चितवन - नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो । उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो । निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन । बिहान उज्यालो भए...
समाचार
कमजोर बन्दै मनसुन, छैन भारी वर्षाको सम्भावना…..
काठमाडौँ - हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र ग...
घर ध्वस्त भएपछि आफन्तको शरणमा नेताहरू…..
बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीको सन्धिखर्क – १ हटारिमास्थित घरमा आन्दोलनकारीहरूले भदौ २४ गते आगजनी र तोडफोड गरे । श्रीमती दीपा आचार्यले लामो समय शिक्षक पेसामा रहेर बनाएको उक्त घर आन्दोलनकारीले क्षणभरमै ध्वस्त पारे । केही दिन आफन्तकहाँ बसेपछि दीपा अहिले मुख्यमन्त्री निवास दाङ देउखुरी पुगेकी छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेका अनुसार उक्त घरमा ...
राज्यको सम्पत्ति पार्टीकरण हुँदा आक्रमणको निशानामा…..
काठमाडौं - राज्यको डेढ अर्ब रुपैयाँ खर्च गरी झापाको दमकमा भ्यू टावर बनाइयो । स्रोत दुरुपयोगको व्यापक आलोचना बीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो संरचनाको परिकल्पना मात्र गरेनन्, बनाएरै छाडे । एमाले वर्गबाहेक यो टावरलाई राज्यको सम्पत्तिका रूपमा स्वीकार गर्ने समूह थोरै थियो । सोही कारण यसलाई कतिपयले ‘ओली टावर’ पनि भने । २४ भदौको आन्दोलनमा यो टावर आन्दोलनकारीको निशानामा पर्यो ।...
मनाइँदै संविधान दिवस, सैनिक मञ्चमा झाँकी नहुने…..
काठमाडौं - संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् । नेपाली जनताको लामो बलिदानी...
कारखाना ध्वस्त, के हुन्छ इम्बोस्ड नम्बर प्लेट जडान ?…..
काठमाडौँ - लामो समयदेखि विवादित इम्बोस्ड नम्बर प्लेट असोज १ गतेदेखि अनिवार्य रूपमा जडान गर्ने सरकारी योजना थियो । तर भदौ २३ र २४ गतेको आन्दोलनले यसको कार्यान्वयन अनिश्चिकालका लागि स्थगित भएको छ । आन्दोलन र तोडफोड तथा आगजनीले यातायात व्यवस्था विभागमा ठुलो क्षति पुर्याएको छ । गत साउन २० गते असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य जडान गर्ने निर्णय भएको थियो । जडान नगरे सवारी दर्ता, नामसार...
आगजनी र तोडफोडबाट १० हजार बढी श्रमिकको रोजगारी गुम्ने जोखिम…..
काठमाडौं - २४ भदौको जेनजी आन्दोलन नियन्त्रणबाहिर पुग्दा देशभरि आगजनी र तोडफोडका घटनाहरू भए । आन्दोलनका क्रममा सरकारी संरचना मात्र नभई निजी व्यावसायिक समूहका उद्योग, व्यवसाय र निजी निवासमा समेत आगजनी र तोडफोड हुँदा व्यापक क्षति हुन पुग्यो । आगजनी र तोडफोडको प्रत्यक्ष असर उद्योगी एवं व्यवसायीलाई मात्रै परेको छैन, त्यसमा आश्रित १० हजारभन्दा बढी श्रमिकको रोजगारी गुम्ने जोखिम देखिएको छ । आगजानी र ...
‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउने…..
काठमाडौं - सरकारले जेनजी प्रदर्शनको क्रममा क्षति भएका भवन मर्मत तथा पुनर्निर्माणका लागि ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउने भएको छ । सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण सुरु गर्ने सरकारको योजना छ । सिंहदरबार परिसरमा क्षति पुगेका संरचनाको स्थलत निरीक्षण गर्दै मन्त्री कुलमान घिसिङले सो जानकारी दिएका हुन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक योजना तथा य...
इजरायलले मच्चाएको नरसंहारबाट बच्न घर छाड्दैछन् प्यालेस्टिनी…..
काठमाडौं - इजरायली सेनाले गाजा सिटीमाथि नियन्त्रण जमाउने उद्देश्यले गरिएको ठूलो आक्रमणअन्तर्गत उसले स्थल अभियान सुरु गरिसकेको जनाएको छ । योसँगै हजारौं परिवार गाजा सिटी छोडिरहेका छन्। बीबीसीका अनुसार, तीन सन्तानकी आमा समेत रहेकी सहरको शेख रदवान क्षेत्रकी बासिन्दा ३२ वर्षीया लीना अल-मगरेबीले खतरा हुँदाहुँदै पनि उनले पहिले आफ्नो घर छोड्न अस्वीकार गरेकी थिइन् । तर उनलाई एक इजरायली अधिकारीले घर खाल...
बिपी राजमार्ग आजदेखि २४सै घण्टा सञ्चालन…..
काठमाडौं - यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्ग आजदेखि २४सै घण्टा सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको थियो । यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपन...
आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा…..
काठमाडौं - सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ । भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रभममा कम्तिमा ७२ जना युवाको मृत्यु भएको थियो । उनीहरुको सम्मानमा यही भदौ ३० गतेको अन्तरिम सरकार मन्त्रिपरिषद बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेको थियो । सो निर्णय अनुसार आज नेपालभरका सरकारी कार्यालय, विद...
काठमाडौंमा कति जले सरकारी गाडी ?…..
काठमाडौं - जेनजी युवाको प्रदर्शनको क्रममा काठमाडौंमात्रै एक हजार बढी सरकारी सवारी साधनमा आगजनी भएको प्रारम्भिक तथ्यांक छ । विभिन्न सरकारी निकायहरुको प्रारम्भिक विवरण अनुसार आगजनीबाट ४४१ वटा चारपांग्रे तथा ६०१ वटा दुईपांग्रे गरी १ हजार ४२ वटा सवारीसाधन नष्ट भएका हुन् । दुईपाङ्ग्रे सवारी साधन त नगन्य संख्यामा आगजनी भएको अधिकारीहरुले बताएका छन् । आन्दोलनको क्रममा सरकारी र निजी सवारी साधनहरुमा भएक...
- « Previous Page
- 1
- …
- 55
- 56
- 57
- 58
- 59
- …
- 471
- Next Page »
















