पाकिस्तानी प्रधानमन्त्री खान पदमुक्त…..

काठमाडौं- पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ । अविश्वासको प्रस्तावको पक्षमा १७४ जना सदस्यले मतदान गरेपछि प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको बीबीसीले जनाएको छ । अविश्वासको प्रस्ताव पारित भएसँगै इमरान खान पदमुक्त भएका छन् । उनको सरकारले संसद् विघटन गरी तत्काल चुनावको तयारी अघि बढाउने घोषणा गरेपछि आक्रोशित प्रतिपक्षी दलका नेताहरू संसद्‌मा म...

प्रश्नको घेरामा अर्थमन्त्री, ४० करोड छुटाउन सक्रिय…..

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्मा आफैले अर्थतन्त्रमा जोखिम बढाएको भन्दै सार्वजनिक आलोचना भइरहेका बेला सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले गभर्नरमाथि छानबिन गर्न सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेसँगै अधिकारी स्वतः निलम्बनमा परेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन...

माओवादीमा केन्द्र दाहालतन्त्र…..

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई केन्द्रीय कमिटी सदस्य बनाएको महिना नबित्दै परिवारका अर्का एक सदस्यलाई राज्यको महत्त्वपूर्ण जिम्मेवारी दिलाएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यको कोटामा अध्यक्ष दाहालले भाइ नारायणप्रसाद दाहाललाई पठाएका छन् । पुसमा आयोजित पार्टी महाधिवेशनले अध्यक्षमा दाहाललाई चयन ...

खातामा आएको डलर फुकुवा गर्न राष्ट्र बैंकका सदस्यले बार्गेनिङ…..

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका सदस्यको खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको आफूले सूचना पाएको दाबी गरेका छन् । उनले ती सदस्यले ३० हजार डलर माग गरेको पनि  बताएका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको 'नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स' विषय कार्यक्रममा बोल्दै उनल...

विभिन्न २० देशका लागि राजदूत सिफारिस…..

काठमाडौं- नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० जना राजदूत नियुक्तिका लागि सिफारिस गरेको मन्त्री विरोध खतिवडाले रातोपाटीलाई जानकारी दिए । राजनीतिक दलबाट सिफारिस भएका राजदूतमा नवराज सुवेदी, डा.रामस्वार्थ राय यादव, नरेश विक्रम ढकाल,ज्योति प्याकुरेल, कान्ता रिजाल, डिल्लीराज पौडेल, कैलाश पोखरेल, मिलन तुल...

संसद् विघटन सर्वोच्चद्वारा बदर…..

इस्लामावाद — पाकिस्तानी सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा मतदान नगराउने उपसभामुख कासिम सुरीको निर्णय बदर गरिदिएको छ । अदालतले पाकिस्तानी संसद् (राष्ट्रिय सभा) पुन:स्थापना गर्दै शनिबार १० बजेका लागि बैठक बोलाउन सभामुखलाई आदेशसमेत दिएको छ । प्रधानन्यायाधीश उमर अता बन्दिअलको अध्यक्षताको पाँच सदस्यीय इजलासले सर्वसम्मत फैसला गर्दै संसद्‌मा अविश्वास प्रस्ताव पेस भएको ...

नेटोको अर्को निशाना चीन…..

काठमाडौं -   चीनबाट आएको बढ्दो सुरक्षा चुनौतीको प्रतिकारमा एसियामा नेटोले साझेदारहरुसँगको समन्वयलाई थप गहन बनाउने योजना बनाएको छ । रुसले युक्रेनमा गर्दै आएको सैन्य आक्रमणप्रति चीनले आलोचना गर्न अस्वीकार गर्दै आएको नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले बताएका छन् । सदस्य राष्ट्रका साथै फिनल्यान्ड, स्वीडेन, जर्जिया र ईयूका विदेश मन्त्रीहरुको बैठक आयोजना गर्ने घोषणा पनि उनले गरेका छन् । यद्यपि उनले एस...

उपसभामुखको गाडी दुरुपयोग, सुरक्षाकर्मी मुकदर्शक…..

काठमाडौँ — सप्तरीको तिलाठी भन्सारस्थित बुधबार दिउँसो विशिष्ट व्यक्ति चढ्ने रातो र निलो रंगको प्लेटमा सेतोले नम्बर लेखिएको एउटा गाडी राजविराज भन्सार कार्यालय अगाडि २ घण्टासम्म रोकियो । झण्डा छोपिएको उक्त गाडी धेरै बेरसम्म रोकिएको देखेपछि भन्सार कार्यालय अगाडिबाट भारतीय बजार जाने आउनेहरुले भन्सारमा कुनै मन्त्री आएको अड्कल गरे । भीआईपी चढ्ने नम्बर प्लेटको गाडी भन्सार कार्यालय अगाडि रोकिएको देखेपछि सि...

प्रदेश १ सरकारको आर्थिक कार्यविधि विधेयक प्रमाणित

                       विधेयक प्रमाणीकरणको लागि हस्ताक्षर गर्दै प्रदेश नम्बर १ का प्रदेश प्रमुख पर्शुराम खापुङ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा “प्रदेश आर्थिक कार्यविधि वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८” प्रमाणिकरण गर्नुभएको छ । प्रदेश नं. १ को प्रदेश सभा नियमावली, २०७४ को नियम १०८ बमोजिम मिति २०७८÷१२÷११ गते बसेको प्रदेश सभाको ...

मिल्ने साथीकै योजनामा कविताको हत्या…..

काठमाडौं- उदयपुरको बेलका नगरपालिका–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा पढ्ने कविता सुनुवार र १६ वर्षीया सीता (नाम परिवर्तन) मिल्ने साथी हुन् । मंगलबार विहान ट्युसन पढ्न सँगै गएकी कवितालाई सीताले योजनाबद्ध रुपमा हत्या गरेको आरोप लागेको छ । बेलका नगरपालिका–६ स्थित बुद्धचोक घर भएकी १६ वर्षीया कवितालाई सीता र उनको ठुलो बुवाको छोरा बिनोद ढकाल मिलेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । स्कुलबा...

फेरि बढायो ग्यास र पेट्रोलियम पदार्थको भाउ…..

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । त्यस्तै डिजेल र मट्टितेल पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ । आयल निगमले नोक्सानी बढेक...

सार्वजनिक स्थलमा चुनावी कार्यक्रम गर्न रोक…..

काठमाडौं- निर्वाचन आयोगले अनुमति बिना चुनावी कार्यक्रम गर्न रोक लगाएको छ। आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो।  स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बै...