काठमाडौँ विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालयलाई लक्षित गरी सोमवार साँझ साढे ८ बजे बम विष्फोट भएको छ । भारतीय दूतावासको विराटनगरस्थित सम्पर्क कार्यालय २०६५ सालमा कोशी बाँध फुटेको बेला बाँध बनाउन भन्दै स्थापना गरिएको थियो । कोशी बाँध निर्माण भइसके पनि अझै कार्यालय हटेको छैन । प्राप्त जानकारीका अनुसार विराटनगर महानगरपालिका वडानम्बर १३ मा रहेको सम्पर्क भारतीय दूतावासको सम्पर्क कार्या...
समाचार
संखुवासभा समाज हङकङद्धारा निवर्तमान कार्य समितिलाई विदाई
१५ अप्रिल, हङकङ– संखुवासभा समाज हङकङद्धारा सम्मान तथा विदाई कार्यक्रमको आयोजना गर्दै निवर्तमान कार्य समितिका पदाधिकारीहरुलाई जोर्डन स्थित कङ्गन रेष्टुरेण्ट एण्ड बारमा विदाई कार्यक्रम सम्पन्न गर्यो । समाजका वर्तमान अध्यक्ष टोप बहादुर याक्खाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि सल्लाहकार लालबहादुर गुरुङ रहेका थिए । त्यस्तै गरी समाजका सल्लाहकार एवं निवर्तमान अध्यक्ष कर्ण कोरङ्गी, सल्ल...
ओली र दाहालबीच वार्ता, एकताबारे निर्णय लिने……….
०३ बैशाख २०७५, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच अहिले 'वान अन वान' वार्ता सुरु भएको छ। बालुवाटार स्रोतका अनुसार पार्टी एकताको प्रयासका लागि उनीहरुबीच छलफल हुन लागेको हो। दाहाल आइतबार वार्ता स्थगित गरेर परिवारसँग बिदा मनाउन हिँडेपछि आइतबार बिहान हुने भनिएको छलफल स्थगित भएको थियो। सोमबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट...
अपांगतालाई प्रधानमन्त्री र मन्त्रीले नै भर्ना गराउन सकेनन् !……….
बैशाख ३, २०७५ प्रधानमन्त्री केपी ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत उचच् अधिकारीले शनिबार मुगुका १५ बालबालिकालाई विद्यालय भर्ना गराएर यस बर्षको भर्ना अभियान सुरु गरे । शिक्षा कार्यालय मुगुले १६ बालबालिका नौ छात्र र सात छात्रा लाई भना गराउन राताताल किनारमा भेला पारेको थियो । तीमध्ये एक थिए, छायानाथ धारा नगरापकिला ६ का अपांगता भएका सात बर्षीयाम पुन्नबहादुर कुलाल । प्रधानमन्त्री र मन्त्रीले १...
नियम विपरीत सेनालाई हेलिकप्टर खरिद……….
०३ बैशाख २०७५, काठमाडौं – नेपाली सेनाले तीनवटा हेलिकप्टर खरिद गर्दा व्यापक अनियमितता गरेको पाइएको छ। सेनाले प्रचलित ऐन मिचेर बिनाप्रतिस्पर्धा हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको ठहर महालेखा परीक्षकको कार्यालयले गरेको छ। अनियमित ढंगले हेलिकप्टर खरिद प्रक्रियामा संलग्न पदाधिकारीमाथि कारबाही गर्न सिफारिस गरेको छ। मन्त्रिपरिषद्बाट निर्णय गरी तोकिएभन्दा फरक स्पेसिफिकेसनको हेलिकप्टर खरिद गरेको मनासिब ...
लिम्बु भाषाको गीत “पालाम मिम्जिफूङ” युट्युवमा सार्वजनिक (भिडियो सहित)
१५ अप्रिल, हङकङ– किरात लिम्बु भाषामा रहेको गीत “पालाम मिम्जिफूङ” युट्युव मार्फत सार्वजनिक भएको छ । गायक आसराज बोखिम लिम्बु र गायिका मनु नेम्वाङको श्वर रहेको उक्त पालाम गीतको संगीतकार भने यादेन सेर्मा हुन् । उक्त पालाम गीतलाई गीतकार सुवर्ण नेम्वाङले लेखेका हुन् । युवराज राईद्धारा छायाङ्कन गरिएको उक्त पालाम गीतमा मनुता काम्वाङ ईवारम, दिप केरुङ र संगिता लावतीका साथै बाल कलाकारको रुपमा वारमफुङ योङ्हा...
