बैशाख २८मा प्रधानमन्त्री नरेन्द्र मोदी राजकीय भ्रमणमा नेपाल आउने

काठमाडौ भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदी बैशाख २८ गते दुई दिने राजकीय भ्रमणमा नेपाल आउने निश्चित भएको छ । दिल्लीले प्रस्ताव गरेको तिथि प्रधानमन्त्री केपी शर्मा ओलीले अनुमोदन गरेपछि मोदी सोही दिने नेपाल आउने पक्का भएको बालुवाटार श्रोतले जनाएको छ । आफ्नो कार्यकालमा मोदी तेश्रो पटक भारत आउन लाग्नु भएको हो । आगामी शुक्रबार चीन जान लागेका मोदी त्यहाँबाट फर्केको एक सातापछि नेपाल आउने...

नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक………..

बैशाख १०, २०७५   काठमाडौं -पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने बिषयमा छलफल गर्न आज नेपाल र भारतका अधिकारीवीच बैठक हुँदैछ । काठमाडौंमा शुरु हुने नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठकमा पञ्चेश्वर विकास प्राधिकरणको नीति तथा कार्यक्रम तथा आर्थिक विषयमा एकरुपता दिनेवारे छलफल हुनेछ । यो परियोजना २३ बर्षदेखि चर्चामा छ । तर, यसको काम भने अगाडि बढ्न सकेको छैन् । आयोजनाको विस्तृत परियोजना...

सुन तस्कर ‘गोरे’ लाई चिन्छु, ऊ मेरो साथीको छोरा हो ………..

बैशाख १०, २०७५  काठमाडौँ । करिब दुई साताअघि मात्र डिआईजीको बर्दी फुकालेका गोविन्द निरौलाले शायद कल्पना पनि गरेका थिएनन् उनी आफै प्रहरी हिरासतमा पुग्छु भनेर । तर, समयले उनलाई डिआईजीको बर्दी खोलेको ११ औं दिनमा हिरासतको बाटो देखाइदिएको छ । सोमबार बिहानसम्म महानगरीय प्रहरी वृत नयाँ बानेश्वरको हिरासतमा रहेका निरौलालाई मध्यान्ह जिल्ला अदालत बिराटनगर लगेर संगठित अपराध मुद्दामा म्याद थप गरिने बताइएको छ । ...

लाइभ गर्दागर्दै पत्रकारलाई गोली लाग्यो……..

१० वैशाख, काठमाडौं । पत्रकारहरु अक्सर छिटो सूचना दिने क्रममा कुनै कार्यक्रम वा घटनाहरुको प्रत्यक्ष प्रसारण गर्छन् । आजभोलि फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गर्ने चलन छ । यसैक्रममा निकारागुआमा एक पत्रकारको गोली लागेर मृत्यु भएको छ । निकारागुआमा सरकारविरुद्ध भइरहेको विरोध प्रदर्शनलाई फेसबुकबाट लाइभ प्रसारण गर्दागर्दै गोली लागेर एन्जेल गहोनाको घटनास्थलमै मृत्यु भएको हो । स्थानीय मिडियाका अनुसार उन...

ब्यानर विवाद……….

बैशाख १०, २०७५  कार्यक्रम सुरु गर्न दुई अध्यक्षको प्रतीक्षा थियो । अचानक हलभित्र होहल्ला सुरु भयो । कार्यक्रममा राखिएको मुख्य ब्यानरप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रका कार्यकर्ताहरू हुटिङ गर्न थाले । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस शीर्षक राखिएको ब्यानरमा केपी ओली र प्रचण्डको बाहेक पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्बिर थियो । लेनिन दिवसमा लेनिनको फोटो खोइ भन्दै नाराबाजी सुरु भयो ...

सरकारकै मिलेमताेमा सिन्डिकेट……….

