देउवा, दाहाल र नेपालबीच चुनावी तालमेलबारे छलफल…..

काठमाडौँ — सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्नेबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच छलफल भएको थियो । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताबीच छलफल भ...

उत्तरपूर्वमा लाखौँ मानिसहरुलाई घरमै बस्न आदेश, किभको सपिङ मलमा क्षेप्यास्त्र प्रहार…..

काठमाडौं- चीनले देशको उत्तरपूर्वमा लाखौँ मानिसहरुलाई घरमै बस्न आदेश दिएको छ । कोभिड–१९ का घटनामा फेरि बृद्धिसँगै सरकारले सर्वसाधारणलाई यस्तो आदेश दिएको हो । लक्षित क्षेत्रमा तालाबन्दी, सामूहिक परीक्षण र यात्रा प्रतिबन्ध जस्ता तरिका अप्नाएर सन् २०२० को सुरुमा चीन सरकारले कोभिडलाई नियन्त्रणमा राख्न सफल भएको थियो । तर, पछिल्लो समयमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रेनका कारण संक्रमण फैलिएको छ । जिलिन प्रा...

चिनियांँ परराष्ट्रमन्त्री वाङ शुक्रबार नेपाल आउँदै…..

काठमाडौँ — चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै वाङ चैत ११ देखि १३ सम्म काठमाडौं आउन लागेको सार्वजनिक गरेको हो । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङबीच गत कात्तिक २ मा फोन वार्ता हुँदा खड्काले वाङलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । सोही निम्तोलाई आधार मानेर वाङ शुक्रबार ने...

निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने एमालेको तयारी…..

काठमाडौँ — नेकपा (एमाले)ले आगामी वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । सोमबार काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकले वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापनाको दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टी स्थापना दिवसको अवसर प...

रूस र युक्रेनबीच युद्ध अन्त्य गर्ने वार्ता सफलता नजिक पुगेको टर्कीले जानकारी…..

काठमाडौं- रूस र युक्रेनबीच युद्ध अन्त्य गर्ने वार्ता सफलता नजिक पुगेको मध्यस्थकर्ता टर्कीले जानकारी दिएको छ । दुवै पक्ष युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको टर्कीका विदेशमन्त्री मेब्लुत चोवाशुग्लूले बताएका हुन् । ​चोवाशुग्लूले भनेका छन्, ‘युद्धमा आम नागरिक मारिइरहँदा सजिलै सहमति कायम हुँदैन, तर यस्तो स्थितिबीच पनि वार्ता अघि बढिरहेको छ । दुवै पक्ष सम्झौताको नजिक पुगेको आफूहरूले देखेको चोवाशुग्लूले...

स्थिति तनावपूर्ण बनेकाले जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाएको छ…..

विराटनगर — एक महिला प्रहरीको ज्यान जानेगरी भएको आइतबारको झडपपछि स्थिति तनावपूर्ण बनेकाले मोरङको लेटाङ–५, खेरुवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेल सम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाएको छ । विद्यार्थीमाथि दुर्व्यवहार भएको विरोधमा मोरङ लेटाङमा आइतबार मोटरसाइकल तोडफोड गर्दै स्थानीय । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) काशिराज दाहालले लेटाङको वडा ३ र ४ को ...

घेराबन्दी गर्न खोजे चीन पछि नहट्ने सन्देश दिन विदेशमन्त्री वाङको नेपाल भ्रमण…..

काठमाडौँ — चीनका लागि पूर्वनेपाली राजदूत महेश मास्केले चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको आसन्न नेपाल भ्रमण पश्चिमा देश र भारतले जतिसुकै घेराबन्दी गर्न खोजे पनि चीन पछि नहट्ने सन्देश दिन भएको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा बोल्दै पूर्वराजदूत मास्केले जस्तोसुकै घेराबन्दीको प्रयास भए पनि चीन पछि हट्ने अवस्थामा नभएको बताए । ‘इन्डो प्यासिफिक, क्वाड वा भारतसँग प्रतिरक्...

भारत र जापानबीच चीनसँग सम्बन्धित विषयमा वार्ता…..

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री फुमियो किशिदाबीच शनिबार चीनसँग सम्बन्धित विषयमा वार्ता भएको छ । समाचार एजेन्सी एएनआईले भारतीय विदेश सचिव हर्ष श्रृंगला​लाई उद्धृत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले जापानी प्रधानमन्त्रीलाई लद्दाखको वर्तमान अवस्थाबारे जानकारी गराएको बताएको छ । मोदी र जापानी प्रधानमन्त्रीबीच युक्रेनको पछिल्लो अवस्थाबारे पनि छलफल भएको थियो । दुबैले ...

सत्ता गठबन्धनमा भागबन्डा नमिल्दा २० देश राजदूत विहिन…..

काठमाडौँ — सत्ता गठबन्धनमा भागबन्डा नमिल्दा २० देशमा नेपाल सरकारको प्रतिनिधित्व गर्ने राजदूतको अझै सिफारिस हुन सकेको छैन । नेपालका ३० राजदूतावास, ७ महावाणिज्य दूतावास, ३ संयुक्त राष्ट्रसंघीय स्थायी नियोग (न्युयोर्क, भियना र जेनेभा) छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले असोज ६ मा १२ देशका राजनीतिक नियुक्तिका राजदूत फिर्ता बेलाउने निर्णय गरेको थियो । त्यसअघि नै ११ देशमा राजदूत खाली थिए । यसरी रिक्...

स्थानीय तह निर्वाचनको कार्यक्रम स्वीकृत…..

काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको प्रवक्ता शालीग्राम पौडेलले जनाएका छन् । आयोगका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताका लागि छुट्याइएको छ । जसका आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । त्यसैगरी वैशाख १२ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको नामको सूची प्रकाशित गर...

रूसविरुद्ध विहीबार मतदान गरेको भारतले बोली बदलेकोछ…..

काठमाडौं- अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसीजे) मा रूसविरुद्ध विहीबार मतदान गरेको भारतले बोली बदलेको छ । भारतका तर्फबाट अन्तरराष्ट्रिय न्यायालयका न्यायाधीश दलवीर भण्डारीले निजी हैसियतमा मतदान गरेको भारतले दाबी गरेको हो । विहीबार भारतीय न्यायाधीश भण्डारीले संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालत पनि भनिने अन्तरराष्ट्रिय फौजदारी अदालत​मा रूसविरुद्ध मतदान गरेका थिए । रूसको आक्रामकता रोक्न युक्रेनको मागबम...

तीनवटै तहमा चुनावी तालेमल गरेर अघि बढ्ने…..

काठमाडौँ — सत्ता गठबन्धन दलका नेताबीच सार्वजनिक मञ्चमा सवालजवाफ चलिरहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटै तहमा चुनावी तालेमल गरेर अघि बढ्ने आश्वासन दिएका छन् । देउवाले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बालुवाटार बोलाएर सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुनेमा आशंका नगर्न आग्रह गरेको बालुवाटार स्रोतले बताएको छ । देउवाले कांग्र...