अब विकास र समृद्धिमा लागौं……..
०२ बैशाख २०७५, सुर्खेत – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अधिकार प्राप्तीको आन्दोलन टुङ्गो लागिसकेकाले अबको समय विकास र समृद्धिको भएको बताएका छन्। प्रधानमन्त्री ओलीले तीन वटै तहमा सरकार गठन भइसकेकाले जनताको चाहना अनुसार विकास र समृद्धिको यात्रामा लाग्नुपर्ने बताए। तीन वटै तहका सरकार बनेका छन्, जनताको बलिदानिबाट लोकतन्त्र प्राप्त भएको छ’ आइतबार मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले वीरेन...
गाउँपालिकाको कार्यालयमा बम विष्फोट
काठमाडौ इलामको चुलाचुली गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले बम विष्फोट गराएको छ। विष्फोटबाट कार्यालयको पक्की सभाहलको छतमा प्वाल परेको र झ्यालका सिसा फुटेको समाचार प्राप्त भएको छ। गएराति ८ बजेतिर बाहिरपट्टिबाट छतमा बम विष्फोट भएको हो । बिष्पोटबारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । थप जानकारी आउन भने बाँकि छ ।...
के गर्दैछ नेपाल सरकार ?……..
बैशाख १, २०७५ काठमाडौं -द्वन्द्वग्रस्त मुलुक सिरियामा अमेरिका, ब्रिटेन र फ्रान्सले शनिवार विहान हमलागरेपछि गैरकानुनी रुपमा त्यहाँ नेपालीहरुको अबस्थावारे र उनीहरुको सुरक्षालाई लिएर चासो शुरु भएको छ । कति नेपाली छन् ? सरकारसँग यसको हिसाव छैन, किनभने सरकारले सिरिया वैध रूपमा जान प्रतिबन्ध लगाएको छ । तर, मानवतस्करहरुले ठूलो घनरासी कमाईको प्रलोभन देखाएर केही नेपाली सिरिया पुर्याको पाइएको छ । यो सख्याँ...
राराबाट हुम्ला पुगे प्रधानमन्त्री………
बैशाख १, २०७५ हुम्ला– प्रधानमन्त्री केपी शर्मा ओलीले आजैदेखि विकसित देश बनाउने प्रण गर्न अपिल गरेका छन् । बिहान राराबाट देशबासीको नाममा सम्बोधन गरेपछि हुम्लाको सिमिकोटमा पुगेका ओलीले त्यहाँ आयोजित सभालाई सम्बोधन गर्दै मुलुक सधैं पछाडि रहन नसक्ने बताए । अब देशलाई विकसित बनाइन्छ,’ प्रधानमन्त्रीले भने, ‘पछाडि परेको देशलाई विकसित बनाउने प्रण गरौं । प्रधानमन्त्रीले भूगोल जस्तोसुकै भए पनि सबै ठाउ“को मह...
मुगुको राराबाट देशवासीका नाममा सम्बोधन…………
०१ बैशाख २०७५, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियान सरकारको संकल्प भएको बताएका छन्। नयाँ वर्ष २०७५ को अवसरमा गर्दै प्रधानमन्त्री ओलीले नयाँ वर्षको आरम्भ कर्णाली प्रदेशबाट हुनुको एउटा अर्थ, हामी आज कहाँ उभिएका छौं, हाम्रो यात्रा कुन हो र हाम्रो गन्तव्य कहाँ हो भन्ने संकल्पलाई स्पष्ट पार्न भएको बताए। प्रधानमन्त्री ओलीले २०७४ साल, उथलपुथल र घटनापूर्ण सालको र...
गृह मन्त्रालयले दियो सात दिने निर्देशन……….
बैशाख १, २०७५ काठमाडाैं । गृह मन्त्रालयले घरेलु कामदारका रूपमा खटाएका प्रहरीलाई सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ । प्रहरीका उच्च अधिकारी, सरकारका बहालवाला मन्त्री, पूर्वमन्त्री तथा विशिष्ट व्यक्तिले ‘सुरक्षा थ्रेट’को कारण देखाउँदै प्रहरी कर्मचारी लिएर घरेलु काममा प्रयोग गरेको पाइएपछि गृहले यस्तो निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले दुरुपयोग गरिएका कर्मचारी सात दिनभि...















