पेट्रोलियम पदार्थको मूल्य इतिहासकै उच्च…..

काठमाडौँ — पेट्रोलियम पदार्थको मूल्य इतिहासकै उच्च भएको छ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा ५/५ रुपैयाँ बढाएको छ । अब पेट्रोल प्रतिलिटर १ सय ५०, डिजेल १ सय ३३ र मट्टीतेल १ सय ३३ रुपैयाँ पुगेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले ३ दिनअघि (मार्च १ मा) पठाएको नयाँ सूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । सर्वसाधारणले धान्नै नसक्ने गरी मूल्...

आजदेखि माओवादीको केन्द्रीय कमिटी बैठक…..

काठमाडौं-   सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुनेछ । एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो । व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पार्टीको निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि ...

आज ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा…..

काठमाडौँ — फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार गत १६ गते बसेको मन्त्रिपरिषद्‍ बैठकबाट बिदा दिइने निर्णय गरिएको थियो । गृह मन्त्रालयबाट जारी सूचनामा लेखिएको छ, 'वि.सं. २०७८ साल फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्याल...

युक्रेनको खर्किभ सहरमा रकेट आक्रमण…..

काठमाडौँ — रुसले युक्रेनको दोस्रो सहरमा रकेट आक्रमणलाई निरन्तरता दिँदै 'प्याराट्रुपर'लाई ओरालेको छ । रुसले युक्रेनमाथि उत्तर, पूर्व र दक्षिणबाट आक्रमण तीव्र पार्दा देशको दोस्रो धेरै जनसंख्या रहेको खर्किभमाथि नियन्त्रणका लागि मंगलबार राति भीषण हवाई आक्रमण गरेको बताइएको छ । सो क्रममा २१ जना सर्वसाधारण मारिएको सो सहरका मेयरले बताएका छन् । रुसले क्षेत्रीय प्रहरी कार्यालय र विश्वविद्यालयमा समेत रकेट प्...

यस्ता छन् मन्त्रिपरिषद्‌ बैठकका आजको निर्णय…..

काठमाडौँ — सरकारले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई प्रतिनिधिसभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरिएको भन्दै सम्बद्ध सबैलाई धन्यवाद व्यक्त गरेको छ । फागुन १६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी अनुमोदनका लागि सहज वातावरण निर्माण गर्ने गठबन्धनमा आबद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष...

राजधानीमा हमला गर्ने चेतावनी…..

रुसले युक्रेनको राजधानी लक्षित हमला गर्न लागेको चेतावनी दिएको छ । रुसको रक्षामन्त्रालयले किभका बासिन्दाहरूलाई एक चेतावनी जारी गर्दै आफूहरूले युक्रेनी राजधानीमा ‘लक्षित हमला’ गर्न लागेको जनाएको हो । मंगलबार एक वक्तव्य जारी गर्दै रुसी अधिकारीहरूले उनीहरूको फौजले ‘किभस्थित युक्रेनी सुरक्षा सेवा तथा मुख्य साइअप्सका प्राविधिक केन्द्र’ हरुमा ‘लक्षित हमला’ गर्ने तयारी गरिरहेको बताएको बीबीसीले उल्लेख गरेक...

प्रतिनिधिसभा बैठक आज बस्दै…..

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज दिउँसाे बस्दैछ । गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलो पटक आज दिउँसाे १ बजे बैठक बस्न लागेकाे हाे । संघीय संसद्का महासचिव भरतराज गौतमले बैठककाे सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहाद...

फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य…..

काठमाडौं- इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमले दिएको जानकारीअनुसार भारतबाट आज प्राप्त नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको छ । यस्तै, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ...

कांग्रेसले एमसीसी अनुमोदन सकारात्मक भएको दाबी…..

काठमाडौँ — नेपाली कांग्रेसले अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौता प्रतिनिधिसभाबाट अपवादबाहेक सबैको साझा सहमतिबाट अनुमोदन भएको दाबी गरेको छ । प्रवक्ता प्रकाशशरण महतले सोमबार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै लामो बहस, छलफल र विवादका बाबजुद प्रतिनिधिसभामा अपवादबाहेक सबैको सहमतिबाटै एमसीसी सम्झौता स्वभाविक अनुमोदन भएको बताए । उनले व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाब...

एमसीसीबारे नेपालको व्याख्यात्मक घोषणालाई ध्यान दिएका छौँ …..

बेइजिङ — नेपालको संसद्‍बाट आइतबार अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)सम्झौता पारित भएपछि चीनले व्याख्यात्मक घोषणालाई ध्यान दिएको बताएको छ। सोमबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनले एक मित्रवत् छिमेकी र विकास साझेदारका रूपमा चीनले सधैंझैं नेपाली जनताको विकासको बाटो छनोटलाई समर्थन गर्ने बताए। आइतबार नेपाली संसदले एमसीसी सम्झौता अनुमोदन गर्दै 'व्याख्य...

रुससँग शान्ति वार्ताका लागि बेलारुस पुग्यो युक्रेनी…..

काठमाडौँ — रुससँग शान्ति वार्ताका लागि युक्रेनी अधिकारी बेलारुसको सीमा क्षेत्रमा पुगेका छन् । युक्रेनको राजधानी किभस्थित बीबीसी संवाददाता अब्दुजलिल अब्दुरासुलोभका अनुसार रुसको प्रस्तावअनुसार युक्रेनी प्रतिनिधिमण्डल वार्ताका लागि बेलारुसको सीमास्थल पुगेको हो । यसअघि बेलारुसले वार्ताका लागि स्थान तय भएको जानकारी दिएको थियो । वार्ताको मुख्य एजेन्डा युद्धविराम र युक्रेनी भूमिबाट रुसी सेना फिर्ता हुनुप...

बानेश्वरमा ‘नो–एमसीसी’ बम को त्रास…..

काठमाडौं-   नयाँ बानेश्वरस्थित संसद भवन अगाडी कुकर बम फेला परेको छ । बम निस्क्रिय बनाउन नेपाली सेनालाई खबर गरिएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका छन् । बन्दकर्ताले बम राखेर भागेको प्रहरीले बताएको छ । उता काभ्रेपलाञ्चोकको बनेपा बजार नजिकै पुल बजारमा आज बिहानै अरनिको राजमार्गमा राखिएको शङ्क...