२८ चैत २०७४, लमजुङ– सीताराम कामी बेसीसहरका आरन व्यवसायी हुन् । विहानदेखि साँझसम्म उनी आरन मै भेटिन्छन् । गाउँघरमा प्रयोग हुने हँसिया, बन्चरो, कोदालो बनाउँदा र अर्चाप्दैमा उनको दिन बित्छ । उनी भन्छन्, ‘आरन चलाउनुमा मलाई पछुतो छैन, न अन्तुष्ट छु। कामीको पुख्र्यौली घर धादिङ हो । २२ वर्षअघि धादिङबाट श्रीमती र ४ लालाबालासहित बेसीसहर आएका उने अहिले बेसीसहरमै घर घडेरी जोडेका छन् । आरनबाटै भएको आम्दानीले ...
समाचार
भेटियो नक्कली प्रमाणपत्र बनाउने कारखाना……..
चैत २८, २०७४ काठमाडौं–काठमाडौंको तारकेश्वर नगरपालिका–११ नेपालटार स्थित एक घरमा नक्कली सर्टीफकेट (प्रमाणपत्र) र विभिन्न सरकारी र तथा गैरसरकारी निकायको नक्कली कागजात बनाउने कारखाना नै भेटिएको छ । उक्त कारखानबाट नेपाल प्रहरीले दिने चालचलन रिपोर्ट सहित एसएलसी र उच्च माध्यमिक शिक्षा परिषद्ले जारी गर्ने गरेको नक्कली प्रमाणपत्र छाप्ने कार्यमा संलग्न तीन जनालाई नियन्त्रणमा लिईएको महानगरीय अपराध महाशाखाका...
प्रधानमन्त्रीद्धारा माथिल्लो तामाकोशी जलविद्युत आयोजना समयमा पूरा गर्न निर्देशन
काठमाडौ प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजना तोकिएकै समयमा पूरा गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा ऊर्जामन्त्री वर्षमान पुन अनन्तले पनि निर्धारित समयमै आयोजनाको निर्माण सम्पन्न हुनुपर्ने बताएका छन् । आयोजनाको निर्माण समयमै नसकिने देखिएपछि बुधबार स्थलगत निरीक्षणमा पुगेका प्रधानमन्त्री ओलीले निर्माण अवधि लम्बिदा दैनिक १ करोड ब्याज र विद्युत उत्पादनपछि प्र...
आईजीपी नियुक्तिबारे सरकार ‘अनिर्णीत’………
चैत २७, २०७४ काठमाडौं– सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रमुख (आइजीपी) नियुक्तिबारे आज निर्णय गर्न सकेन । नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजीपीको म्याद भोली अर्थात चैत २८ गते ३० वर्षे सेवाअवधिका कारण सकिने भएपछि आज बसेको मन्त्रिपरिषद बैठकले आइजीपी नियुक्ति गर्ने अपेक्षा गरिएको थियो । तर, आजको मन्त्रिपरिषद बैठकमा आईजीपीबारे कुनै निर्णय नभएको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल प्रसाद बास्...
प्रधानमन्त्रीको कार्यशैलीप्रति माओवादी मन्त्री असन्तुष्ट……..
चैत २७, २०७४ निर्णयहरू अपारदर्शी हुने गरेका छन्, प्रधानमन्त्रीको हस्तक्षेपजस्तो देखिएको छ, प्रधानमन्त्रीय पद्धति भएकाले हामीले सिधै ‘अब्जेक्सन’ गर्न गाह्रो भयो, अध्यक्षले नै कुरा गर्नुपर्यो – माओवादी मन्त्रीहरू प्रधानमन्त्रीले आफ्ना मन्त्रालयहरूमा अनौपचारिक हस्तक्षेप बढाउन थालेको भन्दै माओवादी मन्त्रीहरूले पार्टी नेतृत्वसमक्ष असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले पछिल्लो सचिव सरुवालगायत न...
भारत भ्रमणले सबै भ्रम टुटेका छन् ………..
२७ चैत २०७४, प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीनदिने राजकीय भ्रमणबाट फर्केपछि पनि उनको भ्रमणबारे विविध कोणबाट चर्चा-परिचर्चा भइरहेको छ। २०७२ असोज ३ मा नयाँ संविधान जारी भएपछि नाकाबन्दी लगाएको भारतले समेत आफ्नो नीति परिवर्तन गरिरहेको अर्थ धेरैले लगाएका छन् । प्रधानमन्त्री ओली पारस्परिक हित र सम्मानका आधारमा अघि बढ्नुपर्ने बताउँछन् । भ्रमणको मूल्यांकन कसरी गर्नुहुन्छ ? मैले भारत भ्रमणमा ज...
