मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिले मानव समाजलाई प्रेरित गर्ने…..

काठमाडौं -     राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्वले जल, जमिन र जङ्गललगायतका प्राकृतिक स्रोतको दिगो उपयोग गर्न मानव समाजलाई प्रेरित गर्ने गरेको बताएकी छिन् । कुमारी इन्द्रजात्राको अवसरमा शुभकामना सन्देश दिँदै उनले ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरी सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ नेपाली समाजलाई अघि बढ्न प्रेरणा मिल्ने उल्लेख गरे...

द्वितीय बेलायती महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन…..

काठमाडौँ — बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिहीबार दिउँसो उनको निधन भएको हो । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन् । उनी विश्वमै पनि लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा फ्रान्सका लुइस १४ औं पछि दोस्रो स्थानमा पर्छिन् ...

आरोप प्रमाणित भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ…..

काठमाडौं-    राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेमाथि १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ । प्रहरी वृत गौशालामा उनीविरुद्ध जाहेरी दर्ता भएको छ । प्रहरी उनी विरुद्धका प्रमाण संकलनमा जुटेको छ । भदौ ५ मा राति ११ बजेर ५५ मिनेटमा सन्दीपले नाबालिगलाई एयरपोर्टस्थित होटल ‘काठमाडौं इन’ मा लगेर पटक–पटक बलात्कार गरेको पीडितको आरोप छ । प्रहरीले जिल्ला अदालत काठमाडौंमा सन्दिपलाई पक्रा...

नेताहरुको रिजीरोटी को लागि मारामार र हानाथाप…..

काठमाडौँ — आगामी निर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेदवार चयन गर्ने प्रक्रिया थालेका छन् । अहिले प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा जिल्ला कमिटीहरूले आफ्नो क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरिरहेका छन् । आ–आफ्नो विधानबमोजिम दलहरूले क्षेत्र र जिल्लाको सिफारिसमा अब केन्द्रीय कमिटीबाट उम्मेदवारको टुंगो लगाउनेछन् । त्यसो त क्षेत्र र जिल्लाले सिफारिस गर्दैमा उम्मेदवार भइहाल्ने भने होइन, त्य...

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप…..

काठमाडौं -     राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको छ । उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकले रातोपाटीलाई जानकारी दिए । यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् । सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगको साथीले बाहिर ल्याएको बताइएको छ। उनीविरुद्ध मंगलबार प्रहरी वृ...

प्रधानमन्त्री देउवा र भारतीय स्थल सेनाध्यक्ष पाण्डेबीच भेट…..

काठमाडौँ — नेपालमा गोर्खा सैनिक अग्निपथ भर्ती कार्यक्रम आगामी निर्वाचनसम्म थाती रहने भए पनि भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको शिष्टाचार भेटवार्तामा कुरा उठाएनन् । नेपालले उक्त कार्यक्रमलाई लिएर कूटनीतिकस्तरमा पत्राचार र राजनीतिक रूपमा दलहरूबीचमा छलफल हुन बाँकी भएका कारण भेटमा अग्निपथबारे कुराकानी नभएको स्रोतले बतायो । भेटमा उपस्थित एक सहभागीका अनुसार र...

भारतीय सेनाध्यक्ष पाण्डे आइतबार नेपाल आइपुगे…..

काठमाडौँ — प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे आइतबार नेपाल आइपुगेका छन् । उनी पाँच दिने औपचारिक भ्रमणको शिलशिलामा आएका हुन् ।  उक्त भ्रमणदलमा पाण्डेकी पत्नी अर्जना पाण्डेसहित ५ सदस्य टोली रहेको छ । सेनाध्यक्ष पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले आइतबार स्वागत गरे । पाण्डेलाई सोमबार राष्ट्रपति भवन शीतल निव...

पाकिस्तानले भारतलाई ५ विकेटले हरायो…..

काठमाडौँ — पाकिस्तानले एसिया कपको सुपर–४ मा भारतलाई पाँच विकेटले पराजित गर्दै यसअघिको हारको बदला लिएको छ ।जितका लागि १ सय ८२ रनको लक्ष्य पाकिस्तानले १९.५ ओभरमा ५ विकेट गुमाएर प्राप्त गरेको थियो । लिग चरणमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो । अर्शदीप सिंहको अन्तिम ओभरमा जितका लागि पाकिस्तानलाई सात रन चाहिएको थियो । इफतिखर अहमदले विजयी रन बटुले र दुई रन बनाएर नटआउट रहे । अर्का नटआउट...

सिट बाँडफाँटमा हामी लचिलो हौँ…..

काठमाडौं-     नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले चुनाव जित्ने गरी सिट बाँडफाँट टुंग्याउन निर्देशन दिएका छन् । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका केही नेताहरू बोलाएर यस्तो निर्देशन दिएको प्रवक्ता डा.प्रकाशशरण महतले रातोपाटीलाई बताए । बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रवक्ता महत नेता ज्ञानेन्द्र कार्की लगायत उपस्थित थिए । महतका अनुसार भ...

आयल निगमले, इन्धन मूल्य घट्दा घटेन, बढ्दा बढ्यो…..

काठमाडौँ — पेट्रोलियम पदार्थको मूल्य घट्दा मौन रहेको नेपाल आयल निगमले भाउ बढेलगत्तै नयाँ मूल्य सार्वजनिक गरेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले जुलाई १६, अगस्ट १ र अगस्ट १६ मा प्रतिलिटर पेट्रोलमा ३४ रुपैयाँ ५ पैसा र डिजेलमा ३३ रुपैयाँ ८५ पैसा घटाएर पठाएको थियो । त्यस बेला खुद्रा बिक्री मूल्य यथावत् राखेको निगमले भाउ बढेर आएलगत्तै बिहीबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य ६/...

गठबन्धनलाई सिट बाँडफाँटमा सकस…..

काठमाडौं-    सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्याउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो । प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुगोमा पुग्न सकेको छैन...

विलासिताका १० वस्तुको आयातमा बन्देज…..

काठमाडौँ — विदेशी मुद्रा सञ्चिति बढाउन चार महिनाअघि विलासिताका १० वस्तुको आयात बन्देज गरेको सरकारले व्यापारीसँगको सौदाबाजीमा अनावश्यक केही सामग्रीको आयात खुलाएको छ । सरकारले चुरोट तथा सुर्तीजन्य वस्तु, तास, खेलौना, कुरकुरे/कुरमुरे/लेज, रंगीन टीभी, हिराको आयात खुलाउने निर्णय मंगलबार गरेको हो । सबै प्रकारका तयारी मदिरा, जिप, कार र भ्यान, मोटरसाइकल (१५० सीसीमाथिका), स्मार्ट फोनको आयात बन्देज भने यथाव...