मोरङ महानगरीय अपराध महाशाखाका तत्कालीन डिएसपी (प्रहरी नायब उपरीक्षक) प्रजित केसीलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ। तस्करीको साढे ३३ केजी सुन गायब प्रकरणमा हत्या गरिएका सनम शाक्यको शव बरामद गर्ने अपराध महाशाखाको तत्कालिन टोलीका डिएसपी प्रजित केसी पक्राउ परेका छन् । हराएको भनिएको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका विषयमा बयान दिन गृह मन्त्रालयले बनाएको छानबिन समितिले केसीलाई विराटनगर...
समाचार
वैशाख २३ गते संघीय संसदको अधिवेशन हुने
काठमाडौं वैशाख २३ गते ४ बजे संघीय संसदको अधिवेशनका लागि आहृवान गरिएको छ। राष्ट्रपति कार्यालयद्वारा आइतबार संसद सचिवालयमा अधिवेशन आह्वानको पत्र पठाएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक २३ गते ४ बजे बस्ने छ । सरकारले वैशाख १४ गते राष्ट्रपति समक्ष वैशाख २३ गेत अधिवेश बोलाउन सिफारिस गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा ९३ बमोजिम रा...
बुद्ध जन्मस्थलमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन सुरु
लुम्बिनी लुम्बिनीमा आजदेखि अन्तराष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । ‘लुम्बिनी नेपाल: बुद्ध जन्मस्थल तथा बौद्ध दर्शन र विश्व शान्तिको मुहान’ भन्ने नारासहित शुरु सम्मेलनको पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले एक विशेष समारोहबीच उद्घाटन गरेका छन् । जन्मस्थलको विकास र बौद्ध दर्शनको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित सम्मेलनमा २३ देशका बौद्ध ज्ञाता तथा प्रतिनिधि सहभागी छ...
आशामा तीन वर्षदेखि टहरामा लाप्राकवासी……….
१४ बैशाख २०७५, लाप्राक (गोरखा) - गैरआवासीय नेपाली संघ (एनआरएन) ले घर बनाएर देला र पक्की घरमा छिट्टै बसौँला भनेर आश गरेका लाप्राकीको तेस्रो वर्षमा पनि सपना पुरा भएन। सरकारबाट अनुदान पाएका जिल्लाका अन्यत्रका धेरैजसो भूकम्प पीडितले तीन लाख लिएर नयाँ घर बनाईसके तर त्यहाँका पाँच सय ७३ घरधुरी टहरामै गुजारा चलाईरहेका छन्। एक वर्षसम्म घर कहाँ बनाउने भन्ने अन्यौल रह्यो, एनआरएनको आशमा दुई वर्ष बित्यो’ लाप्...
३३ केजी सुन प्रकरण………..
बैशाख १४, २०७५, २० पुस ०७३ मा विमानस्थलको गोल्डेन गेटबाट पार गराउँदै गरेको अवस्थामा ३३ केजी सुन बरामद भयो । एयर अरेबियाको जहाज प्रयोग गरी उक्त सुन दुबईबाट ल्याइएको थियो । सुन बोकेर आएका थिए, गोपालबहादुर शाही । प्रहरीले शाहीलाई पनि पक्राउ गर्यो । उनकै बयानका आधारमा विमानस्थल सुरक्षा गार्ड एसएसपी खत्रीसहित दीलबन्धु थापा, सन्तोष काफ्ले, रामहरि कार्की, श्रीनारायण यादव, राजकुमार ढकाल, श्यामक...
अब त्रिभुवन विमानस्थल २१ घण्टा…………
बैशाख १४, २०७५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ७ देखि २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ । अहिले बिहान ६ बजेदेखि राति साढे १२ बजेसम्म साढे १८ घण्टा मात्रै सञ्चालन हुँदै आएको छ । आजको कान्तिपुरको पहिलो पृष्ठमा खबर छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बिहीबार पर्यटन मन्त्रालयमा आयोजित सयदिने कार्यक्रम समीक्षामा २१ घण्टा उडान सञ्चालन गर्न चाहिने एटीसीलगायत जनशक्ति व्यवस्थापन भइसकेको...
