हामी जमिनको हाल बुझ्दैछौं……….

सिरहा– नेपाली कांग्रेसका सभापतिसहितको टोलीले सिरहाको बाढी तथा डुबान क्षेत्रको स्थलगत अनुगमन गरेको छ। अनुगमन टोलीले सिरहाको कर्जन्हा गाउँपालिका, सिरहा नगरपालिका, औरही गाउँपालिकास्थित बाढीले अति प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको हो। अनुगमनको क्रममा औरही गाउँपालिका २ तुलसिपुरमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले सरकारले समयमै राहत उपलब्ध नगराउँदा यस भेगका बाढी पीडित थप पीडा भोग्न बाध्य ...

राजधानी केन्द्रित बाढी प्रभावित निरीक्षण………..

काठमाडौं– संसदीय समितिले बाढीको मारमा परेको काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थलगत निरीक्षण गरेको छ। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको टोलीले शुक्रबार बल्खु खोलामा आएको बाढीको चपेटमा परेका काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थलगत निरीक्षण गरेको हो। बाढी आउनुको कारण पत्ता लगाई त्यसको दीर्घकालीन तथा तत्कालीन समस्या समाधानका लागि आवश्यक निर्देशन सरकारलाई दिन काठमा...

नौ दिनपछि खुल्यो मध्यपहाडी राजमार्ग……….

सिन्धुली– अविरल वर्षाका कारण जताततै खसेको पहिरोले अवरुद्ध रहेको मध्यपहाडी राजमार्ग शुक्रबारदेखि एकतर्फी सञ्चालनमा आएको छ। बाढी र पहिरोका कारण एक साताभन्दा बढी अवरुद्ध रहेको मध्यपहाडी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आएको स्थानीयले जनाएका छन्। गत असार २६ गतेदेखि अवरुद्ध राजमार्ग शुक्रबारबाट खुलेको स्थानिय ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए। राजमार्ग खुलाउन दैनिक लागि परेका हौं, शुक्रबारदेखि एकतर्फी...

धराशयी बन्दै वायुसेवा निगम……….

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा ११ महिनाअघि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका मदन खरेलले ‘निगमको साख’ सुधार गरेर व्यापार बढाउने अपेक्षा गरिएको थियो। तर पछिल्लो समय निगम झन् धराशयी बन्दै गएको छ। निगमले जहाज खरिद गर्न सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको २४ अर्ब ऋणको किस्ता तिर्न सकेको छैन। घाटा ३७ अर्ब रुपैयाँ पुगेको छ। निगमसँग भएका ...

विप्लवले हतियार नबिसाए वार्ता हुँदैन………

काठमाडौं - सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसँग वार्ताका लागि उसले हतियार बिसाउनुपर्ने पूर्वसर्त अघि सारेको छ। विभिन्न सम्पर्क सूत्रमार्फत विप्लव समूहसँग वार्ता प्रयास जारी रहेको धारणा सरकारी टोलीका संयोजक सोमप्रसाद पाण्डेले सार्वजनिक गरिरहेका बेला सरकारकै प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले हतियार नबिसाएसम्म वार्ता असम्भव भएको बताएका हुन्। मन...

माया मेट्रो अस्पताल धनगढीमा विस्फोट………..

धनगढी– कैलालीको धनगढीस्थित सहिदगेटमा रहेको एक पसलमा विस्फोट हुँदा पाँच जना घाइते भएका छन्। बिहीबार साँझ निलम नास्ता पसलमा विस्फोट हुँदा सञ्चालकसहित पाँच जना घाइते भएका हुन्। विस्फोट भएको स्थानबाट प्रहरीले एक थान चाइनिज पेस्तोल भेटेको छ। प्रहरी उपरीक्षक सुदिप गिरीका अनुसारका घाइते हुनेहरुमा होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका रामसिं, जिन्तेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरला रहेका छन्। घाइत...

आप्रवासीलाई आममाफीको अन्तिम अवसर………..