हङकङमा ३२ वर्षिय मचिन्द्र मादेनद्धारा आफ्नै बाबुको हत्या
९ अप्रिल, हङकङ– एक ३२ वर्षीय नेपाली युवा मचिन्द्र लिम्बू (मादेन) ले हङकङमा बाबुको हत्या गरेका छन् । उनलाई बाबुको हत्या आरोपमा गएराति नै याउमातेबाट प्रहरीले पक्राउ गरेको छ । तीनमध्ये जेठो छोरा र बाबुबीच आइतवार झगडा हुँदा छोराले धारिलो हतियारले बाबुको टाउको र खुट्टामा आक्रमण गरेको बताइएको छ। कोठामा अचेत अवस्थामा भेटिएका मृतकको उद्धारका लागि अग्नी नियन्त्रकहरुले ढोका फोड्नु परेको थियो। उपचारको लाग...
समृद्धिमा होला त सहकार्य ?………..
चैत २६, २०७४ नयाँदिल्ली — केही अपवादबाहेक सरकारको नेतृत्व गर्नेबित्तिकै नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत हुने गरेको छ, जुन परम्परालाई प्रधानमन्त्री केपी ओलीले पनि तोडेनन् । नेपालका नयाँ प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण आफ्नै मुलुकबाट होस् भन्ने चाहना भारतको पनि रहने गरेको छ । लामो राजनीतिक संक्रमणको अन्त्य, तीन तहको सफल निर्वाचन र संसदभित्र दुई तिहाइभन्दा बढीको समर्थनमा बनेको सरकार ...
बाल यौन दुराचारको आरोपमा डब्ल्युएचओका पूर्व सल्लाहकार ………
२५ चैत २०७४, काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) ले बाल यौन दुराचारको आरोपका एक विदेशीलाई पक्राउ गरेको छ। प्रहरीले काभ्रेको मण्डन देउपुर नगरपालिका १ बाट क्यानेडियन नागरिक पिटर जोन डाल्गिसलाई पक्राउ गरेको हो। बालकहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी बाल यौन दुराचार गरेको प्रहरीको आरोप छ। उनको कोठाबाट १२ र १४ वर्ष उमेरका २ जना पीडित बालकहरूलाई समेत उद्वार गरेको प्रहरीले जनाएको...
प्रधानमन्त्री ओलीलाई भारतमा मानार्थ विद्यावारिधिको उपाधि,आजै साँझ स्वदेश फर्कने
काठमाडौ तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको उत्तराखण्ड पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले विज्ञानमा पीएचडीको मानार्थ उपाधि प्रदान गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयमा आयोजित समारोहमा क्याम्पसका कुलपतिले ओलीलाई डाक्टर अफ साइन्सको मानार्थ उपाधि प्रदान गरेको हो । इन्दिरा गान्धी मानस्थलबाट विशेष विमानमा उत्त...
हङकङमा कवि चन्द्र रानाहँछाको एकल कविता वाचन सम्पन्न
२ अप्रिल, हङकङ– राष्ट्रिय कविता महोत्सव–२०७४ मा प्रथम उपाधी विजेता चर्चित कवि चन्द्र रानाहँछाको हङकङमा सशुल्क एकल कविता वाचन कार्यक्रम सम्पन्न भयो । हङकङ साहित्यिक साझा श्रृंखलाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कवि रानाहँछाले हङकङबासीहरु माझ आफ्ना १ दर्जन बढी नयाँ पुराना कविताहरु वाचन गरेका थिए । श्रृंखलाका संयोजक डी.बी.पालुङवाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कवि एवं हङकङ नेपाली महासंघक...
भाटभटेनी सुपरमार्केटमा आगलागी………
२५ चैत २०७४, बुटवल – बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ। उपमहानगरपालिका–८ सुख्खानगमा रहेको भाटभटेनीमा आइतबार बिहान करिब ४ बजेतिर आगलागी भएको हो। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका र नवलपरासीको रामग्राम नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी केशब भट्टराइले बताए। आगो नियन्त्रणका...
















