मलेसियामाथि विजयसहित नेपाल फाइनलतर्फ…..

काठमाडौँ — आसिफ शेखले अर्धशतक बनाएपछि नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखलामा बुधबार मलेसियामाथि ६ विकेटको सहज विजय हात पारेको छ । नेपालले १ सय १५ रनको लक्ष्य ६.२ ओभर अगाडि नै पुरा गर्‍यो । आसिफले बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ३८ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५७ रन बनाए । ट्वान्टी २० अन्तर्राष्ट्रियमा यो उनको दोस्रो अर्धशतक हो । गत वर्ष नेदरल्यान्ड्सविरुद्धको खेलबाट डेब्यु ...

अमेरिकाको नयाँ रक्षा रणनीति, चीन र रुस सबैभन्दा ठूलो चुनौती…..

काठमाडौँ — अमेरिकी रक्षा मन्त्रालयले चीन आफ्नो मुलुकका लागि सबैभन्दा ठूलो चुनौती भएको निष्कर्षसहितको नयाँ राष्ट्रिय प्रतिरक्षा रणनीति (एनडीएस) तयार पारेको छ । रक्षा मन्त्रालयले सोमबार संसद्‍मा बुझाएको रणनीतिमा चीनले बहुपक्षीयरुपमा तीव्रता साथ सिर्जना गरेको चुनौतीबाट देशलाई जोगाउनु पहिलो प्राथमिकता भएको उल्लेख छ । रणनीतिमा दोस्रो नम्बरको चुनौतीमा रुसलाई राखिएको छ । राष्ट्रिय सुरक्षा रणनीति अ...

चैत १८ देखि २० गतेसम्म भारत भ्रमण गर्ने…..

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा ३ दिने भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री देउवा चैत १८ देखि २० गतेसम्म भारत भ्रमणमा जाने भएका हुन् । प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवासहित उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी भ्रमण दलमा देउवा पत्नी आरजु राणा पनि रहने छिन् । भ्रमण दलमा परराष्ट्र म...

निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर सबै सिट जित्ने दाबी…..

काठमाडौँ — कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर सबै सिट जित्ने दाबी गरेका छन् । केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा गठबन्धनबारे फरक–फरक धारणा आएपछि जवाफमा प्रधानमन्त्री देउवाले अघिल्लो निर्वाचनमा गठबन्धन नहुँदा धेरै जना नेताहरू पराजित भएको स्मरण गराए । गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ । गठबन्धन नगरेर के गर्ने त ? गठबन्धन गरेर जाने...

गितकार कल्पना आङ्बुङ द्वारा कृत मेरिआमा र नरुनु आमा पुस्तक बिमोचन

काठमाडौं, १२ चैत । कल्पना आङबुहाङद्वारा लिखित दुई पुस्तक चलचित्र विकास वोर्डको कार्यालय चावहिलमा विमोचन भएको छ । आमामाथि आधारित रहेर लेखिएको ‘मेरी आमा’ र आफ्ना गीतहरुको संगालो ‘नरुनु आमा’ शनिबार पूर्वसभामुख डा. शिवमाया तुम्बाहाम्फेबाट विमोचन भएको हो । प्रत्येक सिर्जना आफ्नी आमालाई समर्पण गर्दै आएकी आङ्बुहाङको यसअघि आमा (भिडियोसहित गीतको संगालो) दुईभागमा आएको छ । साहित्य भन्ने यस्तो चिज रहेछ ...

गैरआवासीय नेपालीका ज्ञान, सीप उपयोग गर्न राष्ट्रपतिको आग्रह…..

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप र पुँजीलाई मुलुकको हितका लागि उपयोग गर्न आग्रह गरेकी छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं विश्व सम्मेलनलाई शनिबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वसामु चिनाउन गैरआवासीय नेपालीले खेलेको भूमिकाको प्रशंसा गरिन् । उनले भनिन्, 'तपाईंहरुले गैरआवासीय नेपालीले प्राप्त गरे...

नेपाल र चीनबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर…..

काठमाडौँ — नेपाल र चीन सरकारबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा शनिबार सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्तापछि नेपाल र चीन सरकारबीच नौ वटा समझदारी-पत्रमा हस्ताक्षर भएको हो । जसमा नेपाल चीन अन्तर देशिय रेल निर्माणको संभाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत प्रशारण लाइन नि...

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश…..

तनहुँ — जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । बुधबारदेखि सुरु थुनछेक बहस बिहीबार सकिएलगत्तै जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलाशले थुनामा राखेर अनुसन्धान गर्ने आदेश गरेसँगै शाह जिल्ला कारागार चलान भएका हुन । शाहविरुद्ध मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दर्ता ग...

चीनसँग दर्जन सम्झौता गर्न नेपाल सरकारको गृहकार्य…..

काठमाडौँ — सरकारले चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा करिब एक दर्जन विषयमा समझदारी गर्न गृहकार्य गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१६ मा चीनको भ्रमण गरेदेखि हालसम्म दुई मुलुकबीच ५० भन्दा बढी विषयमा सहकार्य गर्ने सम्झौता गरिएकामा अधिकांश कार्यान्वयन भएका छैनन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङबीच शनिबा...

सवारी दुर्घटना प्रकरणको फैसलामा पीडित परिवार असन्तुष्ट…..

काठमाडौं-   दुई वर्षअघि राजधानीको बूढानीलकण्ठमा भएको सवारी दुर्घटना प्रकरणमा काठमाडौं जिल्ला अदालतले दिएको फैसलाप्रति पीडित परिवार असन्तुष्ट बनेका छन् । उनीहरुले क्षतिपूर्तिकै कारण न्यायमा मोलाहिजा गरिएको भए क्षतिपूर्ति फिर्ता गर्न तयार रहेको पनि बताएका छन् । चैत ७ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश सूर्यप्रसाद अधिकारीले प्रतिवादी पृथ्वी मल्ललाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुन...

जनप्रतिनिधिहरूले राजीनामा दिने प्रावधान विभेदपूर्ण…..

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदनमा स्थानीय तहका जनप्रतिनिधिहरु पुन: उम्मेदवार हुन राजीनामा दिनुपर्ने व्यवस्थाको विरोध गरिएको छ । निर्वाचन आयोगले आचारसंहिता जारी गर्दै पुनः उम्मेदवार बन्न चाहने जनप्रतिनिधिहरूका लागि पदबाट राजीनामा दिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा सम्बन्धित तहको सर...

नेपालले पपुवा न्यु गिनीलाई ७ विकेटले हरायो…..

काठमाडौँ — आईसीसी क्रिकेट विश्वकप लिग-२ क्रिकेटमा नेपालले पपुवा न्यु गिनीलाई ७ विकेटले हराएको छ । पपुवा न्यु गिनीले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ५९ रन बनाए । १०२ बल सामना गरेका उनले ४ चौकाको सहयोगमा उक्त योगफल पूरा गरेका हुन् । त्यस्तै ओपनर कुशल भुर्तेल अर्धशतक बनाएर आउट भए । ६४ बल सामना गरेका उनले १ छक्का र ४ चौका प्रहार...