वैशाख १०, २०७५ काठमाडौँ — सरकारकै संरक्षणमा लामो समयदेखि यातायात क्षेत्रमा सिन्डिकेट हुँदै आएको पाइएको छ । एक वर्षअघि कानुन आयोग र आपूर्ति मन्त्रालयले बनाएको प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार व्यवस्थापनसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा आपूर्ति मन्त्रालयले लुकाएको खुलेको हो । उक्त मस्यौदा पारित भएको भए सिन्डिकेट गर्ने व्यक्ति र समूह यतिबेला जेल सजाय भोगिरहेका हुन्थे । आयोगले ...
समाचार
नेताका छोराछोरी रहरले असहाय ………..
बैशाख १०, २०७५ अभिभावकविहिन, असहाय र टुहुरा बालबालिकाको अभिभावकत्व लिइरहेको नेपाल बाल संगठन (बाल मन्दिर)ले यस्ता बच्चाहरुको छात्रवृत्ति कोटामा चरम दुरुपयोग गरेको जनाएको छ । पहुँचका आधारमा उक्त कोटा दुरुपयोग गर्दै कांग्रेस नेता एवं काठमाडौं क्षेत्र नं। १० बाट प्रदेशसभामा निर्वाचित सांसद् पुष्कर महर्जनले आफ्नी छोरीलाई निःशुल्क पढाइरहेका छन् । बाल संगठनको मुख्य कार्यालय रहेको नक्सालको १४ रोपनीभन्दा ...
यादवको घरमा बम विस्फोट……….
बैशाख ९, २०७५ ललितपुर । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम विस्फोट भएको छ । आइतबार साँझ यादवको ललितपुरको हात्तिबन स्थित घरमा बम विस्फोट भएको हो । लतिलपुर प्रहरीका प्रमुख एसएसपी गणेश ऐरले बम विस्फोट भएको पुष्टि गरे । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।...
पूर्व डिआइजी निरौला पक्राउ………
बैशाख ९, २०७५ काठमाडौं– ३३ किलो सुन प्रकरणमा सहभागि भएको आरोपमा पूर्व डिआइजी गोविन्द निरौला पक्राउ परेका छन् । गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा बनेको छानविन समितिले थप अनुसन्धानका लागि भन्दै पूर्व डिआइजी निरौलालाई वानेश्वरबाट नियन्त्रणमा लिएको हो । निरौला गत माघ ९गते काठमाडौं वानेश्वरस्थित रत्नराज्य क्याम्पस नजिकैबाट हराएको ३३ किलो सुन प्रकरणमा मुछिएका थिए । उक्त प्रकरणमा निरौला लग...
खुमलाटर बैठकले के गर्ला ?………
बैशाख ९, २०७५ काठमाडौं -एमालेसँग पार्टी एकताको विषयमा प्रचण्डले आन्तरिक परामर्श थालेका छन् । केी दिन यता प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँग लगातार संवाद गरेका प्रचण्डले आज एकताका विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएका थिए । बैठक आइतवार बिहान सात बजेदेखि प्रचण्ड निवास खुमलटारमा बसेको छ । बैठकमा अध्यक्ष प्रचण्डले एकतामा हालसम्म भएको प्रगतिबारे जानकारी गराउने छन्...
सम्पूर्ण कम्युनिष्टहरुलाई एकतामा लामबद्ध हुन अपिल…………
बैशाख ९, २०७५ काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको अवसरमा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले शुभकामना सन्देश जारी गर्दै देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् । पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा जारी सन्देशमा प्रचण्डले भनेका छन्, ‘पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको ऐतिहासिक अवसरमा हा...
विप्लव पार्टीको शैन्य वेशक्याम्प :…………..
बैशाख ८, २०७५ सिन्धुली -सिन्धुली प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बेशक्याम्प राखेर सैन्य तालीम चलाएको सूचना पाएको छ । आज पत्रकार सम्मेलन गरेर प्रहरीले विप्लव पार्टीले हरिहरपुरगढी गाउँपालिकामा पूर्वी कमाण्डको वेशक्याम्प बनाउन थालेको र नेत्रविक्रम चन्दले यही वैशाख ५ गते शैन्य तालीमको समापन गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरीले त्यस क्षेत्रमा थप अनुसन्धान गरिरहेको बताएको छ ।...