सांसदले मागे ५० लाख………
१३ बैशाख २०७५, पोखरा– संघीय सरकारले प्रशासनिक खर्च र संरचना निर्माणको लागि पठाएको रकमबाट प्रदेशसभा सदस्यले ५० लाख रुपैयाँ माग गरेका छन्। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद विकास कोषको लागि भन्दै प्रदेशसभा सदस्यहरुले चालु आर्थिक वर्षको लागि सरकारले ल्याउन लागेको पहिलो बजेटबाट नै रकम छुट्याउनुपर्ने माग राखेका हुन्। बिहीबार आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशसभामा प...
यस्तो छ प्रतिवर्ष ५० लाख पर्यटक भित्र्याउने योजना………..
बैशाख १३, २०७५ काठमाडौँ । वाम कार्यदलले १० वर्षमा प्रतिवर्ष ५० लाखका दरले पर्यटक भित्र्याउने कार्ययोजना सुझाएको छ । गत माघ ७ गते एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा गठित कार्यदलले सरकारका प्राथमिकता र विकास योजनाका बारेमा प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा विकासका विभिन्न क्षेत्रहरूलाई समेटेर योजना खाका बनाइएको छ । सरकारलाई यी योेजना कार्यान्वयन गर्न सुझाइएको छ । कार्यदलले नेपालको पर्यट...
महाभूकम्पको ३ वर्ष पुरा राष्ट्रपति हनुमानढोमा, प्रधानमन्त्री धरहराको प्रांगणमा
काठमाडौं विनाशकारी महाभूकम्प गएको आज ३ वर्ष पुरा भएको छ । २०७२ वैशाखमा आजकै दिन गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पका कारण ३१ जिल्लामध्ये १४ जिल्ला अतिप्रभावित बनेका थिए। भूकम्प र त्यसपछि गएका पराकम्पका कारण ८ हजार ९७९ जनाको मृत्यु भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए । भूकम्पका कारण करीब ७ खर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो। भूकम्पबाट काठमाडौ एतिहासिक धरोहरहरू ...
३३ किलो सुन प्रकरणमा एसपी विकासराज खनाल नियन्त्रणमा………..
वैशाख ११, २०७५ काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा बाहिरिएको ३३ किलो सुन प्रकरण अनुसन्धानको सिलसिलामा गठित उच्चस्तरीय छानबिन समितिले बहालवाला एसपी विकासराज खनाललाई नियन्त्रणमा लिएको छ । मकवानपुरमा कार्यरत खनाललाई मंगलबार बयानका लागि गृहमन्त्रालय डाकिएको थियो । बयान सकेलगत्तै समितिको निर्देशनमा उनलाई नियन्त्रणमा लिएर नक्सालस्थित १ नम्बर गणमा पुर्याइएको थियो । छान...
निरन्तर कलम चलाउने प्रतिबद्धता……….
१२ बैशाख २०७५, काठमाडौं – नेपाल रिपब्लिक मिडियाले मंगलबार आफ्नो स्थापनाको १०औं वार्षिकोत्सव मनाएको छ । यस उपलक्ष्यमा आयोजित कार्यक्रममा मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले सामूहिक प्रयासमा मात्र सञ्चारकर्म सफलतामा पुग्ने बताए। उनले सबै सँगै मिलेर काम गर्दा प्रतिफल निकाल्न सकिने बताए । मुलुक संघीयतामा प्रवेश तयारीसँगै सात वर्षअघि सुरु गरिएका क्षेत्रीय प्रकाशन ‘पूर्वेली’ र ‘पश्चिमेली’...
बयान दिन गएका डिएसपी नै फरार……..
बैशाख ११, २०७५ काठमाडौं । ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणमा गृहमन्त्रालयमा बयान दिन गएका डिएसपी सञ्जय राउत मन्त्रालयबाटै फरार भएका छन् । बयान नसकिँदै बहाना बनाएर बयान कक्षबाट बाहिर निस्केका राउत अचानक फरार भएपछि उनलाई पक्राउ गर्न गृह मन्त्रचालयमा रहेको प्रहरी अधिकारी परिचालन गरिएको थियो । तर, राउत प्रहरीको आँखा छल्दै पुतलीसडकतर्फको गेटबाट फरार भएको गृहमन्त्रालयका एक अधिकारीले जानकारी ...















