सभामुख र अध्यक्षकै टेलिफोन काटियो…………

वैशाख ६, २०७५  काठमाडौँ — सभामुख कृष्णबहादुर महराको सिंहदरबारस्थित कार्यकक्षको ल्यान्ड लाइन फोन नम्बर ०१–४२००१५९ डायल गर्दा ‘तपार्इंले डायल गरेको नम्बरको आगमन कल बन्द गरिएको छ’ भन्ने सन्देश सुनिन्छ । बुधबार मध्याह्नदेखि महराको कार्यकक्षको टेलिफोनको लाइन काटिएको हो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, उपाध्यक्ष शशिकला दाहालको कार्यालयमा टेलिफोन गर्दा पनि आ...

दुवैपक्षका अबका रणनीति के होलान् ?…………

बैशाख ५, २०७५ काठमाडौं–सार्वजनिक यातायातमा सिण्डिकेटको पक्षमा उत्रेका यातायात व्यवसायी र त्यसको विपक्षमा रहेको सरकार केही दिनभित्रै आमने–सामने हुँदैछन् । दुवैले आफ्नो शक्ति परीक्षण गर्ने संकेत दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवस्याी महासंघ र नेपाल पेट्रोल डिलर राष्ट्रिय एशोसियसनले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका...

लम्बियो वाम एकता………..

बैशाख ५, २०७५   महाधिवेशनमा कसको नेतृत्व हुने, प्रधानमन्त्रीको कार्यकाल कति–कति बाँड्ने र तत्काल दुई अध्यक्ष हुँदा कसको कार्यादेश के हुने भन्ने ‘अदृश्य विवाद’ एकतामा भाँजो बनेका छन् सतहमा देखिएका अल्झन: -एकीकृत पार्टीको हिस्सेदारी -जनयुद्ध शब्द र चुनाव चिह्न -महाधिवेशनपछिको नेतृत्व -सरकार सञ्चालनको कार्यशैली  एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टीमा कुन पक्षको कति हिस्सेदारी हुने र दुवै अध्यक्षक...

मलेसियामा रेस फिल्मको च्यारिटी सो सम्पन्न……….

बैशाख ५, २०७५  राज सुनुवार, मलेसिया ः  नेपाल आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिति मलेसियाले आयोजना गरेको दोस्रो चरण अन्तरगतको नेपाली चलचित्र " रेस " फिल्मको च्यारिटी सो पेनाङमा भब्यताको साथ सम्पन्न भएका छ्न । मलेसियाको तेस्रो ठूलो प्रान्त मानिने पेनाङको बियम भन्ने ठाउँमा आयोजना गरेको उक्त फिल्मको च्यारिटी सो कार्यक्रममा रेसका निर्देशक किशोर सुब्बा,आदिवासी जनजाती महासंघ मलेसियाका केन्द्रिय ...

सार्वजनिक सवारीको सिन्डिकेट अन्त्य………….

बैशाख ५, २०७५   सरकारले सार्वजनिक यातायात क्षेत्रमा व्याप्त सबैखाले सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेको छ। सार्वजनिक यातायात सेवा बन्द गरी आन्दोलनमा उत्रने व्यवसायीको चेतावनीलगत्तै सरकारो उनीहरूको समिति नै खारेज गर्ने कठोर निर्णय गरेको हो। मन्त्रिपरिषद्को मंगलबारको बैठकले सार्वजनिक सवारीको सिन्डिकेट अन्त्यका लागि सबै प्रकारका कदम चाल्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु ...

जग्गा खरिदमा घाेटाला, पानबिनै सबा दुई अर्बको कारोबार !…………

बैशाख ५, २०७५  नेपाल आयल निगमले अर्बौ रुपैयाँको कारोबार गर्दा भ्याट र पान नियम उल्लंघन गरेको भेटिएको छ ।जुनसुकै सरकारी निकायले पाँच हजार रुपैयाँ भन्दा बढी कारोबार गर्दा मूल्य अभिवृद्धि कर(भ्याट) वा स्थायी लेखा नम्बर (पान) भएको व्यक्ति वा संस्थासंगमात्र कारोबार गर्नुपर्नेे नियम छ। तर, निगमका तत्कालिन कार्यकारी निर्देशक गोपाल खड्काले सवा दुई अर्ब रुपैयाँको जग्गा खरिद गर्दा पनि पान नम्बर नभएका व्यवसा...

