४, चैत २०७४ काठमाडौं - शेरबहादुर देउवा नेतृत्वको सरकारले समायोजनमा जान नचाहने कर्मचारीका लागि स्वैच्छिक अवकाशको आकर्षक प्याकेज ल्यायो । एकमुष्ट सात वर्षसम्मको पेन्सन सुविधा एकैपटक बुझेर घर जान पाइने भएपछि सेवाअवधि लगभग सकिन लागेका कर्मचारीलाई भनेजस्तै भयो । पियन र खरिदार मात्रै होइन, अधिकृतदेखि सचिवसम्मले अवकाशका लागि निवेदन दिए । ९ हजार ५ सय ९१ कर्मचारी स्वैच्छिक अवकाश लिन तयार भए । जबकि यी कर्...
समाचार
सुध्रिएला त न्यायालय ?………
०४ चैत २०७४, काठमाडौं – न्यायालयमा भर्खरै एउटा आँधीबेहरी गएको छ। र, त्यो आँधीबेहरीसँगै प्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमन भए पनि न्यायालय सुध्रिने उपायका विषयमा ढुक्क भइहाल्ने अवस्थाचाहिँ छैन। बेलाबेलामा न्यायालय सुधारका विषयमा चर्चा नभएको पनि होइन। यस विषयमा सर्वाेच्च अदालत, न्यायपरिषद्, न्यायसेवा आयोग, महान्यायाधिवक्ताको कार्यालयलगायत निकाय पनि चिन्तित नदेखिएका होइनन्। तर, देखिने गरी सुध...
बुद्धको जन्मस्थल प्रवेश गर्ने टिकट नै नक्कली…….
३, चैत २०७४ भैरहवा - आर्थिक विवादमा मुछिदै आएको लुम्बिनी विकास कोष यसपटक नक्कली टिकट विवादमा परेको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर प्रवेश गर्ने टिकट नै नक्कली फेला परेको छ । मन्दिर प्रवेशका लागि कोषले लुम्बिनी संरक्षण शुल्कबापत तेस्रो मुलुकका नागरिकलाई प्रतिव्यक्ति दुई सय रुपैयाँको टिकट तय गरेको छ । फागुन २७ गते थाई पर्यटक मायादेवी मन्दिर प्रवेश गर्ने क्रममा टिकट जाँच...
मन्त्रिपरिषद विस्तार, थपिए मन्त्रीहरू
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । शुक्रबार साँझ नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनीयताको सपथ समेत लिएका छन्। नेकपा एमालेबाट सात र नेकपा माओवादी केन्द्रबाट पाँच मन्त्रीहरू छन् । नेकपा एमालेबाट १) परराष्ट्र- एमालेबाट पार्टी सचिव प्रदीप ज्ञवाली २) श्रम तथा रोजगार- सचिव गोकर्ण विष्ट ३) पर्यटनम...
उपसभामुखमा एमालेकी तुम्बाहाम्फे निर्वाचित………
०२ चैत २०७४, काठमाडौं– उपसभामुखमा बाम गठबन्धनबाट एमालेकी शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकि छन्। प्रतिनिधि सभामा शुक्रबार भएको मतदानमा तुम्बाहाम्फेले २ सय १ मत प्राप्त गरि विजयी भइन् । उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा भुसालले ५८ मत प्राप्त गरिन् । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा २ सय ५९ मत खसेको यियो । सभामुखमा माओवादीका कृष्णबहादुर महारा निर्वाचित भएपछि उपसभामुख एमालेको भागमा प...
आजै सरकारलाई पूर्णता दिने तयारी……..
चैत २, २०७४ काठमाडौं - प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व सम्हालेको ३० दिनपछि शुक्रबार मन्त्रिपरिषदलाई ‘पूर्णता’ दिने तयारी गरेका छन्। आफ्नै पार्टी एमाले, माओवादी, संघीय फोरम र राजपासमेतलाई समेटेर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री ओली लागेका हुन्। यसका लागि उनले बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका नेताहरूसँग अनौपचारिक छलफल गरेका ...
पदमुक्त पराजुलीसँग राष्ट्रपतिले लिएको सपथ वैध कि अवैध ?………..
