एमसीसी टेबल गर्नबाट ‘ब्याक’ भए देउवा…..

काठमाडौं,   सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक भएका छन् । बुधबार एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत भएका हुन् । सत्ता साझेदार दल माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले संशोधन बिना एमसीसी पारित ...

एमसीसीको विरोध गर्दै गठबन्धनका नेता श्रेष्ठ सडकमा…..

काठमाडौँ — सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमसीसीको विरोध गर्दै सडक प्रदर्शनमा उत्रिएका छन् । नेमकिपासहित गठबन्धन दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादी सम्बद्ध कार्यकर्ताहरुले गरेको प्रदर्शनमा सहभागी हुन उनी सडकमा पुगेका हुन् । माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पास नगर्ने बताउँदै आएको छ। बलपूर्वक रुपमा संसद्‌मा एमसीसी टेबल गरिए त्यसको विपक्षमा उभिने माओवादी केन्द...

एमसीसीको विरोधमा आज नेपाल बन्द…..

काठमाडौं, एमसीसीको विरोधमा विभिन्न दल र मोर्चाले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा न्यून देखिएको छ । बन्द गराउनेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्...

आज प्रतिनिधिसभा बैठक, एमसीसी टेबल गर्ने तयारी…..

काठमाडौं, प्रतिनिधिसभा बैठक बुधबार बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सरकारले सर्वाधिक चर्चा र विवादित बनेको अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी गरेको छ । संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको थिएन । सो कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ । यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि का...

एमालेले गरायो ६ वटा खाली कागजमा सांसदहरुको हस्ताक्षर…..

काठमाडौँ — सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि रुष्ट बनेको एमालेले त्यसको प्रतिवादमा ‘अनुकूल परिस्थिति हेरेर’ महाभियोग अघि बढाउने भएको छ । एमालेले संसदीय दल बैठकमा सोमबार प्रत्येक सांसदलाई ६ वटा खाली कागजमा हस्ताक्षर गराएर तयारी अवस्थामा राखेको छ । आइतबार साँझ बसेको सचिवालय र सोमबारको संसदीय दल बैठकले सत्तापक्षको कदमको सदन, सडक र कानुनी क्षेत्र...

आयरल्यान्डविरूद्ध नेपालको राम्रो सुरुआत…..

काठमाडौँ — नेपालले चारदेशीय ट्वान्टी–२० शृंखलामा मंगलबार आयरल्यान्डविरूद्ध राम्रो सुरुआत गरेको छ । टस जितेर आयरल्यान्डलाई ब्याटिङका लागि निम्त्याएको नेपालले विपक्षीको तीन महत्वपूर्ण विकेट लिइसकेको छ । पावर प्लेको ६ ओभर समाप्तीमा ३ विकेट गुमाई ३५ रन बनाएको आयरल्यान्डले कुल ९ ओभरको समाप्तीमा ५८ रन बनाएको छ । कुर्टिस क्याम्फर ७ र शेन गेटकेट २० रन बनाएर खेलिरहेका छन् । कमलसिंह ऐरीले पहिलो ओभरमै पाउल स...

प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता, संसदबाट पारित हुन सकस…..

काठमाडौं, एमालेले महाभियोग प्रस्ताव पारित गर्न नसघाउने भएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई राहत मिलेको छ । आइतबार प्रतिनिधिसभाका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले महाभियोग प्रस्ताव दर्ता गराएसँगै प्रधानन्यायाधीश राणा निलम्बनमा परेका छन् । तर उक...

आज बाट स्मार्ट लकडाउन खुकुलो…..

काठमाडौं, कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आइतबारदेखि सञ्चालन हुँदैछन् । कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट...

जसपामा बहुमत पुर्‍याउन तँ छाड म छाड….

काठमाडौं, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाउन आनाकानी गरेपछि सो पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्ष विकल्पको खोजीमा लागेको छ । अध्यक्ष भट्टराई पक्षका नेताहरूले अध्यक्ष यादवलाई बैठक बोलाउन पटक पटक आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि विकल्पको खोजी भइरहेको हो । अध्यक्ष भट्टराई पार्टीमा बहुमत पुर्‍याउनका लागि पार्टीका सांसद तथा कार्यकारिणी सदस्यहरू...

गठबन्धनमा अविश्वास, गठबन्धन भत्काउने सन्देश…..

काठमाडौँ — अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौता संसद्‌बाट अनुमोदन गर्ने विषयमा सत्ता साझेदार दलहरू एकमत हुन सकेका छैनन्, बरु यही विवादले उनीहरूबीच अविश्वास बढ्दो छ । एकअर्कालाई मनोवैज्ञानिक दबाबमा राख्न गठबन्धन भत्काउनेसम्मको सन्देश दिन थालेका छन् । गठबन्धनका प्रमुख तीन नेता प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शन...

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाललाई धम्की…..

काठमाडौँ — दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गर्ने सम्बन्धमा नेपाली राजनीतिक दलका नेताहरूसँग गरेको संवादले तरंग ल्याएको छ । कतिपय कूटनीतिज्ञले नेपाली नेताहरूको अविश्वसनीय चरित्रले यो दिन ल्याएको टिप्पणी गरेका छन् भने कतिपयले अमेरिकी सहायक मन्त्रीले नेपालजस्तो मित्रराष्ट्रसँग धम्कीक...

आफ्नै खानीमा नुन छ, तर खानु छ आयातित…..

काठमाडौँ — महँगो मूल्यमा भारतीय नुन खाँदै आएका मुस्ताङवासी आफ्नै गाउँठाउँको नुनु खानीबारे थप अनुसन्धान र उत्खनन नहुँदा खिन्न मान्छन् । बारागुङ मुक्तिक्षेत्र–३ तेताङस्थित कालीगण्डकी नदीदेखि करिब एक किलोमिटरभित्र रहेको नरसिङखोला छेउ नुनखानी छ । पोका नुन नआउने बेलासम्म मुस्ताङीहरू कि त तिब्बतको नुन कि यही खानीको नुन प्रयोग गर्दै आएको विगत सम्झन्छन् । स्थानीय वर्षामा पोखरीमा पानी जम्मा गर्ने र हिउँदमा...