सगरमाथा आरोहणका लागि क्याम्प खुला……….

०४ बैशाख २०७५,  सोलुखुम्बु – सगरमाथा आरोहणका लागि क्याम्प दुईसम्मको बाटो निर्माण भएको छ। सगरमाथाको आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो निर्माणको काम सम्पन्न भएको हो। गत चैत्र १८ देखि निर्माण सुरु गरेका समूहले (अप्रिल ११) अर्थात गत शुक्रबार क्याम्प दुईसम्मको बाटो बनाउने काम सकेको आईसफल डाक्टर आङसर्की शेर्पाले जानकारी दिए। शेर्पाले भने, ‘सगरमाथा आरोहणमा जान प्रयोग गरिने क्याम्प दुईसम्मको बाटो त नि...

क्यान्सर रोगी राधिका याक्खालाई याक्खा छुम्मा हङकङको सहयोग

१५ अप्रिल, हङकङ– क्यान्सर रोगी राधिका याक्खाको उपचार सहयोगार्थ किरात याक्खा छुम्मा हङकङद्धारा २ लाख ७३ हजार ३ सय ६८ रुपैयाँ आर्थिक सहयोग १५ अप्रिल आइतबार एक कार्यक्रम माझ विरामी राधिका याक्खा तथा उनका पति ईन्द्रजित याक्खालाई हस्तान्तरण गर्यो । उक्त आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा किरात याक्खा छुम्मा हङकङकी उपाध्यक्ष लिला देवान राई, साधारण सदस्य चन्द्रा राई देवान तथा किरात याक्खा छुम्मा के...

उपेन्द्र संगठन निर्माणतिर……….

बैशाख ४, २०७५  काठमाडौँ । सरकारमा सहभागि हुने विषयमा सहमति बन्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल आफ्ना सम्पूर्ण ध्यान संगठन निर्माणतिर लगाएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागि हुने निर्णय गरेको फोरम नेपालसँग सरकारले लिखित सहमति गर्न नमानेपछि सो दलले सरकारको विषयमा चासो समेत लिन छाडेको छ । चैत २३ गतेदेखि २९ गतेसम्म पार्टी कार्य सम्पादनको बैठक बसेर संघीय संरचना अनुसार पार्...

सुनिता गिरिले हात पारिन हङकङमा पारिजात पुरस्कार

नेपाली भाषा तथा साहित्य परिषद हङकङ को आयोजना तथा हङकङ नेपाली फाउन्डेसनको संयोजनमा सम्पन्न  हिजो आईतवार जोर्डन स्थित चुमलुङ हिममा आयोजित पारिजात स्मृति दिवसको अवसरमा सुनिता गिरि "पारिजात पुरस्कार" पुरस्कार हात पारेकी छिन। मनोनयनमा परेका नरजित राई "मनोबिम्ब", पुर्णिमा जी शाहको " सपनाको क्षितिज" लाई पछि पार्दै  हाङयुग अज्ञात, टंक सुब्बा र किसन राईको निर्णायक मन्डलले सुनिताको "माईतजाने बाटो" लाई पु...

सासंदलाई मुद्दा लागे स्वतः निलम्बन……….

बैशाख ४, २०७५   काठमाडौ–संघीय संसदका नियमवाली बन्ने क्रममा छन् । नियामावली बनिसकेपछि संघीय संसदमा कति संसदीय समिति बन्ने भन्ने टुङगो लाग्नेछ । यसका लागि दुई समितिले गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् । एमालेका सासंद कृष्णभक्त पोखरेलको संयोजकत्वमा गठित प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले त्यसको गृहकार्य गरिरहेको छ भने, राष्ट्रिय सभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङ नेतृत्वको सम...

शुरु भयो पार्टी एकता संयोजन समितिको बैठक……..

बैशाख ४, २०७५  काठमाडौं-एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा पार्टी एकता गर्न कार्यदलमा सहमति नजुटेका तीनवटा विषयमा सहमति जुटाउने प्रयास हुनेछ । बैठक नौ बजे सुरु हुने भनिएपनि १० बजेमात्रै सुरु भएको हो । आजको बैठक सहमति जुट्न सक्ने भएकाले चासोका साथ हेरिएको छ । एकता समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द...