स्वास्थ्य केन्द्रको जग्गा व्यक्तिको नाममा दर्ता …..

नवलपरासी — नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ८ मा रहेको आधारभुत स्वास्थ्य केन्द्रको ४ कोठे पक्की भवन रहेको डेढ कठ्ठा जग्गा राष्ट्रिय आवास कम्पनी धनेवाको मिलोमतोमा व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ । कावासोती नगरपालिका वडा नम्बर ८ स्थित ५ क कित्ता नम्बर ६१९२ को १ कठ्ठा १५ धुर जग्गामा आधारभुत स्वास्थ्य केन्द्रको ४ कोठे पक्की भवन निर्माण भएको थियो। स्वास्थ्य मन्त्रालयले ३५ लाखको लागतमा बनाएक...

डिन कार्यालयबाटै हराउँछन् थेसिस, सास्ती खेप्दै विद्यार्थी…..

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका विद्यार्थी दिवस राईले आफ्नो स्नातकोत्तर शोधपत्र (थेसिस) डिन कार्यालयबाटै हराएपछि निक्कै हैरानी खेप्नुपर्‍यो । उनी कीर्तिपुरस्थित भाषाविज्ञान केन्द्रीय विभागका विद्यार्थी हुन् । विभागबाट भाइभा पूरा गरी गत असोज १५ मा उनले डिन कार्यालयमा थेसिस बुझाएका थिए । प्रक्रियाअनुसार डेढ महिनापछि बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा ट्रान्सक्रिप्ट लिन जान भनिएको थिय...

जसपा फुटको संघारमा, अर्को पार्टी गठन गर्ने तयारीमा भट्टराई पक्षधर…..

काठमाडौँ — अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच द्वन्द्व चर्को बनेपछि जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । यादवमाथि एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै आएको भट्टराई पक्ष पार्टीमा सकेसम्म ५१ प्रतिशत पुर्‍याउने, नभए अर्को पार्टी गठन गर्ने तयारीमा जुटेको छ । अध्यक्ष यादवलाई अन्तिम दबाबका रूपमा तत्काल केन्द्रीय समिति बैठक बोलाउन आग्रह गरिएको, त्यो नमान...

अमेरिकी सहयोगका ५० आईएनजीओ, नेपालमा कति आउँछ अमेरिकी सहयोग ?…..

काठमाडौं, यतिखेर नेपालमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्याक्ट सम्झौता संसदबाट अनुमोदन गराउने/नगराउनेबारे रस्साकस्सी चलिरहेको छ । पूर्वाधार परियोजनामा खर्च गर्नेगरी उपलब्ध गराउने भनेको ५० करोड अमेरिकी डलर अनुदानबारे विवाद भइरहँदा अमेरिकाले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) मार्फत खर्च गरिरहेको अर्बौँ रुपैयाँबारे भने खासै चर्चा हुने गरेको छैन । जवाफदेहिता र पारदर्शिताका मामिलामा आ...

एमसीसी संसदीय समितिमा, सांसदहरु अनभिज्ञ भएर बस्नु उचित भएन…..

काठमाडौँ — साढे दुई वर्षअघि संसद्मा दर्ता भएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतामाथि संसदीय समितिमा छलफल हुने भएको छ । संसद् (फुल हाउस) मा पेस हुनुअघि नै यो सम्झौतामाथि समितिमा छलफल हुन लागेको हो । सामान्यतया संसद्मा दर्ता भएका विधेयक तथा सन्धि–सम्झौतासँग सम्बन्धित दस्ताबेजहरू संसद्मा पेस भएर आवश्यक परे मात्रै थप सुझावसहितको प्रतिवेदन पेस गर्न संसदीय समितिमा छ...

जुम्लामा जडीबुटी टिप्न गएका ३४ जना हिउँमा फसे…..

