना परीक्षणमा ३ वटामा मात्रै संक्रमण देखिएको र एकजनाको उपचार भई घर फर्किसकेको र बाँकी २ जना विरामी टेकु अस्पतालमा आइसोलेसनम...

सरकार उपचार, आपूर्ति र शान्ति सुरक्षामा केन्द्रीत…………..

काठमाडौं- सरकारले कोरोना भाईरसबाट संक्रमितको उपचार, आपूर्ति र शान्ति सुरक्षामा केन्द्रीत भएर काम गरिरहेको स्पष्ट पारेको छ। उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोख्रेलले विहिबार संचारकर्मीसंग कुरा गर्दे संक्रमितको उपचार पहिलो प्राथमिकता भएकाले सोही अनुसार सरकारले काम गरिरहेको स्पष्ट पारेका हुन्। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री ...

प्रदेश तहमा प्रयोगशाला परीक्षण नहुँदा सकस…………….

लहान - प्रदेश २ का स्वास्थ्य विज्ञहरुले कोरोना भाइरसको(कोभिड–१९) नमुना परीक्षणको दायरा बढाउन आवश्यक रहेको सुझाव दिएका छन्। सघन जनसंख्या र खुल्ला नाकाका कारण यो प्रदेश कोरोना संक्रमणको उच्च जोखिममा रहेकोले नमुना परीक्षणको बन्दोबस्त प्रदेशमै मिलाउन उनीहरुको सुझाव छ। परीक्षणको दायरा नबढाए एक्कासि थेग्नै नसकिने अवस्था निम्तिन सक्नेतर्फ उनीहरुले सचेत गराएका छन्। प्रादेशिक अस्पताल जनकपुरका प्रमुख डाक्टर...