दलका घोषणापत्रमा हावादारी आश्वासन…..

काठमाडौं-   राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा रोजगारीको एजेण्डालाई पनि प्राथमिकताका साथ उठाएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ल्याएका घोषणापत्रमा अन्य विषयका अतिरिक्त रोजगारी सिर्जनाका एजेण्डा पनि समेटिएका छन् । दलहरुको घोषणापत्रमा आगामी ५ वर्षभित्र स्वदेशमै रोजगारीको अवस्था सिर्जना गरेर वैदेशिक रोजगारीमा ज...

दक्षिण कोरियाली राजधानी सोलमा शनिबार राति भएको भागदौडमा १५३ को मृत्यु…..

सोल — रात्रिकालीन रमझममा रमाउने थलो हो– दक्षिण कोरियाली राजधानी सोलको इथेवन । यहाँ अनगिन्ती डान्सबार र डिस्कोथेक छन् । विदेशीलाई समेत आकर्षित गर्ने यो ठाउँको तामझाम कोरोना महामारीपछि लगभग हराएको थियो । तीन जनाभन्दा बढी भेला हुन नपाउने र बेलुकी ९ बजे नै रेस्टुरेन्ट, बार, डिस्कोथेक बन्द गर्नुपर्ने नियम सरकारले लगाएको थियो । झन्डै तीन वर्ष कडा नियममा बसेको इथेवनमा नयाँ राष्ट्रपति आएसँगै कोरोना संक्रम...

आज छठपर्वको अन्तिम दिन…..

काठमाडौं- आज छठ पर्वको अन्तिम दिन रहेको छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिनेछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइन लागिएको हो । उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुले ब्रत तोड्नेछन् । सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थी...

नेपाल संवत्‌ले राष्ट्रिय एकता सुदृढ गर्न मद्दत पुग्ने…..

काठमाडौं-    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४३ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् । उनले शुभकामना सन्देशमार्फत राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने मौलिक राष्ट्रिय संवत् भएको उल्लेख गर्दै यस संवत्‌काे पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदाबाट...

समानुपातिक बन्दसूचीबाट आयोगले नाम हटाइँदै…..

काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीबाट कम्तीमा ३ सय ८५ जनालाई हटाउने भएको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण शनिबारसम्म नबुझाएका उम्मेदवारको नाम आयोगले हटाउन लागेको हो । दुवै सभाको बन्दसूचीमा नाम भएकामध्ये ४ सय ३९ जनाले समयमै निर्वाचन खर्च विवरण नबुझाएको पाइएको थियो । आयोगले उनीहरूलाई शनिबारसम्म जरिवाना बुझाउने...

नेपालमा होली वाइनका नाममा बदनाम…..

काठमाडौं-     जापानका प्रधानमन्त्री फुमियो किशिदाले पुन युनिफिकेशन चर्चमाथिको अनुसन्धानलाई तीव्रता दिन आग्रह गरेका छन् । यसअघि आफ्ना पार्टीका सांसदहरूलाई सो समूहबाट बाहिरिन निर्देशन दिइएको भए पनि आम असन्तुष्टि कम नभए पछि जाँचको आदेश दिइएको हो । गत जुलाई ८ मा जापानको इतिहासमा सबैभन्दा लामो शासन गरेका शिन्जो आबेको हत्यामा चर्चको संलग्नता रहेको खुलेपछि चर्च अनुसन्धानको केन्द्रमा छ । अनुसन्धानदाताका अ...

एमालेमा निर्वाचनमा उम्मेदवारी छनोटमा भेदभाव…..