चीनबाट के सन्देश लिएर आए ज्ञवाली ?…………..
बैशाख ८, २०७५ काठमाडौं– आफ्नो पाँच दिने भ्रमण सकेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शनिवार स्वदेश फर्केका छन् । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा प्रेस विफ्रिङमा मन्त्री ज्ञवालीले आफ्नो भ्रमणको प्रगति सुनाए । चीनले नेपाल समक्ष त्रिदेशीय अवधारणाको प्रस्ताव राखेको उनले बताए । यस अघि प्रचण्डले पटक–पटक यो विषय उठाउँदै आएका थिए । चीन भ्रमणस्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीले चीनका विदेशमन्त्...
हङकङमा पदयात्रा गर्दै सगरमाथा दिवस मनाईने
सगरमाथा दिवसको अवसर पारेर हङकङमा सगरमाथा पदयात्रा २०१८ को आयोजना गरिने भएको छ।जोर्डन स्थित आवासीय नेपाली संघ हङकङको आफ्नै कार्यलयमा गत बिहिबार बेलुकी एक जानकारी सभाको आयोजना गर्दै आयोजकका तर्फ बाट हङकङ स्थित महावाणिज्यदूतावास र गैह् आवासीय नेपाली संघ हङकङले संयुक्त रुपमा पत्रकारहरु बोलाई उक्त जानकारी गराएका हुन् । जानकारी सभालाई सम्बोधन गर्दै महावाणिज्यदूत कमलप्रसाद भट्टराईले भने "सगरमाथा ने...
जनयुद्ध’मा विदेशीको आपत्ति………
बैशाख ८, २०७५ काठमाडौं - एकीकृत पार्टीको विधानमा ‘जनयुद्ध’ शब्द राख्न माओवादीको दबाबलाई एमालेले ठाडै अस्वीकार गर्दा एकता प्रक्रिया अन्योल देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई एकीकृत पार्टीको विधानमा ‘जनयुद्ध’ राख्न दबाब दिएका छन् । पार्टी संगठनमा ५०-५० को हिस्सेदारी र विधानमा ‘जनयुद्ध’ शब्द राख्ने-नराख्ने विषयमा एमाले-माओवादीबीच तीव्र व...
चार मिनेटकाे काम १३ घन्टाकाे तयारी……….
०८ बैशाख २०७५, काठमाडौं – मुलुककाे एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति उडान भर्ने क्रममा धावनमार्गबाट चिप्लिएर चौरमा पुगेर धस्सिएको मलेसियाली जहाज बाहिर निकाल्न जम्मा चार मिनेट समय लाग्यो। यो घटनामा सबैको एउटै चासो– ‘चौरमा धस्सिएको जहाज निकाल्न चार मिनेट लाग्ने रहेछ, अनि किन विमानस्थल पुनः सञ्चालन गर्न साढे १३ घन्टा लाग्यो ? हो, त्यही चार मिनेटको काम फत्ते गर्न हामीलाई त्यति धेरै स...
तस्करीको सुनमा फाइदैफाइदा………
बैशाख ८, २०७५ काठमाडौँ । कमजोर सुरक्षा संयन्त्रलाई भद्दा मजाक गर्ने एकजना कुख्यात् अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजले भनेका हुन् यी वाक्य । विभिन्न देशमा जेलसमेत ‘ब्रेक’ गरे भागेपनि नेपाल प्रहरीको नजरबाट उम्कन नसकेपछि वयोवृद्ध उमेरमा शोभराज नेपालको केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका छन् । नेपालको विमानस्थलबाट हात्ती छिर्ला या नछिर्ला, त्यो दोस्रो पाटो भयो, तर विभिन्न तस्करी र अपराधका ...
















