निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान आज…..

काठमाडौं -   महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज बयान लिने भएको छ । सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन लागेको हो । नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो । १ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति ...

‘टोमाटो फ्लु’ को जोखिममा नेपाल…..

काठमाडौँ — पछिल्लो समय भारतमा फैलिइरहेको ‘टोमाटो फ्लु’ को जोखिम नेपालमा पनि बढेको विज्ञहरूले चेतावनी दिएका छन् । उच्च संक्रामक मानिएको टोमाटो फ्लु खासगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकासँगको प्रत्यक्ष सम्पर्कका कारण सर्ने गर्छ । संक्रमणका कारण बालबालिकाको शरीरमा गोलभेंडा (टमाटर) जस्तै टल्किने रातो फोको देखिने भएकाले यसलाई ‘टोमाटो फ्लु’ नाम दिइएको हो । भारतमा हालसम्म १ सय ८ जना बालबालिकामा यसको ...

यस्तो छ निर्वाचन आचारसंहिता…..

काठमाडौं -     निर्वाचन आयोगले मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता प्रकाशित गरेको छ । आयोगले निर्वाचन आचारसंहिता सोमबार राजपत्रमा प्रकाशित भएको हो ।  आयोगले निर्णय गरेको दिनदेखि लागू हुने निर्वाचन आचारसंहितामा दुई तहको अनुगमन संयन्त्रको प्रस्ताव गरेको छ । आयोगका अनुसार केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र हरेक जिल्लामा जिल्ला आचारसं...

त्रिभुवन विश्वविद्यालयको रेक्टर कार्यलयमा गरिएको तालाबन्दी…..

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या शीघ्र समाधान गर्न सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन् । तीन वर्षमा ३ सय दिन त्रिविमा तालाबन्दी भएको विषय उठाएर प्रमुख प्रतिपक्षी एमालेले सरकारको ध्यानाकर्षण गराउँदै सभामुखबाट रुलिङ माग गरेको थियो । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले त्रिविमा पठनपाठनको वातावरण तहसनहस पारेको भन्दै एमालेले संसद् अवरोध गर्ने चेतावनी दि...

संसदीय समितिमा पठाइयो नागरिकता विधेयक…..

काठमाडौं -    राष्ट्रपति विद्या भण्डारीले नेपाल नागरिकता ऐन २०६३, पहिलो संशोधन विधेयक ०७९ प्रमाणीकरण नगरी फिर्ता पठाएको सन्देश आइतबार राष्ट्रियसभाको बैठकमा प्रस्तुत गरियो । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश पढेर सुनाए । गत साउन ६ गते संघीय संसदबाट नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय प...

गठबन्धनको कार्यदल बैठक निष्कर्षविहीन…..

काठमाडौं -   मंसिर ४ गते हुने आम निर्वाचनका लागि सिट बाँडफाँटको मोडालिटी तयार गर्न गठन भएको सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षबिहीन बनेको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आइतबार बसेको कार्यदल बैठक निष्कर्षविहीन बनेको हो । कार्यदलका सदस्य राष्ट्रिय जनमोर्चाका हिमलाल पुरीले आजको छलफल खासै उपलब्धिमुलक हुन नसकेको बताए । यसअघि काँग्रेसले प्रतिनिधिसभातर्फ १०० सिट तथा माओवादी केन्द्र ६०, नेक...

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै…..

काठमाडौं-  सत्ता गठबन्धन कार्यदलको बैठक आज​ पनि बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो । साउनको तेस्रो सातायता कार्यदलको बैठकमा आगामी मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँडबारे छलफल भइरहेको छ । कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी राखेको छ । १६५ निर्वाचन क्षेत्रमध्ये करिब ४० सिटमा कांग...

मतदाता नामावलीको त्रुटि सच्याउन सकिने…..

काठमाडौं-    मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारीको लागि आइतबारदेखि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । यस अन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवम् कुनै मतदा...

काठमाडौं मलको नक्सा भुइँतलासम्म मात्रै…..

काठमाडौँ — काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलको प्लिन्थ लेबलसम्मको मात्रै नक्सा पास भएको जनाएको छ । महानगरको सहरी तथा भवन निर्माण विभागका सुरज शाक्यले प्लिन्थ लेबल (भुइँतला)सम्मको मात्रै नक्सा पास भएको बताए । उनले उक्त भवनमा दुई तलाको पार्किङ रहेको पार्किङका लागि पास भएको नक्सामा सटरहरू राखिएको बताए । गत बुधबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसहितको टोलीले मलमा निर्माण गरि...

‘एक्सन’ मा उत्रिए मेयर शाह…..

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसहितको टोली बिहीबार बिहान अनधिकृत रूपमा निर्माण भएका संरचना हटाउन शंखमूल पुग्यो । पार्किङका लागि भनेर छुट्याइएको बेसमेन्टमा सञ्चालित बर्गर हाउसलगायत अन्य भवनका पसल हटाउन निर्देशन दिएर शाह टोलीसहित बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्स पुग्यो । कम्प्लेक्सका अध्यक्ष द्विराज शर्मा सिवाकोटीले मेयर शाहलाई नक्सा लिएर आउन चुनौती दिए । त्यसपछि एक्कासि आवेश...

सैनिक अधिकारीहरूसँग राष्ट्रपतिको परामर्श…..

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका प्रतिनिधिलाई भेट्ने क्रममा बुधबार साँझ पूर्वसैनिक अधिकारीहरूलाई शीतलनिवासमा रात्रिभोज दिएकी छन् । प्रधानसेनापति, पूर्वप्रधानसेनापतिहरूसहित करिब ७० जना सहभागी उक्त भोजमा राष्ट्रपतिले राजनीतिक संवाद पनि गरिन्, जसमा संसद्मा विचाराधीन नागरिकता विधेयक मुख्य थियो । नेपाली सेनाकी परमाधिपतिसमेत रहेकी राष्ट्रपतिसँगको भेटमा पूर्वप्रधानसेनापतिहरू प...

राष्ट्रपतिको कदमबारे काँग्रेसमा छलफल…..

काठमाडौं-   सत्तारुढ दल नेपाली काँग्रेस नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई राष्ट्रिय सभाबाट पनि हुबहु पास गरेर राष्ट्रपतिबाट प्रमाणीकरण गराउने पक्षमा रहेको छ । गत साउन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्नका लागि फिर्ता पठाएको विधेयक प्रतिनिधिसभाबाट यथास्थितिमै पारित भएर यति बेला राष्ट्रिय सभामा पुगेको छ । आगामी भदौ १२ गते राष्ट्रिय सभाको बैठक बोलाइएको छ । राष्...