सार्वजनिक सवारीमा जोरविजोर हट्यो, दुई पाङ्ग्रे र ट्याक्सीमा भने कायमै…..

काठमाडौं, काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधान (बस माइक्रो र टेम्पु) मा लगाइँदै आइएको जोरविजोर प्रणाली हटाइएको छ । काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीसहितको आजको बैठकले स्वास्थ्यका सबै मापदण्ड प्रयोग गरी सञ्चालन गर्ने गरी जोरबिजोर प्रणाली हटाएको हो । यद्यपि निजी सवारी साधान (दुई पाङ्ग्रेसहित) र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै रहेको स्थानीय प्रशासनद्वारा शुक्रबार जारी आदेशमा उल्लेख छ...

आयोगद्वारा सरकारलाई वैशाखमै चुनाव गर्न दबाब…..

काठमाडौँ — स्थानीय तहको चुनाव तोक्ने विषयले सरकार र निर्वाचन आयोगबीच नै दूरी बढेको छ । वैशाखमै चुनाव गर्नुपर्ने भन्दै मिति तोक्न ताकेता भएपछि सरकारले आयोगसँग समन्वय गर्न छाडेको छ । संवैधानिक निकाय आयोगले मिति तोक्न दबाब दिएर सीमा नाघेको आरोपसमेत सरकारले लगाउन थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आयोगले परामर्शबिना स्थानीय चुनावको मिति प्रस्ताव गरेको भन्दै असन्तुष्ट छन् । यसले सरकार र आयोगबीच ख...

धरहराको काम अझै ३५ प्रतिशत बाँकी…..

काठमाडौं, ९ महिना पहिले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले निकै तामझामका साथ उद्घाटन गरेका थिए धरहरा । सर्वसाधारणलाई लागेको थियो, अब त धरहरा चढ्न पाइन्छ । तर ९ महिना बितिसक्दा पनि धरहरा पुनर्निर्माणको काम अझै ३५ प्रतिशत बाँकी छ । मुख्य धरहराभित्र फिनिसिङको कामको साथै तलदेखि बार्दलीसम्म पुग्न भर्‍याङमा रेलिङ तथा एउटा लिफ्ट राख्ने काम बाँकी छ । निर्माण भएका अन्य भौतिक संरच...

नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम…..

काठमाडौँ — नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । १० वर्ष अघि गरिएको जनगणनामा जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार १० वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ बढेको छ । वि.सं. १९६८ मा पहिलो जनगणना भएको थियो । त्यसयता हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअुनसार ...

अस्पताल नेतृत्वको स्वार्थले, सरकारी फार्मेसीमा पाइँदैन औषधि…..

काठमाडौँ — बिरामीलाई सुलभ मूल्यमा गुणस्तरीय औषधि दिन मुलुकभरका सरकारी अस्पताल परिसरमा सञ्चालन गरिएका फार्मेसीले सर्वसाधारणलाई राहत दिनुको सट्टा आहत गराइरहेका छन् । अस्पतालका डाक्टरले लेखिदिने धेरैजसो औषधि त्यहींको फार्मेसीमा हुँदैनन्, निजीमा चार गुणासम्म बढी मूल्य तिरेर औषधि किन्न सर्वसाधारण बाध्य छन् ।  सर्वोच्च अदालतको आदेशपछि सरकारले बिरामीलाई सुविधा दिन, अस्पतालको आयस्रोत बढाउन र रोजगारीसमेत स...

गड्डाचौकी नाका हुँदै भारतबाट हुने आवतजावतमा रोक…..

कञ्चनपुर, कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेसँगै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतबाट हुने आवतजावतको कार्य बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयको संयोजकत्वमा आज बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले माघ ९ गते राति १२ बजेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि अत्यावश्यक कार्यबाहेक सीमा नाकामा भारततर्फबाट हुने आवतजावत (साइकलमार्फत हुने क्यारिङ समे...

भारतले एकतर्फी संरचना निर्माण गर्दा नेपाल सरकार मूकदर्शक…..

