राष्ट्रपतिको कदमबारे सत्ता गठबन्धनबीच छलफल…..

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि सत्तागठबन्धन अब के गर्ने भन्ने छलफलमा छ । बिहान बसेको बालुवाटारको बैठकबाट गठबन्धनका चार दलले राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष निकालेर विज्ञप्ति जारी गरेका छन् । बालुवाटार बैठकमा उनीहरुबीच अबको कदमबारे दुई विकल्पमा छलफल भएको स्रोतले जनाएको छ । पहिलो विकल्प रुपमा राष्ट्रपतिले संविधा...

सिभिल सहकारीको नाममा किनिएको जग्गा व्यक्तिको नाममा…..

काठमाडौं-    सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका नामा विभिन्न समयमा किनिएका जग्गा तथा भवन व्यक्तिको नाममा पुगेको पाइएको छ । सहकारीले पैसा तिरेर किनेको सुन्धाराको सिभिल मल र सिटिसी मल तथा सोल्टीमोडको आफ्नै भवन पनि संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङको स्वामित्वमा पुगेको हो । सिभिल सहकारी पीडितहरूका अनुसार काठमाडौँको सुन्धारामा रहेको १२ रोपनी जग्गा र त्यसमा बनेको सिभिल बिजनेस कम्प्लेक्स भवनको ५०...

आईतबार सर्बच्चो अदालतमा हंगामा…..

काठमाडौं -    ६ महिना लामो निलम्बनपछि आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत आउने तयारीमा थिए । महाभियोगको प्रस्तावबारे टुङ्गो नलाग्दै संसद्को कार्यकाल सकिएपछि महाभियोग पनि निष्क्रिय भएको भन्दै जबरा आइतबार सर्वोच्च आउन लाग्दा सरकारले नै जबरालाई रोकेको छ । शनिवार रातीबाट संसद्‍को कार्यकाल सकिएसँगै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबार बिहानै सर्वोच्चका का...

चोलेन्द्रको सम्पत्ति छानबिन गर्न अख्तियारलाई पत्र…..

काठमाडौं -    महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउनुपर्ने आधार र कारणसहितको प्रतिवेदन सभामुखसमक्ष बुझाएको छ । यसअघि सो प्रतिवेदनलाई समितिले बहुमतको आधारमा पारित गरेको थियो । प्रतिवेदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ८ बुँदे फरक मत राखेको छ । प्रतिवेदनमा केही विषयमा थप अध्ययन, अनुसन्धान अझै गर्नु पर्ने देखिएको तर यस संसद्मा पर्याप्त समय अभाव भ...

अछाममा पहिरोले पुरिएर २१ को मृत्यु, २ बेपत्ता…..

अछाम — तीन दिनदेखिको झरीसँगै शुक्रबार राति खसेको पहिरोले घरभित्रै च्यापिएर अछामका ४ ठाउँमा २१ जनाको मृत्यु भएको छ । २ जना बेपत्ता छन् । निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार शनिबार साँझसम्म तुर्माखाँद गाउँपालिका–५ नाडामा आठ जनाको शव फेला परेको छ । त्यहाँ एक जना अझै बेपत्ता छन् । ढकारी–६ ढुंगाचाल्नामा एक जनाको शव फेला परेको छ । एक जना बेपत्ता छन् । कमलबजार नगरपालिका–६ हात्तीबाँझमा ७ र ...

भारतलाई १-० ले हराउँदै नेपाल फाइनलमा…..

काठमाडौँ — साफ वुमेन्स च्याम्पियनसिप २०२२ को फाइनल नेपाल र बंगलादेशबीच हुने भएको छ । नेपालले दशरथ रंगशालामा भएको रोमान्चक दोस्रो सेमिफाइनलमा भारतलाई १-० ले हराएर उपाधि भीडन्तसम्म पुगेको हो । उपाधिको भीडन्त सोमबार हुनेछ । यस क्रममा प्रतियोगिताले नयाँ च्याम्पियन पाउनेछ । प्रतियोगिताकै इतिहासमा भारत फाइनल नपुगेको यो पहिलो पल्ट हो । नेपालले भने पाँचौँपल्ट फाइनल खेल्नेछ। भारतको यो लगातार दोस्रो हार हो ...

५८१ कित्ताका घरमा डोजर चल्ने…..

