काठमाडौं - निर्वतमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व परिवर्तनको एजेण्डा उठाउनेहरुलाई पेलेरै केन्द्रीय कमिटी बैठक अगाडि बढाएका छन् । ललितपुरको जावलाखेलस्थित एक पार्टी प्यालेसमा आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा नेतृत्व परिवर्तनको वकालत गर्नेहरूलाई लिखित प्रस्ताव, उद्घाटन मन्तव्य, बैठक सञ्चालन प्रक्रिया लगायतबाट अस्वीकार गरेका छन् । सरकारी सुरक्षा बाहेक भूत...
समाचार
अझै झाँगिदै बजेट भुक्तानी गर्न असार कुर्ने प्रवृत्ति…..
काठमाडौं - सरकारले बजेट खर्चको भुक्तानी गर्न असार महिना कुर्ने प्रवृत्ति अझै झाँगिँदै गएको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार पछिल्लो ५ वर्षयता असार महिनामा मात्र विकास बजेटको औसत ३४.७९ प्रतिशत खर्च भएको छ । यस्तो प्रवृत्ति हट्नुको सट्टा अझ झाँगिँदै गएको समेत तथ्यांकमा देखिन्छ । अर्थ मन्त्रालय स्वयंले समेत आर्थिक वर्ष अन्तिममा पूँजीगत खर्च भुक्तानी अधिक हुने प्रवृत्ति सुधार गर्न नसकिएको स्वीका...
अमेरिकी पासपोर्ट पहिलो पटक टप–१० सूचीबाहिर…..
काठमाडौं - अमेरिकी पासपोर्ट पहिलो पटक विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरिएको छ। हेनले एण्ड पार्टनर्सद्वारा प्रकाशित हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार, २० वर्षमा यस्तो पहिलोपटक भएको हो । अब अमेरिकी पासपोर्ट १२औं स्थानमा पुगेको छ, जुन मलेसियाको बराबरी हो। अमेरिकी पासपोर्टवाहक नागरिक २२७ मध्ये १८० देशमा भिसा बिना प्रवेश गर्न सक्छ । सिंगापुरको पासपोर्ट सबैभन्दा शक्त...
पूर्वसभामुख महरामाथि थुनछेक बहस आज…..
काठमाडौं - काठमाडौं जिल्ला अदालतमा पूर्वसभामुख कृष्णबहादुर महरा माथिको थुनछेक बहस आज हुँदै छ । थुनछेक बहसपछि न्यायाधीशले उनलाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने आदेश सुनाउने छन् । सुन तस्करी प्रकरणका आरोपी महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले आइतबार पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते उनीविरुद्ध मुद्दा दर्ता पनि भएको थियो । उनीविरुद्ध ८ करोड ५५ ला...
क-कसले हडपेका छन् त्रिविको जग्गा ?…..
काठमाडौं - त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरभित्र रहेका जग्गाको लागि २०१३ सालदेखि विभिन्न समयमा अधिग्रहण भएकोमा पछि विभिन्न संघ संस्थले कब्जा गरेको पाइएको छ । शिक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार ५०५०-३-१-१ रोपनी क्षेत्रफल जग्गा रहेकोमा पछि अरुले कब्जा गरेको पाइएको हो । महेन्द्रकुमार थापा, जानकी बल्लभ अधिकारी, प्राध्यापक प्रेमसागर चापागाई र सुशीला अधिकारी रहेको छानबिन...
ओली र प्रचण्ड निवासका अतिरिक्त सुरक्षाकर्मीहरू फिर्ता…..
काठमाडौं - सरकारले दुई दिनअघि पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहालको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू फिर्ता गर्यो । सरकारले तोकेको मापदण्ड विपरीत सुरक्षाकर्मीहरू राखेको भन्दै गृह प्रशासनले उनीहरूको सुरक्षाकर्मी फिर्ता गरेको हो । गृहमन्त्रालय सम्बद्ध स्रोतले भन्यो, ‘यसबीचमा अरु कैयौं पूर्वपदाधिकारीहरूले पनि मापदण्ड विपरीत सुरक्षाकर्मीहरू लगेको मौखिक उजुरी र गुनासो आएको...
