बजेट सिध्याउने असारे विकासले जनता आजित……..

दाङ - आर्थिक वर्षको अन्त्यमा हुने ‘असारे विकास’ को पुरानो प्रचलन तोड्न हरेक वर्ष सरकारी योजना बन्छन्। बजेट सिध्याउनका लागि गरिने यस्ता विकासे गतिविधिमा ‘आर्थिक लाभ’ प्राप्तिको नियत छँदैछ, गुणस्तर पनि कमजोर हुने गर्छ। यस्तो पृष्ठभूमिमा संघीयदेखि स्थानीय तहसम्मका सरकारले यस आर्थिक वर्षमा पनि असारे विकासको पुरानो रोग निको पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए तर व्यवहारमा त्यो अनुभूत गर्न पाइएन। दाङको ...

उपसचिवसहित पाँच कर्मचारीलाई बयानमा बोलाइयो………….

काठमाडौं - बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा भूमाफियालाई दिनेगरी किर्ते कागजात तयार पार्ने तत्कालीन उपसचिव र शाखा अधिकृतसहित पाँचजना कर्मचारीलाई एक साताभित्र उपन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ। ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी जग्गा हिनामिनामा संलग्नमाथि भइरहेको अनुसन्धानमा बोलाउँदा नआएपछि आयोगले सार्वजनिक सूचनामार्फत उपसचिव र शाखा अधिकृतसहित भूमि...

मुन्धुमविद्हरूको मुन्धुम समीक्षा

२० असार, काठमाडौ । संकलित मुन्धुमको पाण्डुलिपिलाई उत्कृष्ट पुस्तक बनाउन लिम्वु समुदायका लब्ध मुन्धुमविद्हरूमाझ अन्तक्रिर्या सम्पन्न भएको छ । मुन्धुमका स्रोतहरू ४ जना येवा र विज्ञबाट संकलित मुन्धुमको संकलन, लेखन, अनुवाद तथा सम्पादनमा विज्ञ तुम्याहाङहरूबाट परामर्श लिने उद्देश्यले काडमाडौंमा अन्तक्रिर्याको आयोजना भएको हो । देश विदेशमा रहेका याक्थुङ्् लिम्वु समुदायका लागि साझा, सर्बस्वीकार्य र...

बिमाको पैसा पाउन बाबुद्वारा ४ वर्षीया छोरीको निर्मम हत्या………..

रौतहट - बिमाको रकम हात पार्न बाबुले आफ्नै ४ वर्षीया छोरीको हत्या गरेका छन्। रौतहटको नौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले ४ वर्षीया छोरी लक्ष्मी राय यादवको हत्या गरेको प्रहरीले जनाएको छ। यादवले छोरीको नाममा गरेको बिमा रकम हात पार्न आफूले हत्या गरेको स्वीकारी बयान प्रहरी सामु दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविन कार्कीले जानकारी दिए।...

गण्डकी प्रदेशसभामा नेकपाको दुइतिहाइ………….

पोखरा - स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। उनी मनाङ (ख) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। सांसद गुरुङसँगै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्की सचिवालय सदस्य पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन्। पार्टी प्रवेश गरेका दुवैजनालाई नेकपा गण्डकी प्रदेश इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा ...

दुई वर्षमै ५६ प्रतिशतले बढाउँदा चलखेलको आशंका……….

काठमाडौं - सरकारले महत्वका साथ अगाडि बढाएको काठमाडौं–तराई–मधेस दु्रतमार्ग (फास्ट ट्र्याक) को लागत ६३ अर्ब रुपैयाँले बढ्ने भएको छ। भारतीय कम्पनी आइएल एन्ड एफएसले यो आयोजनाका लागि दुई वर्षअघि तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मा लागत एक खर्ब १२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो। अहिले कोरियन कम्पनी सुसुङ इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको डिपिआरमा लागत बढाएर एक खर्ब ७५ अर्ब रुपैयाँ पु-...

व्यवस्थाअनुसार नै नयाँ संरचना गठन गर्ने…………

काठमाडाैं- नेपाली कांग्रेसले नयाँ संविधान बमोजिमका संरचनामा पार्टी विधानले निर्दिष्ट गरेको व्यवस्थाअनुरुप नै एकाइहरु गठन हुने स्पष्ट पारेको छ। नयाँ संरचना निर्माण बारे सार्वजनिक भएका अस्पष्टता र भ्रम निवाराणार्थ बिहीबार पार्टीले विज्ञप्ति जारी गर्दै सो कुरा जनाएको हो। विधानको धारा ७२ को ४ ले पार्टी सङ्गठनको अन्तरिम व्यवस्था बारेमा प्रष्ट व्यवस्था गरेको प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्...