सुर्खेत, जुम्ला — जडीबुटी टिप्न गएका जुम्लाको तातोपानी गाउँपालिका–७ र ८ का बासिन्दा हिमपात भएपछि पाटनमा फसेका छन् । झन्डै दुई साताअघि सेतक चिनी टिप्न गएका ३४ जना हिउँमा फसेका हुन् । उनीहरू तातोपानीको गाग्रा, एडिओडार र खोटीसल्लामा छन् । पाटनबाट फर्किने क्रममै भएको भारी हिमपातमा परी चिसोले दुई जनाको मृत्यु भएको छ । पाटनमा सेतक चिनी (खिरौलो) संकलन गर्न गएका तातोपानी–७ बारगाउँका ४६ वर्षीय मुन रावत र ८...

आजदेखि काठमाडौं उपत्यकामा जोरबिजार प्रणाली हट्यो…..

काठमाडौँ — काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली सोमबारदेखि हटेको छ । आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले माघ २३ गते राति १२ बजेदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । सोमबारदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय भएको छ,’ बैठकपछि भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन्, ‘जोरबिजोर हटे पनि तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ...

हाम्रा नेताहरुको दोहोरो चरित्र र दोहोरो धन्दा…..

काठमाडौँ — अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खेलेको दोहोरो भूमिकालाई लिएर प्रश्न उठेको छ । दाहालले एकातिर एमसीसी सम्झौता यथास्थितिमा संसद्बाट अनुमोदन हुनै नसक्ने भन्दै आन्तरिक राजनीतिलाई तरंगित बनाइरहेका छन् भने अर्कातिर प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर एमसीसी मुख्यालयलाई पत्र लेख्दै अनुमोदनको प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार कान्तिपुरम...

प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन

प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। यसै वर्षको जनवरी महिनामा कोभिड-१९ बाट सङ्क्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। अवस्थामा सुधार नभएपछि उनी हप्तौँदेखि सघन उपचार कक्षमा थिइन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै मङ्गेशकरको निधनले "देशमा कहिल्यै पूर्ण नहुने रिक्तता छोडेको" बताएका छन्। मोदीले मङ्गेशकरका "गीतहरूले विभिन्न खाले भावनाहरू ...

के हुँदैछ मेलम्ची आयोजना, कहिले आउँछ काठमाडौँमा पानी….. ?

काठमाडौं, काठमाडौँमा फेरि मेलम्चीको पानी कहिले आउँछ भन्ने निश्चित नभए पनि मेलम्ची खानेपानी विकास समितिले आयोजना स्थलमा काम थालेको छ । गत असार १ गते आएको भीषण बाढी र पहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको भौतिक संरचनामा क्षति पुगेपछि मेलम्चीको पानी फेरी काठमाडौँ आइपुग्नेमा अन्यौलता भएको हो । अघिल्लो वर्ष वैशाख र जेठ गरी २ महिनासम्म अस्थायी बाँधबाट काठमाडौँमा मेलम्चीको पानी आइपुगे पनि बर्सातमा भएको ...

देशभर हिमपात, कतै रमाइलो, कतै सकस….

काठमाडौं, नेपालमा माघ लागेसँगै सुरु भएको वर्षा र हिमपात अन्तिम सातासम्म लाग्न थाल्दा पनि भइरहेको छ । बीचको केही हप्ता मौसममा सुधार देखिए पनि पश्चिम न्यूनचापीय वायुका कारण बदली हुँदा शुक्रबार देशैभर वर्षा र हिमपात भएको छ । बिहीबारदेखि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा परेको वर्षा र हिमपातले देशभरको जनजीवन कष्टकर बनिरहेको छ । वर्षासँगै बढेको चिसोले बालबालिका र वृद्धवृद्धा तथा पशु चौपायालाई असर ग...

एमसीसीबारे सभामुखको परामर्श

काठमाडौँ — सभामुख अग्नि सापकोटाले एमसीसीसँगको सम्झौता निर्णयार्थ प्रस्तुत हुने प्रक्रिया स्पष्ट नभएको भन्दै संसद् सचिवालयका अधिकारीहरूसँग परामर्श गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौता अघि बढाउन राजनीतिक दलहरूसँग छलफल गरिरहेका बेला सभामुख सापकोटाले भने कानुनी प्रक्रियाका बारेमा संसद् सचिवालयका अधिकारीहरूसँग छलफल गरेका हुन् । संसद् सचिवालयले भने कर्मचारीसँग भएको छलफल नियमित भएको प्रतिक...