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भू-भागमा एकतर्फी संरचना निर्माण गरिरहँदा पनि सरकारले आफ्नो अडान स्पष्ट पार्न नसकेको बताएका छन् । उनले भारतले एकतर्फी रुपमा संरचना निर्माण गरिरहँदा नेपालको अडान स्पष्ट पार्न समेत नसक्ने सरकारले निरीहता प्रकट गरिरहेको बताएका हुन् । ओलीले आइतबार विज्ञप्ति जारी गर्दै वर्तमान सरकार नेपालको राष्ट्रिय हि...

कोभिड संक्रमणको तेस्रो लहरमा ३४ को मृत्यु…..

काठमाडौँ — कोभिड संक्रमणको पछिल्लो मृत्यु ट्रेन्ड हेर्दा अधिकांश खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधक क्षमता कम भएका एवं दीर्घरोगीले ज्यान गुमाइरहेको पाइएको छ । वीर अस्पतालस्थित कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालमा संक्रमणले पछिल्लो तीन दिनमा मृत्यु भएका पाँच जनाले नै खोप लगाएका थिएनन् । अन्य स्वास्थ्य संस्थामा समेत खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधक क्षमता कम भएका वा ...

उपत्यकामा लागू भयो यातायातमा जोरबिजोर…..

काठमाडौं, काठमाडौं उपत्यकामा शनिबारदेखि यातायातमा जोरबिजोर प्रणाली लागू भएकाे छ । काेभिड-१९ काे संक्रमण राेकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेका हुन् । जसअनुसार आज जाेर गते जाेर नम्बर प्लेटका गाडी गुड्नेछन् भने बिजोर बिजाेर नम्बर प्लेटका चल्नेछन्। केही क्षेत्रमा भने जोरबिजोर लागू हुने छैन् । सरकारले अत्यावश्यक सेवा घाेषणा गर...

राज्यले किनेको २४ लाख खोपको हिसाब छैन…..

काठमाडौँ — महामारीमा जीवनरक्षक मानिएको कोभिडको खोप वितरण तथा अभिलेखमा सरकारको गम्भीर कमजोरी देखिएको छ । राज्यको ढुकुटी खर्चेर तथा मित्रराष्ट्रले अनुदानमा दिएकोमध्ये २४ लाख खोप अभिलेखमा नभेटिएको स्वयं स्वास्थ्य सचिव डा. रोशन पोखरेलले स्विकारेका छन् । तर यो बेथिति कसरी भयो र त्यसको जिम्मेवार को हो भन्नेमा छानबिनसमेत भएको छैन । हालसम्म सरकारले खरिद गरेको १ करोड २० लाख मात्रा खोप नेपाल आएको छ, त्यस्तै...

‘नेपाली भूमिमा भारतले सडक निर्माण गर्दै…..

काठमाडौँ — सरकारले नेपाली भूमिमा भारतीय पक्षबाट भइरहेको एकपक्षीय सडक निर्माण रोक्न र कूटनीतिक संवादमा आउन भारत सरकारलाई आग्रह गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पुस १५ मा कालापानी हुँदै चीनसँगको सीमा क्षेत्र लिपुलेक पुग्ने सडक निर्माण भइरहेको उल्लेख गरेको दुई सातापछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक गरेका हु...

नारायणहिटी दिन नमान्दा सचिवको सरुवा भएको थियो…..

काठमाडौँ — रोयल बगैंचा रेस्टुरेन्टका नाममा नारायणहिटी संग्रहालयको जग्गा कब्जा गराउन तयार भएको फाइल फिर्ता गरिदिएकै कारण तत्कालीन सचिवको सरुवा भएको खुलासा भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव कृष्ण देवकोटाले ‘विशेषतः त्यो’ र त्यस्तै अन्य विषयमा असहमति हुँदा आफ्नो सरुवा भएको बताएका छन् । मन्त्रालयको नेतृत्वमा योगेश भट्टराई आएपछि फेरि त्यही फाइल जगाएर बतासका ३ कम्पनीब...