काठमाडौं– आफ्नो देशमा अवैधानिक रुपमा बसेका आप्रवासी कामदारलाई मलेसियाले अन्तिम पटक आममाफीको अवसर दिने भएको छ। भिसा अवधि भन्दा बढी समय मलेसियामा बसेका नेपाली सहित अन्य देशका आप्रवासी कामदारलाई मलेसियाले अन्तिम पल्ट आममाफी दिन लागेको मलेसियाका गृहमन्त्री मुहिद्दिन यासिनले बताएका छन्। गृहमन्त्री यासिनका अनुसार आगामी अगष्ट १ देखि ३१ डिसेम्बर २०१९ सम्म लागू हुने आममाफीको घोषणालाई 'प्रोग्राम ब्याक फर गु...

बाढी,डुबान र उद्धारदेखि सामूहिक भोजनसम्म………..

सिरहा– मनसुनको सुरुवातमै शनिबार चुरेदेखि मधेससम्म अत्याधिक वर्षाका कारण विभिन्न नदीहरुमा आएको बाढी गाउँबस्ती पस्यो। विपद् व्यवस्थापनमा स्थानीय तहको फितलो तयारीको भार प्रहरीले उठाए। डुबानका कारण घरमै घेरिएका नवजात शिशुदेखि बृद्धसम्मलाई उद्धार गरेर सुरक्षित स्थानमा मात्र पुर्याएनन्, सरसामान पनि सुरक्षित स्थानमा पुर्याइदिए। बाढीपीडितको उद्धारमा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी र प्रहरी उपरीक...

पाइपलाइनबाट भित्रिँदै भारतीय पेट्रोलियम इन्धन………

रगन्ज वीरगन्ज– मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पहिलो पटक परीक्षण स्वरुप एक लाख लिटर इन्धन आउन लागेको छ। परीक्षण सफल भएसंगै आपूर्तिको लागि पाइपलाइन तयार हुने र संघीय सरकारबाट उद्घाटनको औपचारिकतापछि आपूर्ति समेत पाइपलाइनबाट हुने नेपाल आयल निगम (एनओसी) पेट्रोलियम पाइपलाइन योजना कार्यालयले जनाएको छ। भारतीय आयल कर्पोरेशन (आईओसी)ले मोतिहारी डिपोबाट पहिलो पटक पठाएको डिजेल बिहीवार साँझ बा...

बुद्धको मूर्ति तोडफोड हुँदैमा हाम्रो धार्मिक सहिष्णुता खलल हुँदैन्………..

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले रुपन्देहीमा भगवान गौतम बुद्धको मूर्ति तोडफोड घटनाको छानविन भइरहेको बताएका छन्। छानविनपछि घटना कसले किन गरायो भन्ने कुरा खुल्दै जाने उनको भनाई छ। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बाँस्काटाले एक ठाउँमा बुद्धको मूर्ति तोडफोड हुँदै धार्मिक सहिष्णुतामा खलल नपुग्ने पनि दाबी गरे। ‘यसलाई अहिले नै धार्मिक सहिष्णुतासँग जोडेर प्रश्न उठाउ...

एकताका लागि गुपचुप कुरा मिलाउँदै………..

काठमाडौं - समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीरकण प्रक्रिया भित्रभित्रै धेरै अघि बढेको छ। तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण गरी सबैलाई चकित पारेजस्तै समाजवादी र राजपाबीच जतिसक्दो चाँडो एकीकरण गरी चकित पारेर देखाउन दुवै पार्टीका नेताहरूले औपचारिक–अनौपचारिक वार्ता अघि बढाएका छन्। राजपाका वरिष्ठ उपाध्यक्ष शर्वेन्द्रनाथ शुक्लले समाजादी पार्टी र राजपाबीच एकीकरण...

लक्ष्य भेट्टाउन सरकार असफल……….

काठमाडौं - तीन दशकपछिको पूर्ण बहुमतसहितको सरकारले वर्षैभरि काम गरेको भनेर ढोल पिटे पनि तथ्यांकले आफैंले निर्धारण गरेको लक्ष्य भेट्न नसकेकोे देखाएको छ। गत आर्थिक वर्ष २०७५÷७६ मा सरकारले चालु र पुँजीगत खर्च एवं राजस्व असुलीको लक्ष्य भेट्न सकेन। अर्थमन्त्री युवराज खतिवडाले गत आवको बजेट ल्याउँदा तोकेको राजस्वबाहेक चालू र पुँजीगत खर्चको लक्ष्य महŒवाकांक्षी थिएन र पनि सरकार यही लक्ष्य फेला पार्न चुकेको ...