प्रधानमन्त्रीले मागे माफी……….

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको भन्दै नेपाली जनतासँग माफी मागेका छन्। प्रधानमन्त्री ओलीले विषादी प्रकरणबारे भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई बेलैमा जानकारी नगराएका कारण गलत सन्देश गएकाले नेपाली जनतासामु लज्जित हुनुपरेको भन्दै माफी मागेका हुन्। प्रधानमन्त्री ओलीले विषादी प्रकरणबारे भारतीय दूतावासबाट कुनै पत्र नआएको दाबी गरेका थिए। तर सञ्चारमाध्यममा ...

कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी…………

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन्। प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ। दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन्। यसबाट सरकारविरुद्ध यी दुई दल मिलेर अघि बढ्ने बलियो संकेत मिलेको छ। कांग...

किन लुकाइयो विषादीबारे भारतीय पत्र?…………

काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले तरकारी तथा फलफूलको विषादी परीक्षणका सम्बन्धमा भारतीय दुतावासले पठाएको पत्रबारे उठेको प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने बताएका छन्। भारतीय दुतावासले पठाएको सो पत्र आफूलाई बेलैमा जानकारी नगराएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत असन्तुष्टि व्यक्त गरिरहेका बेला मन्त्री खनालले त्यसबारे उठेका सबै प्रश्नको जवाफ परराष्ट्र मन्त्...

संवैधानिक निकायको काममा अवरोध नगर………

काठमाडौं – लोक सेवा आयोग अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक निकायहरूको काममाथि अवरोध नगर्न सरकार र संसद दुवैलाई सचेत गराएका छन्। अध्यक्ष मैनालीले संविधानअनुसार चल्ने लोक सेवा आयोगलगायतका निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिएमात्रै जनप्रतिनिधिमूलक संस्था संसद र सरकार दुवैको कामलाई सघाउ पु-याउने पनि स्पष्ट पारे। उनले संवैधानिक निकायको काम सरकार र संसदलाई नै सहयोग पु¥याउनु रहेकाले उनीहरूको काममा...

यसरी मारिएका थिए विप्लव कार्यकर्ता……….

काठमाडाैं – भोजपुर जिल्लाको बीच बजारमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता र सादा पोशाकमा खटिएका प्रहरीबीच गोली हानाहान भएपछि जिल्लामा सन्त्रास छाएको छ। भोजपुर नगरपालिका–७ स्थित हटिया लाइनमा सोमबार विप्लवसमूहका केही कार्यकर्ता हतियारसहित प्रवेश गरेको गोप्य सूचना जिल्ला प्रहरी कार्यालयलाई प्राप्त भएपछि उनीहरुको खोजीका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको थियो। सादा ...

सडकबाटै सरकार ढाल्छौं………..

काठमाडौं – आन्दोलनरत प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण स्थगित गर्ने निर्णय तत्काल खारेज गर्न सरकारलाई दबाब दिएको छ। नेविसंघले मंगलबार काठमाडौंको प्रमुख जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै सो निर्णय तत्काल फिर्ता लिन सरकारलाई दबाब दिएको हो। काठमाडौंका प्रमुख जिल्ला अधि...

कालिमाटीपछिको ठूलो बुटवलको विषादी प्रयोगशाला पनि बन्द……….

रुपन्देही– २०७४ साल भदौदेखि सञ्चालनमा आएको बुटवलस्थित विषादी प्रयोगशाला कर्मचारी नहुँदा बन्द भएको छ। कालिमाटीपछिको दोस्रो ठूलो भनिएको बुटवल कृषि उपज थोक बजारभित्र सञ्चालित विषादी अवशेष द्रुत विश्लेषण इकाई दुई महिनादेखि बन्द भएको हो। प्रयोगशालामा तरकारी तथा फलफूलको विषादी परीक्षण हुँदै आएको थियो। ८ महिनादेखि आंशिक परीक्षण हुँदै आएकोमा दुई महिनादेखि भने प्रयोगशाला पूर्ण रुपमा बन्द भएको हो। यो ईकाइमा...

ढलको निकास थुनिँदा बस्ती डुबानमा……….

नेपालगन्ज – ढल तथा नालाको निकास थुनिँदा नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न वडा मंगलबार डुबानमा परेका छन्। ढलको निकास थुनिएर बस्तीमा पस्दा नेपालगन्ज–१० स्थित जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती डुबानमा परेको छ। न्युरोड हुँदै बागेश्वरी मन्दिर भएर बग्ने र सदरलाइन हुँदै भेरी प्राविधिक शिक्षालय भएर बग्ने मुख्य ढलको निकास थुनिँदा बस्ती डुबानमा परेको हो। उक्त ढल उपमहानगरपालिकाले एकीकृत सहरी विकास आयोजनामा...

“रिज बिओण्ड प्रिभेन्शन” ले लागु पदार्थ दुर्ब्यासनी विरुद्ध सेमिनरको आयोजना गर्यो

७ जुलाई, हङकङ– ‘लागु पदार्थ दुर्व्यासन नगरौं, अकालमा मृत्युबाट बचौं’ भन्ने नाराका साथ विभिन्न क्रियाकलापहरुका साथ ‘रिज बिओण्ड प्रिभेन्शन’ द्धारा लागु पदार्थ दुर्ब्यासनी विरुद्धको सेमिनर सम्पन्न गर्यो । ‘इन्टरनेशनल डे अगेन्स्ट ड्रग अबुस’ को अवसरमा आयोजित उक्त सेमिनरको प्रमुख अतिथिका रुपमा प्रेफेसर सुमी मारिया तामले बोलेकी थिइन भने कार्यक्रमको मुख्य आकर्षकका रुपमा रहेका मेमोरी किङको उपनामले समेत चि...

तीन सचिवले डुबाए………..

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपालमा आयात हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण नगर्ने निर्णय लिनुमा सचिवहरु जिम्मेवार रहेको आरोप लगाएका छन्। सोमबार अपरान्ह मन्त्री यादवले पत्रकार सम्मेलन गरी सचिवहरुको भरपर्दा आफू सो निर्णयका कारण डुबेको बताएका हुन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र आफ्नै मन्त्रालयका तीन जना सचिवहर...

को हुन् प्रस्तावित चार राजदूत ? यस्तो छ पृष्ठभूमि……….

काठमाडौं - सरकारले राजदूतमा सिफारिस गरेका चार जना राजदूत मध्य अस्ट्रेलियाका लागि सिफारिस राजदूत महेशप्रसाद दाहाल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र चितवनका बासिन्दा हुन्। लामो समयसम्म नेपाली कांगे्रसको राजनीतिमा सक्रिय उनी गत असोजमा मात्र नेकपामा प्रवेश गरेका थिए। उनको राजदूत बन्ने मुख्य योग्यता नेकपाका अध्यक्ष दाहाल निकट हुनु हो। दाहालकै निकट भएकाले उनले पार्टीमा प्रवेश गरेको छोटो ...

ओली र दाहालको कुरा मिल्यो, सबैभन्दा ठूलो काम सम्पन्न !……….

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशनमा लैजाने सहमति भएको छ। प्रधानमन्त्री समेत रहेका ओलीसँग आइतबार बिहान एक वर्ष अघि नै पार्टीका शीर्ष नेताबीचको सर्वसम्मतिमा तयार पारिएको राजनीतिक प्रतिवेदन भोलि (सोमबार) नै प्रकाशनमा लैजाने गरी सहमति गरिएको अर्का अध्यक्ष दाहालले जानकारी दिए। अध्यक्ष दाहालले राजनीतिक प्...