वैशाख १०, २०७५   काठमाडौँ — सरकारकै संरक्षणमा लामो समयदेखि यातायात क्षेत्रमा सिन्डिकेट हुँदै आएको पाइएको छ । एक वर्षअघि कानुन आयोग र आपूर्ति मन्त्रालयले बनाएको प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार व्यवस्थापनसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा आपूर्ति मन्त्रालयले लुकाएको खुलेको हो । उक्त मस्यौदा पारित भएको भए सिन्डिकेट गर्ने व्यक्ति र समूह यतिबेला जेल सजाय भोगिरहेका हुन्थे । आयोगले ...

नेताका छोराछोरी रहरले असहाय ………..

बैशाख १०, २०७५  अभिभावकविहिन, असहाय र टुहुरा बालबालिकाको अभिभावकत्व लिइरहेको नेपाल बाल संगठन (बाल मन्दिर)ले यस्ता बच्चाहरुको छात्रवृत्ति कोटामा चरम दुरुपयोग गरेको जनाएको छ । पहुँचका आधारमा उक्त कोटा दुरुपयोग गर्दै कांग्रेस नेता एवं काठमाडौं क्षेत्र नं। १० बाट प्रदेशसभामा निर्वाचित सांसद् पुष्कर महर्जनले आफ्नी छोरीलाई निःशुल्क पढाइरहेका छन् । बाल संगठनको मुख्य कार्यालय रहेको नक्सालको १४ रोपनीभन्दा ...

यादवको घरमा बम विस्फोट……….

बैशाख ९, २०७५ ललितपुर । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम विस्फोट भएको छ । आइतबार साँझ यादवको ललितपुरको हात्तिबन स्थित घरमा बम विस्फोट भएको हो । लतिलपुर प्रहरीका प्रमुख एसएसपी गणेश ऐरले बम विस्फोट भएको पुष्टि गरे । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।...

पूर्व डिआइजी निरौला पक्राउ………

बैशाख ९, २०७५   काठमाडौं– ३३ किलो सुन प्रकरणमा सहभागि भएको आरोपमा पूर्व डिआइजी गोविन्द निरौला पक्राउ परेका छन् । गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा बनेको छानविन समितिले थप अनुसन्धानका लागि भन्दै पूर्व डिआइजी निरौलालाई वानेश्वरबाट नियन्त्रणमा लिएको हो । निरौला गत माघ ९गते काठमाडौं वानेश्वरस्थित रत्नराज्य क्याम्पस नजिकैबाट हराएको ३३ किलो सुन प्रकरणमा मुछिएका थिए । उक्त प्रकरणमा निरौला लग...

खुमलाटर बैठकले के गर्ला ?………

बैशाख ९, २०७५ काठमाडौं -एमालेसँग पार्टी एकताको विषयमा प्रचण्डले आन्तरिक परामर्श थालेका छन् । केी दिन यता प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँग लगातार संवाद गरेका प्रचण्डले आज एकताका विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएका थिए । बैठक आइतवार बिहान सात बजेदेखि प्रचण्ड निवास खुमलटारमा बसेको छ । बैठकमा अध्यक्ष प्रचण्डले एकतामा हालसम्म भएको प्रगतिबारे जानकारी गराउने छन्...

सम्पूर्ण कम्युनिष्टहरुलाई एकतामा लामबद्ध हुन अपिल…………

बैशाख ९, २०७५  काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको अवसरमा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले शुभकामना सन्देश जारी गर्दै देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् । पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा जारी सन्देशमा प्रचण्डले भनेका छन्, ‘पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको ऐतिहासिक अवसरमा हा...

विप्लव पार्टीको शैन्य वेशक्याम्प :…………..

बैशाख ८, २०७५  सिन्धुली -सिन्धुली प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बेशक्याम्प राखेर सैन्य तालीम चलाएको सूचना पाएको छ । आज पत्रकार सम्मेलन गरेर प्रहरीले विप्लव पार्टीले हरिहरपुरगढी गाउँपालिकामा पूर्वी कमाण्डको वेशक्याम्प बनाउन थालेको र नेत्रविक्रम चन्दले यही वैशाख ५ गते शैन्य तालीमको समापन गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरीले त्यस क्षेत्रमा थप अनुसन्धान गरिरहेको बताएको छ ।...