काठमाडौं - प्रतिनिधि सभाको बैठकमा आज अध्यादेश अघि बढाइँदैछ । मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो । यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर पनि स्थगित भएको थियो । सरकारले नै अध्यादेश अगाडि नबढाउने भनेपछि सभामुख देवराज घिमिरेले त्यसदिन अध्यादेश अगाडि बढाउने सम्बन्धी कार्यसूची स्थगित गरेका थिए । त्यसक...
समाचार
बराह सहकारीको खातामा ७ लाख २७ हजार मात्रै…..
विराटनगर - शिवकुमार विश्वकर्मा (लामिछाने) सहितको समूहले बराह बचत तथा ऋण सहकारीको १० अर्ब ७३ करोड रुपैयाँ हिनामिना गरेको दाबीसहित जिल्ला अदालत सुनसरीमा मुद्दा दायर भएको छ । १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९ सय १३ रुपैयाँ अपचलन गरेको दाबीसहित २ सय ६२ जनाविरुद्ध मुद्दा दायर भएको हो । मुद्दामा प्रतिवादी बनाइएका ३५ जना बाहेक अन्य ऋणी हुन् । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय...
थापाथलीमा मेलम्चीको पाइप फुटेपछि…..
काठमाडौं - थापाथली क्षेत्रमा आज बिहान मेलम्चीको पाइप फुटेको छ । थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा खानेपानीको पाइप फुटेको हो । पाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किएको छ । सडकपेटीमा पनि क्षति पुगेको छ । सडकभरि हिलो र ढुंगाका गिट्टी छरिएका छन् । वरपरका पसलहरुमा पानीको भेल पसेको छ । सो क्षेत्रमा रेष्टुरेन्ट र औषधि पसलहरु छन् । केही पसल र रेष्टुरेन्टहरुमा भेल पसे...
९ महिनापछि नेपाली फुटबलले पायो स्थायी प्रशिक्षक…..
काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमले ९ महिनापछि मुख्य प्रशिक्षक प्राप्त गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अष्ट्रेलियन नागरिक म्याट रोसलाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । एक महिनाअघि नै म्याट रोस नेपाल आएका बेला उनी नै मुख्य प्रशिक्षक बन्ने चर्चा चलेपनि एन्फाले एक महिनापछि मात्रै आधिकारिक रुपमा उनलाई सार्वजनिक गरेको हो । यसअघि नेपालको मुख्य प्रशिक्षक रहेका इटालियन...
एक ग्राहकको खातामा ८१ ट्रिलियन डलर जम्मा गरिदिएपछि…..
काठमाडौं - विश्वको ठूलोमध्येको एक सिटी बैंकले एकजना ग्राहकको खातामा ८१ ट्रिलियन डलर अर्थात् नेपाली रुपैयाँ ११.२५९ पद्म जम्मा गरिदिएको घटना सार्वजनिक भएको छ । अमेरिकाको न्यूयोर्कको मुख्यालयमा रहेको यस बैंकमा भएको यो गल्ती फाइनान्सियल टाइम्सले सार्वजनिक गरिदिएपछि हलचल मच्चिएको छ । समाचारमा लेखिएअनुसार एक ग्राहकको खातामा २८० डलर जम्मा गरिदिनुपर्नेमा कर्मचारीको गल्तीले ८१ ट्रिलियन डलर जम्मा गरिएक...
२.२६ विलियन पाउण्ड हतियार किन्न प्रयोग गर्ने…..
काठमाडौं - युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायतले दिने भनेको २.२६ विलियन पाउण्ड समेत हरियार किन्न प्रयोग गर्ने बताएका छन् । ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चर्काचर्की गरेर संयुक्त अधिराज्य (युके) अर्थात् बेलायत पुगेका जेलेन्स्कीले बेलायती प्रधानमन्त्री कीर स्टार्मरले घोषणा गरेको सहायता रकम समेन हतियार खरिद गर्न प्रयोग गर्ने बताएका हुन् । ह्वाइट हाउसको यात्रापछ...
