न्यायाधीशसहितका व्यक्तिलाई पत्र काटियो…..

काठमाडौं -     निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आरोप लगाएका व्यक्तिहरुलाई महाभियोग सिफारिस समितिले बयानका लागि पत्र काटेको छ । समितिले भदौ ३० गते बिहीबारका लागि बयान दिन आरोप लागेका व्यक्तिहरुलाई समितिले पत्र काटेर बयानका लागि बोलाएको हो । चोलेन्द्रले आफ्नो बयानमा आरोप लगाएका एक व्यक्ति अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार समितिले अधिवक्ता अर्याललाई भदौ ३० गते दिउँसो ३ बजे समितिमा ...

करोडौँ मान्छेका बीचमा पनि एक्लो महसुस हुन्छ…..

काठमाडौं -    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रायः पछिल्ला अभिव्यक्तिहरूमा निकै भावुकता मिसिने गरेको छ । यसको एक उदाहरण हो मंगलबार काठमाडौँमा भएको एउटा कार्यक्रममा उनले दिएको अभिव्यक्ति । माओवादी केन्द्रका सांसदसमेत रहेका नेता सुदन किराँतीले लेखेको ‘पलपलको मृत्यु’ नामक पुस्तकको विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले झण्डै ११ मिनेटको छोटो मन्तव्य राखे । तर त्यो मन्तव्यमा...

बन्द, हड्तालका कार्यक्रम तत्काल फिर्ता लिन आग्रह…..

काठमाडौँ — बन्द, हडतालको कानुन सम्झाउँदै नेपाल आयल निगमले पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । ढुवानी भाडा समायोजन लगायतका विषयमा माग राख्दै इन्धन आयात गर्न पीडीओ नलिई व्यवसायीलाई अवरोधका कार्यक्रमहरु तत्काल फिर्ता लिन आग्रह गरेको हो । आपूर्ति व्यवस्थालाई नै पूर्णरुपमा ठप्प पार्ने गरी गरिएको अवरोधका कार्यक्रमप्रति निगमको गम्भीर ध्यानाकर्षण भएको छ । इन...

चिनियाँ नेता लीले आज उच्चस्तरीय भेटघाट गर्ने…..

काठमाडौं -    नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् । चार दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका लीले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेटवार्ता गर्नेछन् । उनले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि बुधबार बिहान संसद्...

सिट बाँडफाँटमा शीर्ष तहमा नै सकस…..

काठमाडौं-        सत्ता गठबन्धनको शीर्ष तहमा भइरहेको घनिभूत छलफलबाट पनि सिट बाँडफाँट टुङ्गो लाग्न सकेको छैन । पछिल्ला दिनमा नेपाली कांग्रेस माओवादी केन्द्र, एकीकृत समाजवादी जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सिट बाँडफाँटको छलफलमा व्यस्त छन् । शीर्ष नेतृत्वलाई कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले पनि सहयोग गरिरहेको छ । सिट बाँडफाँटबारे प्रतिवेदन बुझाएको कार्यदलका ...

चाडबाड नजिकिँदै गर्दा ढुवानी भाडा बढाउन आन्दोलन…..

काठमाडौँ — चाडबाड नजिकिँदै गर्दा आपूर्ति प्रणालीमै असर पुर्‍याउने गरी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले इन्धन ढुवानीमा अवरोध गरेका छन् । ढुवानी भाडा समायोजनको माग गर्दै उनीहरूले आइतबारदेखि पेट्रोलियम पदार्थ ढुवानी गर्न प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) उठाएनन् । ढुवानी व्यवसायी आइतबार भारत जान पीडीओ लिन नआएको नेपाल आयल निगमका आपूर्ति तथा वितरण विभाग निर्देशक वीरेन्द्र गोइतले जनाए । प्र...

चिनियाँ सभामुख ली नेपाल आउँदै…..

काठमाडौं-     सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु औपचारिक नेपाल भ्रमणका लागि सोमबार नेपाल आउँदै छन् । लीसहितको चिनियाँ प्रतिनिधिमण्डल तीनदिने भ्रमण आउन लागेको र उनीहरु भदौ २९ गतेसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयको भनाइ छ । सोमबार नै सभामुख सापकोटा र चिनियाँ नेता लीबीच भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ । सभामुख सापको...

पुर्व बृटिस आर्मी क्या. टंक लिम्बु को अध्यक्षतामा २७ सदस्य कियाचु नवौ जिल्ला कार्यसमिति चयन

२६ भदौ ललितपुर । किराँत याक्थुङ् चुम्लुङ ललितपुरको नवौँ जिल्ला अधिबेशन बाट पुर्व बृटिस आर्मी क्या. टन्क लिम्बुको अध्यक्षता मा जम्मा २७ जनाको कार्यसमिती  निर्बिरोध चयन भएका छ्न ।  कियाचु संघीय अध्यक्ष प्रेम याक्तेन को प्रमुख अतिथी मा  हिजो भएको कियाचु ललितपुर को नबौ जिल्ला अधिबेसन बाट केहि सदस्य फेर बदल गर्दै जम्मा २७ जना को जम्बो  टोली पारित गर्दै  निर्वाचन मण्डल का प्रमुख गोबिन्द आङ्बुहाङ ...

चार्ल्स तृतीय औपचारिक रूपमा राजा घोषित…..

लन्डन — चार्ल्स तृतीय बेलायतको राजा घोषित भएका छन् । चार्ल्सलाई शनिबार लन्डनको सेन्ट जेम्स दरबारमा ‘एक्सेसन काउन्सिल’ सदस्यहरूमाझ औपचारिक रूपमा राजा घोषित गरिएको हो । महारानी एलिजाबेथ द्वितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएपछि उनका जेठा छोरा युवराज चार्ल्सलाई एक्सेसन काउन्सिल सदस्यहरूले एकै मतले नयाँ राजा घोषित गरेका हुन् । एक्सेसन काउन्सिलमा बेलायतका ६ जना पूर्वप्रधानमन्त्री, न्यायाधीश तथा वरि...

दार्चुलामा बाढीपहिरो मृत्यु हुनेको संख्या ५ पुग्यो…..

काठमाडौँ — दार्चुलामा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिकाका ३ र महाकाली नगरपालिकाका २ जना छन् । बाढी पहिरोमा परी १० जना अझै बेपत्ता छन् । बेपत्ता सबै सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाका छन् । सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार बाढी पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका–२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली–३ डुङरीकी ३५ ...

गठबन्धनको सिट बाँडफाँडको टुङ्गो आइतबारसम्म लाग्छ…..

काठमाडौं -     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आसन्न प्रदेश तथा प्रतिनिधि सभाको चुनावका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटको विषय अन्तिम चरणमा पुगेको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाटमा नेता खनालले आफूहरूले सहमतिको ९० प्रतिशत कोर्स पूरा गरेको बताएका हुन् । आइतबारसम्म सिट बाँडफाँडको टुङ्गो लाग्ने खनालले बताए ।...

उपत्यकामा इन्द्रजात्राको उल्लास…..

काठमाडौँ — काठमाडौं उपत्यकाको विशेष पर्व इन्द्रजात्राको मुख्य दिन शुक्रबार कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा गरिएको छ । यस अवसरमा राष्ट्र प्रमुखको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासहित सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र मन्त्रीहरूले बसन्तपुर पुगेर जात्रा अवलोकन गरे । साथै महानगरका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल लगायत अन...