काठमाडौं -       टुकुचा मिचेर संरचना बनाइएको ५८१ वटा कित्ताका जग्गा र त्यहाँ बनेका घरमा डोजर चल्ने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार चण्डोलदेखि थापाथलीसम्म टुकुचा खोला अतिक्रमण भएका ५८१ कित्ता जग्गा तथा त्यहाँका घरमा डोजर चल्ने भएको हो । शहरी विकास मन्त्रालयले तयार पारेको टुकुचा खोला करिडोर व्यवस्थापनसम्बन्धी प्रतिवेदनलाई काठमाडौं महानगरपालिकाले स्वीकार गर्दै सोही योजना अनुसार टुकुचा खोला कर...

गायब टुकुचा खोला फेला पारेको छ…..

काठमाडौँ — जय नेपाल हलको कम्पाउन्डमा १५ फिट खन्नेबित्तिकै टुकुचा खोला भेटिएको छ । काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको कम्पाउन्ड भत्काउने क्रममा टुकुचा खोला फेला पारेको हो । महानगरपालिकाले नक्साअनुसार गरेको मार्किङका आधारमा उत्खनन गर्दा जय नेपाल हलको कम्पाउन्डमा १५ फिट गहिरो खन्दा टुकुचा खोला भेटिएको जनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा गायब थियो । विग...

अग्निपथबारे बोले भारतीय सेनाध्यक्ष पाण्डे…..

काठमाडौं -    भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेले अग्निपथ योजनाबारे नेपालले समयमा निर्णय नलिए गोर्खा सैनिकको लागि छुट्याइएको कोटा फिर्ता लिन बाध्य हुने चेतावनी दिएका छन् । भारतले यस्तो निर्णय लिए दुई देशको सम्बन्धमा असर पर्ने टिप्पणी भइरहेको बेला उनको धारणा आएको हो । भारतमा बुधबार युनाइटेड सर्भिस इन्स्टिच्युशन अफ इण्डियाले आयोजना गरेको कार्यक्रममा बोल्दै सेनाध्यक्ष पाण्डेले अग्निपथ योजनाबारे नेपा...

खुले उत्तरी नाका, केरुङ नाका हुँदै नेपाल भित्रिए कन्टेनर…..

रसुवा‚ सिन्धुपाल्चोक — चीनको स्वशासित क्षेत्र तिब्बतमा गरिएको लकडाउनका कारण बन्द रसुवागढी र तातोपानी नाका खुलेका छन् । तातोपानीमा रोकिएका कन्टेनर शनिबारदेखि र केरुङमा रोकिएका कन्टेनर बिहीबारदेखि नेपाल भित्रिन थालेका हुन् ।  तिब्बत क्षेत्रमा कोरोना संक्रमण बढेपछि चीनले गत साउन २२ देखि रसुवागढी नाकाबाट हुने निर्यातमा रोक लगाएको थियो । नाका ठप्प हुँदा दसैं र तिहारका लागि आयात गरिएका करोडौं मूल्यका सा...

ठूलाबडा को सवारीमा साना लाई सास्ती…..

विदेशबाट कोही अति विशिष्ट पाहुना नेपाल आउँदा दुई मुलुकबीच के संवाद–सहमति हुन्छ भन्ने चासोभन्दा पनि अब कति ट्राफिक अस्तव्यस्त हुने हो भन्ने चिन्ता राजधानीवासीमा बढ्ने गरेको छ । त्यो किन भने, उच्च ओहोदाका विदेशी पाहुनाका भ्रमणका क्रममा पूरै काठमाडौंको सवारी प्रणाली प्रभावित तुल्याइन्छ । अहिले नै पनि, नेपालको चारदिने भ्रमणका क्रममा सोमबारदेखि काठमाडौंमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको स...

११ हजारभन्दा बढीमा संक्रमण, ११ जनाको मृत्यु…..

काठमाडौँ — डेंगु संक्रमण बढी देखिएका स्थानमा लामखुट्टेको फुल र लार्भा नष्ट नगरिए संक्रमण अझ बढ्ने विज्ञहरूले बताएका छन् । अहिलेकै अवस्थामा संक्रमण मत्थर नहुने र आगामी वर्ष अझ व्यापक रूपमा संक्रमण देखिन सक्ने उनीहरुको भनाइ छ । उपत्यकालगायतका ठाउँमा लामखुट्टेको फुल र लार्भा खोज्ने ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान नभएकामा पनि उनीहरुले चिन्ता व्यक्त गरेका छन् । अर्कातिर, डेंगु संक्रमण तीव्र बनेका बेला सिट...