पछाडि बस्ने यात्रुले हेलमेट लाउनुपर्ने, बालबालिकालाई अगाडि राख्न निषेध…..
काठमाडौँ - सरकारले तीन दशकपछि सवारी तथा यातायात व्यवस्था ऐन परिमार्जन गर्ने तयारी थालेको छ । २०४९ सालमा बनेको ऐनअनुसार सवारी तथा यातायात क्षेत्रको नियमन हुँदै आएकोमा त्यसलाई परिमार्जन गर्दै नयाँ ऐन ल्याउने तयारी भएको हो । नयाँ ऐनको मस्यौदा तयार पारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राय तथा सुझावका लागि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ । नयाँ ऐनमार्फत् सरकारले सवारी तथा यातायात क्षेत्रमा...
तिमी तेस्रो विश्वयुद्ध निम्त्याउँदै छौं…..
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन लागेको आरोप लगाएका छन् । ह्वाइट हाउसमा भएको वार्तामा दुई राष्ट्रपतिबीच चर्का चर्की भएपछि ट्रम्पले जेलेन्स्कीलाई चेतावनी दिंदै भने, ‘ तिमी तेस्रो विश्वयुद्धको जुवा खेलिरहेका छौं ।’ वार्तामा युक्रेन र अमेरिकाबीचको प्रस्तावित खनिज सम्झौता समेत असफल भएपछि ट्रम्प जंगिएका थिए । त्...
कहाँ–कहाँ भयो क्षति ?…..
काठमाडौँ - जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भूकम्पको क्षति विवरण सङ्कलन कार्य जारी रहेको जनाएको छ । हालसम्म प्राप्त विवरण अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घाइते भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार उनको उपचार भइरहेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको छ । सो कार्यालयमा बस्ने जवानहरू भने सुरक्...
भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प…..
काठमाडौं - सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आएको ६.१ म्याग्निच्युडको भूकम्पले जिल्लामा सामान्य क्षति पुगेको छ । आज बिहान पौने ६ बजेसम्म प्राप्त विवरणमा मानवीय र ठूलो भौतिक क्षति केही पनि भएको छैन । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यसैगरी कोदारीस्थित प्रहरी चौकीक...
दिल्ली शीर्षस्थानमा हुँदा नेपाल चौथो…..
काठमाडौं - काठमाडौं विश्वको चौथो प्रदूषित सहर बनेको छ । यो समाचार तयार पार्दासम्म काठमाडौंको वायू प्रदूषण १८५ मापन गरिएको छ । यसलाई स्वास्थ्यका हिसाबले अस्वस्थ मानिन्छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरका अनुसार विश्वको सबैभन्दा प्रदूषित सहरमा छिमेकी राष्ट्र भारत पहिलो नम्बरमा छ । भारतको वायु प्रदूषण २२८ एक्यूआई मापन गरिएको छ । यो अति अस्वस्थ सूचकांक हो । त्यस्तै दोस्रो नम्बर...
ट्रम्पको जालमा जेलेन्स्की…..
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार अमेरिकामा एक ‘विशाल सम्झौता’मा हस्ताक्षर गर्ने बताएका छन् । ट्रम्पले अमेरिकी सहायता एवं सुरक्षा ग्यारेन्टीको बदलामा युक्रेन आफ्नो खनिज सम्पदा बाँड्न तयार भएको व्याख्या गरिरहेका छन् । उनले भनेका छन्, ‘हामी यस्तो सम्झौता गर्न सक्षम भएका छौँ, जहाँ हामीलाई आफ्नो पैसा फिर्ता मिल्ने छ भने भविष्यमा ठूल...
- « Previous Page
- 1
- …
- 87
- 88
- 89
- 90
- 91
- …
- 471
- Next Page »
















