भारत–चीनबीच ५ वर्षपछि पुन: सीधा हवाई सेवा सुरु हुने…..

काठमाडौं -     भारत र चीनबीच पाँच वर्षपछि पुन: हवाई सेवा सुरु हुँदैछ । सिधा हवाई सेवा यही अक्टुबर महिनाको अन्त्यसम्म सुरु गर्ने सहमति दुई देशबीच भएको छ । दुबै देशका नागरिक उड्डयन प्राधिकरणबीच लामो समयदेखि भएको छलफलपछि एकअर्का देशमा सीधा हवाई उडान सञ्चालन गर्ने सहमति भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सीधा हवाई सेवा पुन: सञ्चालनले दुवै मुलुकबीच व्यापार, पर्यटन र रणनीतिक व्यावसायिक साझेदारील...

बीपी राजमार्गमा ६ दिन राति सवारी आवागमन निषेध…..

काभ्रेपलाञ्चोक -       भारी वर्षा र बाढी पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गको एक खण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ । जिप्रका काभ्रेले बिहीबार बिहान (असोज १६ गते) जारी गरेको सूचनाअनुसार २०८२ असोज १६ गते बिहीबारदेखि असोज २१ गते मंगलबारसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधनबाहेक...

अत्यावश्यक बाहेक यात्रा नगर्न विपद् प्राधिकरणको आह्वान…..

काठमाडौँ -     राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाँच प्रदेशमा चार दिनसम्म अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरेको छ । अत्यन्त जरुरी नभए यही असोज १७ गते शुक्रबारदेखि २० गते सोमबारसम्म यात्रा नगर्न अनुरोध गरेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन् । जल तथा मौसम विज्ञान विभागले चार दिनसम्म पाँच प्रदेशका विभिन्न जिल्लामा धेरै वर्षा हुने सूचना सार्वज...

पाँचथर समाज सेवा युकेको अध्यक्षमा नगेन्द्रराज नेम्बाङ निर्वाचित

२८ सेप्टेम्बर २०२५ आइतबार अल्डरसट युकेमा अवस्थित  सुसी मोटो रेष्टुरेन्टमा  सम्पन्न पाँचथर समाज सेवा युकेको नवौँ महाधिवेशनले नगेन्द्रराज नेम्बाङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । पाँचथरको इम्बुङमा जन्मिएका नेम्बाङ पूर्वगोर्खा हुन् । ब्रिटिस सैनिक सेवाबाट अवकाशपछि उनी ड्राइभिङ इन्स्टिच्यूटका प्रोपाइटर र मनोक्रान्ति टिम यूकेका टिम लिडर छन् । साथै उनी एभरेष्ट टाइम्स युकेको प्रबन्ध...

बढी भाडा असुल गर्नेलाई तत्कालै कारबाही गर्छौँ…..

काठमाडौँ-     ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले स्वीकृत एवम् कानुनको प्रतिकूल हुनेगरी निर्धारितभन्दा बढी भाडादर असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन् । चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालोबजारी गरेकोलगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले कानुन विपरीतका त्यस्ता क्रियाकला...

ओली, लेखकलगायतको राहदानी रोक्काप्रति कांग्रेसको आपत्ति…..

काठमाडौं -    नेपाली कांग्रेसले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक सहितका व्यक्तिहरूको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। कांग्रेसका पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस वक्तव्य निकालेर सरकारले राहदानी रोक्का गर्ने र आफ्‌नै मुलुकभित्र पनि आवतजावत गर्न निषेध गर्ने किसिमका राजनैतिक प्रतिशोधपूर्ण निर्णय गर्न थालेको भनेर विरोध...

बाहिरिने बेला सक्रिय हुँदै मनसुन…..

काठमाडौं -     दशैंको टीकाको भोलिपल्टदेखि नेपालमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसमविदहरुले अनुरोध गरेका छन् । यस वर्षाले बाढी, पहिरो, डुबान, कटान र बालीनालीमा क्षति पुर्‍याउने सम्भावना छ । मौसम पूर्वानुमानमा प्रयोग गरिने तीनवटै मोडेलहरुले अक्टुबर ३ अर्थात् असोज १७ गते शुक्रबारदेखि सुरु हुने प्रणालीको असरले नेपाल र छिमेकी देशहरुमा भारीदेखि अति भारी वर्षा हुने संके...

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेन्डासहित माओवादी चुनावमा…..

काठमाडौँ -      नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागिता जनाउने निर्णय भएको भन्दै मातहतका कमिटीमा सर्कुलर पठाएको छ। पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई आफ्नो मुख्य एजेन्डाको रूपमा अघि सारेको छ। पार्टीको असोज ९–१० गते कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न आठौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठकको निर्णयअनुसार सर्कुलर प्राप्त भएको ...

जाँचबुझ आयोगका अध्यक्ष कार्कीमाथि किन उठ्यो नैतिक प्रश्न?…..

काठमाडौं-     गत २३ र २४ भदौको जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्की विवादमा तानिएका छन्। जेनजी आन्दोलन चलिरहेकै बेला उनले सामाजिक सञ्जाल (फेसबुक र एक्स)मा लेखेका स्टाटसलाई लिएर उनको नेतृत्वमा हुने छानबिन माथिको निष्पक्षतामा प्रश्न उठेपछि उनी विवादमा तानिएका हुन्। विशेष अदालतका पूर्वअध्यक्ष समेत रहेका कार्कीले जेनजी युवा आन्दोलनको पक्ष लिँदै राजनीतिक द...

दसैँ मनाउन २४ घण्टामा १ लाख ११ हजार यात्रु बाहिरिए…..

काठमाडौँ -      पछिल्लो २४ घण्टामा दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले यो तथ्याङ्क आइतबार बिहानदेखि सोमबार बिहानसम्मको भएको र आज बेलुकासम्मकै विवरण भने भोलि मात्रै उपलब्ध हुने जानकारी दिए । ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्क अनुसार, घटस्थापना (असोज ६ गते) देखि आज बि...

प्रदेश मन्त्रालय हटाएर जनकपुर चुरोट कारखाना सञ्चालन गर्न जेनजीको माग…..

काठमाडौँ -     लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना (जचुका) लाई पुनः सञ्चालन गर्न माग गर्दै युवाहरूको एक समूहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई ज्ञापनपत्र बुझाएका छन् । देशको महत्त्वपूर्ण उद्योगको रूपमा रहेको कारखाना बन्द हुँदा किसान, मजदुर र समग्र प्रदेशको अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । ज्ञापनपत्रमा कुनै समय देशको ...

आज दशैंको फूलपाती भित्राइँदै…..

काठमाडौं -      बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ । नवपत्रि...