हेटौंडा जाने छोटो रुट कालोपत्रे अन्तिम चरणमा……….

काठमाडौँ — निर्माण सुरु ६ दशकपछि कान्तिलोक पथको कालोपत्रे बल्ल अन्तिम चरणमा पुगेको छ । राजधानीलाई हटौंडासँग जोड्ने छोटो भरपर्दो माग आर्थिक वर्ष ०७७/७८ मा निर्माण पूरा गरी उद्घाटन गर्ने सरकारको लक्ष्य छ । अर्थ मन्त्रालयले मार्गको स्तरोन्नति गर्न आर्थिक वर्ष ०७६/७७ का लागि ६० करोड रुपैयाँ बजेट बिनियोजित गरेको छ । कान्ति लोकपथ सडक योजना ललितपुरका सूचना अधिकारी अमिन्द्र खड्का भन्छन्, ‘सडक कटिङ गर्न ठे...

खडेरीको मारमा किसान, रोपेका धान समेत सुक्न थाले………..

टीकापुर - कैलालीको जानकी गाउँपालिका–४ मुनुवाका किसान गोविन्द रावतको एक विगाह खेत बाँझै छ। उनले प्रशस्त धान फल्ने खेत अझै जोतेका समेत छैनन्। धान रोप्ने ठेगान नभएपछि खेत नजोतेको बताए। समयमा पानी नपरेपछि उनी जस्तै धेरै किसानका खेत बाँझै छन्। सिँचाई सुविधा पुगेका र बोरिङको उपलब्धता भएका बाहेक सबै किसानले अझै खेत जोत्न सकेका छैनन्। ‘पानी पर्ने सम्भावना छैन। खेत जोतेर मात्रै के गर्नु’ उनले भने–‘आकाशबाट ...

विषादी जाँच नगर्न भारतीय दबाब…………

काठमाडौं - सरकारले विषादीयुक्त तरकारी र फलफूल आयात रोक्न सीमानाकामा कडाइ गरेपछि भारतले आपत्ति जनाएको छ। उसले विषादीयुक्त तरकारी र फलफूल जाँच्न नेपाल सरकारले गरेको नयाँ व्यवस्था हटाउन दबाब दिएको छ। भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूल विषादीयुक्त भएको भन्दै सरकारले जाँच गर्न थालेपछि काठमाडौंस्थित भारतीय दूतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर आपत्ति जनाएको हो। दूतावा...

युनाइटेड तेक्वान्दो अकाडेमी हङकङले एघारौं वार्षिकोत्सव मनायो

१ जुलाई, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङले “इन्टर ब्रान्च पुम्से तथा स्पिड किकिङ कम्पिटिशन २०१९” को आयोजना गर्दै आफ्नो एघारौं वार्षिक उत्सव मनायो । याउ मा तेई कम्युनिटी हलमा आयोजित उक्त कम्पिटिशनमा युनाइटेड क्लबका २० वटा ब्रान्चका ब्लाक बेल्ट तथा कलर बेल्ट गरी २६० स्टुडेण्टहरुले प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा वान्चाई हेडक्वाटरले ९ वटा गोल्ड मेडल जित्दै ओभरअल च्याम्पियनको ट्रफी...

८६ औं साहित्य श्रृंखलामा दिपेन्द्रको युद्धचित्र

३० जुन, हङकङ– चित्रकार तथा साहित्यकार दिपेन्द्र राईको युद्धचित्र बारे बहस संगै कृति सार्वजनिक, सृजना वाचन तथा समीक्षा गर्दै ८६ औं हङकङ साहित्यक साझा श्रृंखला सम्पन्न भयो । साहित्य श्रृंखलाका संयोजक डी.बी. पालुङवाको अध्यक्षतामा जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार ताराबहादुर बुढाथोकीको ‘काँडे भ्याकुरको शुभविवाह’ लोक कथा संग्रह तथा सुन्दर गुरुङको ‘समय आए पछि’ गजल सं...