३० फागुन २०७४, काठमाडौं– न्याय परिषदले प्रधानन्यायाधीश गोपाल पराजुली पदमा बहाल रहने उमेर गएको साउन २१ मै सकिएको भन्दै पराजुली पदमा नरहेको पत्र सार्वजनिक गरेको केही मिनेट मै राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो कार्यकालका लागि पराजुलीबाटै लिएको सपथ वैध कि अवैध भन्ने प्रश्न उठेको छ । साउन २१ गतेदेखि अहिलेसम्म प्रधानन्यायाधीशको हैसियतमा गोपाल पराजुलीले गरेका कामको कानुनी मान्यता रहन्छ । कानुनी प्...
प्रमाणपत्रमाथि प्रमाणपत्र, के गरेको यो ?………
३० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरुबीच देखिएको विवादबारे मुख खोलेका छन् । बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका ओलीले भने, सर्वोच्च अदालतमा हेर्नुस् त, प्रधानन्यायाधीश र प्रधानन्यायाधीशको रोलक्रममा भएकाहरुको अवस्था । प्रधानन्यायाधीशको जन्ममिति विवादतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले देशका बीग ‘...
मुख्यसचिवको गाडीमा अस्तित्वमै नभएको नम्बर प्लेट ………..
३० फागुन , २०७४ काठमाडौँ । मुख्यसचिव अर्थात् निजामती सेवाका सर्वोच्च व्यक्ति । सम्पूर्ण कर्मचारीतन्त्रलाई नियमन र निरीक्षण गर्ने व्यक्ति । त्यसबाहेक प्रधानमन्त्रीसँग प्रत्यक्ष जोडिएर देशको नीति निर्माण तहमा काम गर्ने व्यक्ति । तर मङ्गलबार हामीले परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीले अवैध रातो नम्बर अर्थात् निजी नम्बर प्रयोग गरेर सरकारी गाडी चलाएको समाचार प्रकाशन गर्दैगर्दा प्रधानमन्त्री ...
विमान दुर्घटनामा छोरी गुमाएकी आमा………
३० फागुन २०७४ काठमाडौं । सोमबार सबैको ध्यान काठमाडौं मेडिकल कलेजतर्फ तानिएको थियो । अस्पत्ताल परिषर वरपर निकै भिड थियो । कोही चिच्याईरहेका थिए । कोही आँखा चिह्याएर जताजतै हेरिरहेका थिए । सोमबार बंगलादेशबाट काठमाडौं आएको एयर वंगलाको विमान दुर्घटनामा परी काठमाडौंकी सजना देवकोटा गम्भीर घाइते थिईन् । गम्भीर घाइते सजनाले केही समयमै आफ्नो प्राण त्यागिन् । घरमा उनलाई सबैले छोराजस्तै मान्थे । ‘उनी हाम्...
विमानस्थलभित्रै भएको जहाज दुर्घटनाले उब्जाएका सात प्रश्न
फागुन ३०, २०७४ काठमाडौं, १. धावनमार्गसँग पाइलट कति अभ्यस्त थिए ? पाइलटहरूका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राविधिक रूपमा विश्वका अन्य विमानस्थलको तुलनामा जोखिमपूर्ण मानिन्छ । खासगरी, अग्ला चुचुरा छिचोलेर उपत्यका प्रवेश गर्नुपर्ने र घना बस्तीको बीचमा छोटो दूरीको धावनमार्गमा जहाज उडान–अवतरण गर्नुपर्ने चुनौती हुन्छ । युएस–बंगला एयरलाइन्सको उडान नम्बर युबिजी २११ (डिएच८डी) जहाजको कमा...
अधुरै रह्यो हजुरआमाको उपचार गर्ने सपना……..
३० फागुन २०७४, काठमाडौं – काठमाडौं सतुंगलकी एन्जिलाश्रेष्ठले सोमबार बिहान करिब १२ बजे घरमा फोन गरेर आफू युए–बंगला एयरको विमानबाट नेपाल आउँदै गरेको जानकारी गराएकी थिइन् । चिकित्साशास्त्र अध्ययन लागि बंगलादेश गएकी एन्जिलाएमबिबिएस अन्तिम वर्षको परीक्षा दिएर नेपाल फर्कंदै थिइन् । ‘म दुई घण्टापछि काठमाडौं आउँदैछु, लिन आउनुहोला,’एन्जिलाले फोनमा बोलेको कुरा सम्झँदै उनका काका पुष्पमान श्रेष्ठले भने। द...
















