२९ अप्रिल, हङकङ– हङकङमा रहेर वर्षभरि उत्कृष्ट कार्य गर्ने दुई दर्जन विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान गर्दै हङकङ नेपाली महासंघको १९ औं वार्षिक उत्सव याउ तेई कम्यूनिटी हलमा सम्पन्न भयो । महासंघकी अध्यक्ष रिता गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली वाणिज्यदुतावास हङकङका महावाणिज्यदुत कमल प्रसाद भटृराई रहेका थिए भने कार्यक्रमको विशेष आकर्षण विशेष अतिथिका रुपमा रह...
समाचार
दलित बस्तीको पुनर्निर्माण अन्योलमा……….
१८ बैशाख २०७५, गोरखा - सरकारको ढिलाइ र आन्तरिक विवादले भूकम्पको केन्द्रविन्दु बारपाकस्थित दलित बस्तीको पुनर्निर्माण अन्योलमा परेको छ । भूकम्पलगत्तै सरकारले साबिक बारपाक गाविस–५ (हाल सुलिकोट गाउँपालिका–१) मा पर्ने डाँडागाउँ र गैरीगाउँको दलित बस्तीमा ‘जीवित संग्रहालय तथा भूकम्प स्मृति पार्क’ बनाउने योजना अघि सारेको थियो। सोही योजनाअनुसार बारपाकको मुख्य बस्तीभन्दा केही तल रहेको सरकारी जग्गामा दलित...
अनुसन्धानकर्ता नै आरोपित………..
१८ बैशाख २०७५, काठमाडौं – आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई ‘ट्र्याप’ मा पार्न प्रायः अपराध अनुसन्धानकर्ता प्रहरीले प्रयोग गर्ने ‘फन्दा’ ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा आफ्नै विरुद्ध प्रयोग हुने खतराले नेपाल प्रहरीभित्र आतंक उत्पन्न भएको छ। यो प्रक्रियामा एकथरी प्रहरी अपराध अनुसन्धान र अभियुक्त गिरफ्तारीका निम्ति क्रियाशील छन् भने अर्काथरी त्यही प्रकरणका सहयोगी। तस्करी र हत्...
नेपाली हवाई रुटमा पनि भारतको नियन्त्रण……….
बैशाख १७, २०७५ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमण (अगस्ट २०१४) का वेला राजनीतिक स्तरबाट टुंगो लागिसकेको भारतले नेपालतर्फ जहाज प्रवेश बिन्दु थपिदिने विषय अझै पनि टुंगोमा पुग्न सकेको छैन । त्यसवेला राजनीतिक स्तरमा सहमति भई प्राविधिक तहमा आइसकेको यो विषय साढे चार वर्ष नाघिसक्दा पनि टुंगिएको छैन । नेपालमा निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखराका लागि थप जहाज प्रव...
आज २५६२ औँ बुद्ध जयन्ती ………..
१७ बैशाख २०७५, काठमाडाैं - प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन्। नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई ६०० वर्षअ...
साढे ३३ किलो सुन प्रकरणमा डिएसपी केसी पक्राउ
मोरङ महानगरीय अपराध महाशाखाका तत्कालीन डिएसपी (प्रहरी नायब उपरीक्षक) प्रजित केसीलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ। तस्करीको साढे ३३ केजी सुन गायब प्रकरणमा हत्या गरिएका सनम शाक्यको शव बरामद गर्ने अपराध महाशाखाको तत्कालिन टोलीका डिएसपी प्रजित केसी पक्राउ परेका छन् । हराएको भनिएको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका विषयमा बयान दिन गृह मन्त्रालयले बनाएको छानबिन समितिले केसीलाई विराटनगर...