काठमाडौं-      नेकपा एमालेमा ओली समूह ‘ए’, माधवकुमार नेपालको साथ छाडेर एमालेमै रहेका १० भाइ ‘बी’ र पूर्व माओवादी समूहलाई ‘सी’ ग्रेड राखेर वर्गीकरण गरिएको हाल एमालेमै रहेका एक पूर्वमाओवादी नेताले जनाएका छन् । आसन्न निर्वाचनमा उम्मेदवारी छनोटमा भेदभाव भएको तर्कसहित उनको भनाइ छ, ‘उम्मेदवारको योग्यता, क्षमता र लोकप्रियतामा ध्यान दिइएन । वर्गीकरणका आधारमा टिकट दिइयो । जसरी राणा शासन राणाहरुकै वर्गीकरण ...

चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलन…..

काठमाडौं-       चीनको सत्तारुढ कम्युनिष्ट पार्टी (सीसीपी) का शीर्ष नेताहरू आइतबारदेखि सुरु भएको र सात दिनसम्म चल्ने २० औँ राष्ट्रिय सम्मेलनको लागि ग्रेट हल अफ पिपुल्समा भेला भएका छन् । सम्मेलनमा कैयौँ गोप्य बैठकपछि शक्तिशाली पदहरू र समितिको नेतृत्व र सदस्यहरु फेरबदल हुनेछन् । यही भेलाले सी जिनपिङलाई तेस्रो कार्यकालका लागि पुनः नियुक्ति गर्ने बताइएको छ । भेलामै आगामी पाँच वर्ष पार्टीले लिने दिशाबार...

चुनावी संघारमा नौ थरी व्यापारका लाइसेन्स…..

काठमाडौँ — निर्वाचन आचारसंहिता लागू भइसकेपछि पनि धितोपत्र बजार, वस्तु बजार, धितोपत्र ब्रोकर, बिमा कम्पनीलगायत क्षेत्रमा लाइसेन्स वितरण गर्न लागेको विषयमा निर्वाचन आयोगले सरकारलाई स्पष्टीकरण सोधेको छ । आयोगले शनिबार पत्र लेखेर अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र बिमा समितिलाई तीन दिनभित्र जवाफ पठाउन भनेको हो । निर्वाचन आचारसंहिताविपरीत कार्य रोक्न आवश्यक आदेश जारी गर्न माग गर्दै शुक्रबार उपभोक्ता हित ...

निलम्बन फुकुवासँगै पाकिस्तानी फुटबल टोली नेपाल आउने…..

काठमाडौँ — पाकिस्तानी फुटबल टोली मैत्रीपूर्ण खेलका लागि एक महिनापछि नेपाल आउने भएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले पकिस्तानी टोलीमाथि गरेको निलम्बन फुकुवा गरेसँगै उक्त टोली मध्य नोभेम्बरमा नेपाल आउने भएको हो । यसका लागि उक्त टोलीले पाकिस्तानको लाहोरमा ६ हप्ताको तालिम गरेको छ । पाकिस्तान फुटबल महासंघले बिहीबार यसबारे जानकारी दिएको हो । पाकिस्तानी टोली मध्य नोभेम्बरमा नेपालसँग प्रतिस्पर्ध...

उम्मेदवारी फिर्ता लिने आज दिउँसो १ बजेसम्म…..

काठमाडौं-     आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन् । आयोगले आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक तयारी गरेको छ । अन्तिम...

युक्रेनमा रुसको भीषण आक्रमण…..

काठमाडौं -   सोमबार बिहानदेखि रुसले युक्रेनका विभिन्न सहरमा मिसाइल आक्रमण गरेको छ । युद्ध सुरु भएयता पहिलो पटक युक्रेनको राजधानी किभको मध्यभागमा लामो दुरीका क्षेप्यास्त्र आक्रमण भइरहेको छ । युक्रेनका ल्वीव, तर्नोपिल, इभानो-फ्रान्किभस्क, झाइतोमिर, नीप्रो, खार्किभ, कोनोटोप, ओडेसा र क्रेमेनचुग जस्ता शहरहरूबाट शक्तिशाली विस्फोटको आवाज सुनिएको छ। यी आक्रमणहरू सोमबार बिहानैदेखि सुरु भएका थिए। बीबीसी सेव...