३० जुन, हङकङ– हङकङमा रहेर वर्षभरि उत्कृष्ट कार्य गर्ने दुई दर्जन विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान गर्दै हङकङ नेपाली महासंघको २० औं वार्षिक उत्सव याउ तेई कम्यूनिटी हलमा सम्पन्न भयो । महासंघका अध्यक्ष टंक रानाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि ‘राते काइला’ उपनामले समेत परिचित अभिनेता सुनिल थापा रहेका थिए । अभिनेता सुनिल थापाद्धारा अभिनित नेपाली तथा बलिउड चलचित्रका क्लि...
समाचार
साम्पाङ साँझमा कुलेन्द्रले नचाए, एलिशा नाँचिन र मनोजले हसाँए
१ जुलाई, हङकङ– ‘साम्पाङ साँझ–२०१९’ मा ‘सालको पात टपरी...’ का गायक कलेन्द्र वि.क.ले नचाए, मोडल तथा डान्सर एलिशा राई नाँचिन भने हाँस्य विधाका वादसाह मनोज गजुरेलले पेट मिचुन्जेल हसाँए । हालको चर्चित गीत ‘सालको पात टपरी...’ संगै कुलेन्द्रले झण्डै आधा दर्जन लोकभाकाहरु गाएर दर्शकलाई नचाएका थिए भने नेपालबाटै आएका अन्य कलाकारहरु राकेश किराती, कुसल थलङ र आस्था राउतले समेत आफ्ना चर्चित तथा नयाँ गीतहरु गाएर...
यार्साले लखेट्यो कालापहाड……….
जुम्ला – सिँजाका भैरवबहादुर सार्की यार्सा संकलनका लागि मुगु पाटनमा जान थालेको पाँच वर्ष जति भयो। उनी बर्सेनि एक सय देखि एक सय ५० सम्म यार्सा टिप्थे। उनको यार्साको कमाइले परिवारको वर्षभरिको खर्च धान्न सजिलै हुन्थ्यो। तर, यो पटक निकै कम यार्सा संकलन गरे। यो वर्ष यार्सा पनि भेटिएन, उल्टो घरबाट लैजाँदा भएको खर्चसमेत उठेन,’ उनले भने, ‘ऋणको भारी बोक्नुपर्ने अवस्था आयो।’ उनीसँगै गएका गाउँले युवाले समेत य...
विशिष्टको सुरक्षामा एक बटालियन सशस्त्र…………
काठमाडाैं - विशिष्ट व्यक्तिको सुरक्षाका नाममा सशस्त्र प्रहरीका ५ सय ४६ जना सुरक्षाकर्मी र चालक खटिएका छन्। विशिष्ट व्यक्तिलाई सुरक्षा खतरा नभए पनि घरेलु कामदारका रुपमा सुरक्षाकर्मी खटिँदा सशस्त्र प्रहरीको एक बटालियन जनशक्ति नै कार्यक्षेत्रभन्दा बाहिर रहेको छ।विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७० मा गृहमन्त्रीलाई १० जना र पूर्वगृहमन्त्रीलाई २ जना सुरक्षाकर्मी दिने व्यवस्था छ। तर मापदण्डविपरीत पिएस...
माक्स र चश्माबिनाको यात्रा कल्पना पनि गर्न नसकिने………..
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा दिएका केही अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गर्दै आएका छन्। उनले अपत्यारिला अभिव्यक्ति दिएकै कारण आलोचना भएको हो। गत शनिबार मदन भण्डारीको ६८औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘मैले प्रधानमन्त्री हुँदाका बेला भनेको थिएँ– अब काठमाडौंमा नाक समाएर हिँड्नुपर्दैन। माक्स लगाएर हिँड्नुपर्दैन। म प्रधानम...
भारतबाट आउने तरकारीमा विषादीको मात्रा अत्याधिक………
काठमाडौं- केही हप्तायता नाकामा रोकिएका तरकारीको चर्चा चुलिएको छ। भारतबाट दैनिक नेपाल भित्रने सयौं ट्रकहरु तरकारीमा विषादी प्रयोगको मात्रा परीक्षणका लागि नाकामा रोकिएका छन्। नेपालमा कसरी परीक्षण हुन्छ विषादी? हामीले खाने फलफूल तथा तरकारीको अवस्था कस्तो छ? यो महत्वपूर्ण पक्ष छ। त्यसो त कालीमाटी तरकारी बजारमा रहेको विषादी प्रयोगशालामा नियमित विषादी परीक्षण हुँदै आएको छ। वरिष्ठ बाली संरक्षण अधिकृत राज...
सरकारले घाटाको व्यापार गर्दैन…………
काठमाडौं– सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको स्पष्ट पारेका छन्। मन्त्री बास्कोटाले आइफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गरेरै छाडने दृढता पनि व्यक्त गरे। मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले सो अवार्डबारे प्रश्न उठाएपछि उनले आइफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार ...
सशस्त्रका चार पूर्वआइजिपीलाई विशेषको सफाइ………
काठमाडौं - भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा मुद्दा चलाइएका सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक (आइजिपी) लाई विशेष अदालतले सफाइ दिएको छ। विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले चार पूर्वआइजिपीसहित २२ जनालाई सोमबार सफाइ दिएको हो। करिब १७ करोड रुपैयाँ माग दाबीसहित दर्ता गरिएको मुद्दामा सशस्त्र प्...
भाटभटेनी संचालक गुरुङमाथि छानबिन……….
काठमाडौं - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुईजना भूमाफिया डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ। बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हडपेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को छानबिनमा परेका ग...
दबाबपछि असारभित्रै एकता प्रक्रिया टुंग्याउने बाचा…………..
काठमाडौं– सत्तारुढ दल नेकपाका सांसदहरुले विवादमा नआउने गरी कार्य सम्पादन गर्न सरकारलाई सुझाव दिएका छन्। सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकमा नेकपाका सांसदहरुले सरोकारवाला निकायसँग पर्याप्त परामर्श गरेर विवादमा नआउने गरी विधेयकलगायतका क्षेत्रमा कार्य सम्पादन गर्न सरकारलाई सुझाव दिएका हुन्। सरकारको काम कार्वाही राम्रो भएपनि कतिपय विधेयकहरु विवादमा तानिएकाले त्यस...
पहिलो पटक राष्ट्रिय आर्थिक गणनाको नतिजा सार्वजनिक………..
काठमाडौं– सरकारले पहिलो पटक राष्ट्रिय आर्थिक गणना–२०७५’ को नतिजा सार्वजनिक गरेको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले केन्द्रिय तथ्यांक विभागले पहिलो पटक तयार पारेको सो आर्थिक गणनाको नतिजा सार्वजनिक गरेका हुन्। विभिन्न २१ वटा आर्थिक क्षेत्रहरुको जिल्ला तहसम्मको तथ्यांक समावेश गरिएको सो प्रतिवेदनमा नेपालमा संचालित प्रतिष्ठानहरुको संख्या ९ लाख ...
गृह मन्त्रालयको छानविन टोलीले तथ्य फेला पार्न सकेन…………
सर्लाही– प्रहरी कारबाहीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपा माओवादीका जनकपुर ब्यूरो सदस्य एवं सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनामा छानविन गर्न सर्लाही आएको टोली रितो हात काठमाडौं फर्किएको छ। संघीय संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयलाई घटनाको छानविन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएपछि तीन दिनअघि सर्लाही आएको टोली काठमाडौं फर्किसकेको छ। लालबन्दी नगरपालिकाका मेयर म...