वैशाख २३ गते संघीय संसदको अधिवेशन हुने
काठमाडौं वैशाख २३ गते ४ बजे संघीय संसदको अधिवेशनका लागि आहृवान गरिएको छ। राष्ट्रपति कार्यालयद्वारा आइतबार संसद सचिवालयमा अधिवेशन आह्वानको पत्र पठाएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक २३ गते ४ बजे बस्ने छ । सरकारले वैशाख १४ गते राष्ट्रपति समक्ष वैशाख २३ गेत अधिवेश बोलाउन सिफारिस गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा ९३ बमोजिम रा...
बुद्ध जन्मस्थलमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन सुरु
लुम्बिनी लुम्बिनीमा आजदेखि अन्तराष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । ‘लुम्बिनी नेपाल: बुद्ध जन्मस्थल तथा बौद्ध दर्शन र विश्व शान्तिको मुहान’ भन्ने नारासहित शुरु सम्मेलनको पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले एक विशेष समारोहबीच उद्घाटन गरेका छन् । जन्मस्थलको विकास र बौद्ध दर्शनको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित सम्मेलनमा २३ देशका बौद्ध ज्ञाता तथा प्रतिनिधि सहभागी छ...
आशामा तीन वर्षदेखि टहरामा लाप्राकवासी……….
१४ बैशाख २०७५, लाप्राक (गोरखा) - गैरआवासीय नेपाली संघ (एनआरएन) ले घर बनाएर देला र पक्की घरमा छिट्टै बसौँला भनेर आश गरेका लाप्राकीको तेस्रो वर्षमा पनि सपना पुरा भएन। सरकारबाट अनुदान पाएका जिल्लाका अन्यत्रका धेरैजसो भूकम्प पीडितले तीन लाख लिएर नयाँ घर बनाईसके तर त्यहाँका पाँच सय ७३ घरधुरी टहरामै गुजारा चलाईरहेका छन्। एक वर्षसम्म घर कहाँ बनाउने भन्ने अन्यौल रह्यो, एनआरएनको आशमा दुई वर्ष बित्यो’ लाप्...
३३ केजी सुन प्रकरण………..
बैशाख १४, २०७५, २० पुस ०७३ मा विमानस्थलको गोल्डेन गेटबाट पार गराउँदै गरेको अवस्थामा ३३ केजी सुन बरामद भयो । एयर अरेबियाको जहाज प्रयोग गरी उक्त सुन दुबईबाट ल्याइएको थियो । सुन बोकेर आएका थिए, गोपालबहादुर शाही । प्रहरीले शाहीलाई पनि पक्राउ गर्यो । उनकै बयानका आधारमा विमानस्थल सुरक्षा गार्ड एसएसपी खत्रीसहित दीलबन्धु थापा, सन्तोष काफ्ले, रामहरि कार्की, श्रीनारायण यादव, राजकुमार ढकाल, श्यामक...
अब त्रिभुवन विमानस्थल २१ घण्टा…………
बैशाख १४, २०७५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ७ देखि २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ । अहिले बिहान ६ बजेदेखि राति साढे १२ बजेसम्म साढे १८ घण्टा मात्रै सञ्चालन हुँदै आएको छ । आजको कान्तिपुरको पहिलो पृष्ठमा खबर छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बिहीबार पर्यटन मन्त्रालयमा आयोजित सयदिने कार्यक्रम समीक्षामा २१ घण्टा उडान सञ्चालन गर्न चाहिने एटीसीलगायत जनशक्ति व्यवस्थापन भइसकेको...
सांसदले मागे ५० लाख………
१३ बैशाख २०७५, पोखरा– संघीय सरकारले प्रशासनिक खर्च र संरचना निर्माणको लागि पठाएको रकमबाट प्रदेशसभा सदस्यले ५० लाख रुपैयाँ माग गरेका छन्। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद विकास कोषको लागि भन्दै प्रदेशसभा सदस्यहरुले चालु आर्थिक वर्षको लागि सरकारले ल्याउन लागेको पहिलो बजेटबाट नै रकम छुट्याउनुपर्ने माग राखेका हुन्। बिहीबार आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशसभामा प...