सरकार-दल संवाद खुलाउन राष्ट्रपतिको छहारी…..
काठमाडौं - जेनजी आन्दोलनले राजनीतिक दलहरूको सत्ता ढलेपछि चुलिएका राजनीतिक संकट सुल्झाउन राष्ट्रपतिको छहारी लाग्नुपर्ने अवस्था आएको छ । संवैधानिक राष्ट्रपति भएपनि उनले पछिल्लो संकटमा संविधानको र राजनीतिक व्यवस्थाकै रक्षाका लागि भन्दै राजनीतिक संवादहरूलाई सहजीकरण गरिरहेका छन् । त्यसैको पछिल्लो कडि बनेको छ, बिहीबार शीतल निवासमा आयोजित सर्वदलीय बैठक । जेनजी आन्दोलनपछि चुलिएको संकटबाट बाहिर आउन फाग...
चार जेनजी मन्त्री थपिँदै, सोमबारसम्म शपथको तयारी…..
काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अघि बढाएकी छिन् । प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार, आगामी सोमबारसम्म शपथ गर्नेगरी चार जना नयाँ मन्त्री नियुक्त हुन लागेका हुन् । शुक्रबार साँझ अनलाइनखबरलाई प्राप्त जानकारी अनुसार, मन्त्रीहरूको नाम टुंगो लागिसकेको छ । जेनजीहरूको प्रतिनिधित्व गरेर नयाँ मन्त्री हुनेहरूमा गणपतिलाल श्रे...
सडक नखुल्दा जलजला पुग्न पाएनन् पर्यटक…..
ढोरपाटन - अघिल्लो वर्ष दशैंमै आन्तरिक तथा बाह्य पर्यटक जलजला पुगेका थिए । यस वर्ष लामो वर्षा र सडक नखुल्दा अहिलेसम्म पर्यटक ढोरपाटन उपत्यका र बुकीपाटनबाटै फर्किने गरेका छन् । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजला बागलुङ र म्याग्दी जिल्ला दुवैतिरबाट जोडिएको छ । नजिकैबाट यहाँका दर्जनौँ हिमशृङ्खला र सूर्योदयको अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ । पाँच वर्ष अगाडिसम्म जलजला...
लिचीबारी घुस प्रकरण, केहीलाई मुद्दा, केहीलाई उन्मुक्ति…..
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटै घटना र श्रृङ्खलाबद्ध घुस लेनदेनको घटनामा केही निश्चित व्यक्तिहरूलाई मात्रै भ्रष्टाचार मुद्दा चलाएको छ । पोखराको लिचीबारी जग्गासँग सम्बन्धित घुस लेनदेन प्रकरणमा उस्तै आरोप लागेका र प्रमाण भएका केही व्यक्तिविरुद्ध मुद्दा चल्दा केहीलाई भने पछि अनुसन्धान गर्ने भनी अख्तियारले छाडेको हो । पोखराको लिचीबारी जग्गाको दर्ता प्रक्रिया मिलाउन अनुकूलको कर्म...
नेपालले कुवेतलाई ५८ रनले हरायो…..
काठमाडौं - ओमानमा सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार राति सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको हो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भयो । कुवेतका लागि क्लिन्टो अन्टोले सर्वाधिक २६ रन बनाए भने यासिन पटेलले १९ रन बनाए । नेपालका लागि ललित राजवंशीले ४ ओभरमा १७ रन दिएर २...
तत्काल नेतृत्व छाड्ने मनस्थितिमा छैनन् ओली…..
पोखरा - भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट सत्ता छाडेर नेपाली सेनाको ब्यारेकबाट बाहिर निस्किएका निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक प्रदेश र जिल्ला अध्यक्षहरूसँग बैठक गरेका छन् । जेनजी आन्दोलन र त्यसपछाडिको अवस्थाबारे बैठकमा प्रदेश र जिल्लाका अध्यक्ष तथा इन्चार्जहरूले सवाल पठाए भने कतिपयले नेतृत्व हस्तान्तरणको जेनजी आन्दोलनलाईसमेत सम्बोधन गर्नुपर्न...
- « Previous Page
- 1
- …
- 50
- 51
- 52
- 53
- 54
- …
- 471
- Next Page »
















